एमाले मधेसविरोधी न थियो न रहनेछ यो भ्रम समाप्त पार्छौं : ओली - newsallabc.com

Breaking

Friday, March 3, 2017

एमाले मधेसविरोधी न थियो न रहनेछ यो भ्रम समाप्त पार्छौं : ओली

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

एमालेलाई मधेसविरोधी भन्ने भ्रम समाप्त पार्छौं : ओली


     एमालेले सञ्चालन गर्न लागेको मेची–महाकाली राष्ट्रिय अभियानबारे इटहरीमा पत्रकार सम्मेलन गरि जानकारी दिदैं ।
पछिल्लो मधेस आन्दोलनपछि मुलुकको मैदानी भूभागमा खुम्चिएको आफ्नो प्रभाव र भूमिका पुनर्जागृत गर्न एमाले शनिबारदेखि संगठित रुपमा मधेस पस्दैछ। आफूलाई ‘मधेसी मोर्चा सम्बद्ध दल तथा अभियन्ताले लगातार मधेसविरोधीका रुपमा चित्रित गरेर लखेटिरहेको’ निष्कर्षमा पुगेको एमाले ‘त्यही भ्रम चिर्ने’ लक्ष्यसहित मधेस केन्द्रित अभियानमा होमिन लागेको हो।
‘मेची–महाकाली राष्ट्रिय अभियान’ नाम दिइएको मधेस केन्द्रित अभियानको उद्‌घाटन शनिबार झापाको काँकडभिट्टाबाट हुनेछ। १५ दिनसम्म लगातार चल्ने अभियानमा पार्टीका सबै शीर्ष नेता सहभागी हुने एमालेले जनाएको छ। उसको दाबीअनुसार दुई साता लामो यो अभियानमा  ५० लाख नागरिकका माझ एमाले पुग्नेछ। अभियान सञ्चालन गर्नुको मुख्य उद्देश्य एमालेले संविधान कार्यान्वयन तथा निर्वाचनको सुनिश्चितता तथा सद्भाव भनेको छ। यसको भित्री उद्देश्यचाहिँ पार्टीलाई मधेसमा पुनस्र्थापित गर्ने नै हो। यसलाई एमाले नेता स्वयंले प्रकट रुपमै स्वीकार गरिसकेका छन्।
‘एमालेलाई मधेस र मधेसी विरोधी भनेर  भ्रम फिँजाइएको छ’, अभियान उद्घाटनका लागि गृहजिल्ला आइपुगेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार  भने, ‘यो अभियानले  त्यो भ्रम समाप्त पार्नेछ। हामी जनताका घरघर पुग्नेछौं, एमालेले अघि सारेको अजेन्डा बताउनेछौं।’ सहिद वीरेन राजवंशी स्मृति प्रतिष्ठानको सामुदायिक भवन उद्घाटन क्रममा अध्यक्ष ओलीले ‘मुलुक एमालेमय’ बनेको दाबीसमेत  गरे।
संविधान जारी गर्ने बेलामा मधेसवादी दलले प्रमुख तीनटै दलविरुद्ध आन्दोलन गरे पनि त्यसपछि भने उनीहरू एमालेप्रति बढी आक्रामक बनेको ठहर सो दलको छ।  खासगरी अध्यक्ष ओलीका विभिन्न समयका अभिव्यक्ति र अडानप्रति मधेसी मोर्चाले आपत्ति जनाउँदै आएको छ।
त्यसो त पहिलो मधेस आन्दोलनदेखि नै एमाले–मधेस सम्बन्ध क्षयीकरण उन्मुख बनेको हो। पहिलो मधेस आन्दोलनयता सीतानन्दन राय, जितेन्द्र देव, महेन्द्र राय यादव, रामचन्द्र झालगायत एमालेबाट अलग भइसकेका मात्रै छैनन्, उनीहरूले एमालेलाई मधेस विरोधी दलका रुपमा लगातार चित्रित गरिरहेका छन्। तर, एमाले उनीहरुको आरोप गलत रहेको बताइरहेको छ।
