मधेसी दलको कार्यकर्ताद्वारा दुर्बेबहार : एमाले झन्डा मात्र जलेन मोसो पनि दलियो - newsallabc.com

Breaking

Friday, March 3, 2017

मधेसी दलको कार्यकर्ताद्वारा दुर्बेबहार : एमाले झन्डा मात्र जलेन मोसो पनि दलियो

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मधेसी दलको निशानामा एमाले : झन्डा मात्र जलेन मोसो पनि दलियो



मेची महाकाली राष्ट्रिय अभियानको तयारीमा रहेको नेकपा (एमाले) को कार्यक्रममा अवरोध पु¥याउँदै मधेसवादी दलका कार्यकर्ताले आक्रमण गर्न थालेका छन्।
एमालेको अभियानलाई सोमबार सप्तरीमा प्रवेश गर्न नदिने चेतावनीसहित संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा उग्र बनेको छ। अभियानलाई सफल बनाउन तत्पर एमाले र एमालेको कार्यक्रम हुन नदिने मोर्चाको चेतावनीले दुवै पक्षबीचको तनाव अहिले उत्कर्षमा पुगेको छ।
मोर्चाका कार्यकर्ताले शुक्रबार अपरान्ह राजविराजमा व्यवस्थापिका संसदको महिला–बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिका सभापति रञ्जु झामाथि आक्रमण प्रयास गरे।
कालो झण्डा बाँधेर मोटरसाइकलमा आएका मोर्चाका कार्यकर्ताहरुले बा १ झ ८४८९ नम्बरको गाडीमाथि ढुङ्गा र लाठी प्रहार गरी पछाडिको दुबै लाइट फुटाएको सांसद झाले बताइन्। बिहान एमाले सप्तरीका उपसचिव एवं जिल्ला विकास समितका पूर्व सदस्य प्रतापनारायण चौधरीलाई राजविराज हटियामा उनीहरुले मोसो दले। चौधरी चढेको मोटरसाइकललाई १०–१२ वटा मोटरसाइकलमा आएका मोर्चाका कार्यकर्ताले घेरी दुव्र्यवहार गर्दै मोसो दलेर भागेको चौधरीले बताए।
यसैगरी दिउँसो जिल्ला पार्टी कार्यालय आइरहेका एमालेका जिल्ला सचिव शम्भु यादवलाई समेत उनीहरुले बाटोमा दुव्र्यवहार गर्दै झोला खोसेका थिए। सचिव यादवका अनुसार झोलामा रहेको पार्टीको दस्तावेज र १४ हजार तीन सय रुपैयाँ आक्रमणकारीले लुटेर लगेका छन्।
मोर्चा कार्यकर्ताहरुले शुक्रबार नै सचिव यादवको नर्घो ८ स्थित घरमा गई उनकी पत्नी इन्दु यादवलाई धम्क्याउँदै घरमा आगो लगाइदिने चेतावनी समेत दिएको यादवले बताए। मोर्चा कार्यकर्ताले राजनीति नगर्न वा एमाले परित्याग गर्न चेतावनी दिदै भौतिक आक्रमण गर्ने धम्की दिएको उनले बताए। मोर्चाका कार्यकर्ताहरुले राजविराजस्थित बिनोद आर्टस पसलबाट एमालेको झण्डाहरु निकालेर जलाएका छन्।
मोर्चा कार्यकर्ताको अलोकतान्त्रिक र कायरतापूर्ण व्यवहारले मुठभेड निम्त्याउने प्रयत्न गरिरहेको भन्दै एमाले सप्तरीका अध्यक्ष गोविन्द न्यौपानेले विज्ञप्ति प्रकाशित गरी खेद व्यक्त गरेका छन्। आस्थामाथि धावा बोल्ने, राजनीतिक गतिविधिमा रोक लगाउने र भौतिक आक्रमण गर्ने अलोकतान्त्रिक घटनाप्रति निन्दा गर्दै न्यौपानेले शालिनतालाई कमजोरी नठान्न चेतावनी समेत दिए।
राजविराजमा बिहीबार एमालेको घरदैलो कार्यक्रमपछि कालो झण्डा र लाठीसहित निस्किएका मोर्चाका नेता–कार्यकर्ताहरुले विरोध गरेपछि दुबै पक्षबीच विवाद सुरु भएको थियो। एमालेको अभियानलाई असफल बनाउने प्रयास गरिरहेको मोर्चाका कार्यकर्ताहरुले मानराजामा एमाले क्षेत्रीय कमिटीको माइन्युट खोसे भने बथनाहामा माइन्युटको पाना च्याते।
मधेसी दलको अवरोधका बीच अभियानलाई सफल बनाउन जुटेको एमाले सप्तरीले घरदैलोसहितका विभिन्न स्तरको भेला, बैठक, प्रवेश कार्यक्रमलाई तिब्रता दिएको छ। एमालेका केन्द्रीय सचिव भीम आचार्य र योगेश भट्टराईसहितका नेताहरु सप्तरी पुगेका छन्।
अन्तिम तयारीमा पुगेको जनाउँदै एमालेका स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले अभियानको स्वागतमा सप्तरीका हजारौं जनसमुदाय उत्रने दाबी गरे। एमालेको अभियानलाई लक्षित गरी मोर्चाले सोमबार सप्तरीमा चक्काजामको घोषणा गर्दै सो दिन अभियानको रुटमा लाठीजुलुस प्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ।
एमालेको अभियान विफल बनाउन एमाले अध्यक्ष के.पी. ओलीविरुद्ध आक्रामक बनेको मोर्चाले कोणसभा र माइकिङ्ग सुरु गरेको छ।
विभिन्न दलहरुद्वारा फैलाइएको भ्रम चिर्न थालिएको अभियानको दिन चक्काजामको कार्यक्रम राखेकोमा एमाले सप्तरीले आपत्ति जनाएको छ। एमाले स्थायी कमिटी सदस्य मण्डलले आफूहरु झडप गर्ने पक्षमा नरहेको तर राष्ट्रिय अभियानको दिन हुने विरोध प्रदर्शनको जनस्तरबाट अवज्ञा हुने बताए।
मोर्चाका जिल्ला संयोजक दिनेश यादवले एमालेलाई सप्तरीमा निषेध गरेको भन्दै मधेसविरोधी ओली नेतृत्वको अभियानलाई प्रतिकार गर्ने बताए।
मधेसवादी दलका नेताहरुले एमाले अभियान निषेध गर्ने र एमाले भातृ संगठनले अवरोध पुर्‍याउनेहरुको प्रतिकार गर्ने तयारी गरेपछि भिडन्तको सम्भावना बढेको छ।
२० फाल्गुन ।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167