‘हामी मधेसमा फिँजाइएका धेरै गलत प्रश्नको खन्डन गर्न चाहन्छौं’, एमाले सचिव योगेश भट्टराईले नागरिकसँग भने, ‘मधेसको दुश्मन पहाड होइन, पहाडको दुश्मन मधेस होइन। यस्तो हल्ला चलाउने विखन्डनवादी हुन्। तीसँग जुध्दै अघि बढ्न हामी अभियान सुरु गर्दैछौं।’ अभियानक्रममा पार्टीका नेता तथा कार्यकर्ताले आमसभा, बैठक, घरदैलो गरेर आफ्नो दलका एजेन्डा सुनाउने उनले बताए। ‘दुःख पाएका, किनारामा पारिएकाको सहयात्री दल एमाले नै हो’, उनले भने, ‘यो कुरा मधेसी जनतालाई राम्ररी थाहा छ ।’ अभियानपछि मधेसमा एमाले सबैभन्दा बलियो शक्ति बनेर फेरि उदाउने भट्टराईले दाबी गरे।
अबको दुई सातामा एमालेले मुलुकका विभिन्न ३३ ठाउँमा जनसभा गर्ने कार्यक्रम बनाएको छ। जहाँ शीर्ष नेताले सम्बोधन गर्नेछन् । सांस्कृतिक टोली, स्वास्थ्य टोली तथा स्वयंसेवकसहितको १ हजार जनाभन्दा  अभियानमा स्थायी रुपमा खटिने जानकारी सचिव भट्टराईले दिए । सबै शीर्ष नेता र स्थायी टोलीका सदस्य शुक्रबार झापा आइपुगेका छन्।
काँकडभिट्टाबाट सुरु हुने अभियान मधेसका विभिन्न जिल्ला हुँदै महेन्द्रनगर पुग्ने र चैत ५ गते सुर्खेतमा सभा गरी समापन हुनेछ। पहिलो दिन झापाको काँकडभिट्टा, बिर्तामोड र दमकमा सभा हुने एमालेले जानकारी दिएको छ। स्थानीय व्यवस्थापनको नेतृत्व गरिरहेका नेता गोपाल बुढाथोकीका अनुसार उद्घाटन सभामा कम्तीमा २५ हजार जनता सडकमा उतार्ने तयारी छ । सभापछि सुरु हुने र्‍यालीलाई राजमार्गको दायाँबायाँ उभिएर हजारौंले स्वागत गर्ने उनले बताए। उनका अनुसार मुलुकका विभिन्न भागबाट यात्रामा सहभागी हुन झापा आइपुगेका सबैलाई कार्यकर्ताका घर–घरमा आवास र खानाको व्यवस्था गरिएको छ । अभियानभर आवास र खानाका लागि यही तरिका अपनाइने उनले जनाए।
गृहमन्त्रीलाई चेतावनी
एमाले सचिव योगेश भट्टराईले पार्टीको मेची– महाकाली राष्ट्रिय अभियानक्रममा मधेसमा कुनै अप्रिय घटना भए त्यसको मुख्य दोषी गृहमन्त्री विमलेन्द्र निधि बन्ने र उनलाई अन्तर्राष्ट्रिय अदालतसम्म पु¥याउने चेतावनी दिएका छन्।  ‘एमालेको अभियान शान्त र संयमित हुनेछ, हामीले सम्पूर्ण कार्यकर्ता पंक्तिलाई सोहीअनुसार प्रशिक्षित गराएका छौं’, उनले  भने ‘तर, गृहमन्त्रीले उकासेका छन्। हामी चाहन्छौं कुनै अप्रिय घटना नहोस् केही भइहाल्यो भने त्यसको सम्पूर्ण जिम्मेवारी गृहमन्त्री विमलेन्द्र निधिले लिनुपर्नेछ।’

संविधानप्रदत्त अधिकार उपयोग गरेर एमाले अभियानमा लागेको उल्लेख गर्दै सचिव भट्टराईले सुरक्षाको सम्पूर्ण प्रबन्ध राज्यले मिलाउनुपर्ने बताए । उनले थपे, ‘त्यसक्रममा कुनै घटना भए स्वदेशको मात्रै होइन, अन्तर्राष्ट्रिय अदालतसम्म अपराधीका रुपमा  गृहमन्त्री निधिलाई एमालेले पु¥याउनेछ । उनलाई यसको हेक्का रहोस् ।’  गहृमन्त्री निधिले मधेसमा एमाले अभियान भाँड्न षड्यन्त्र गरेको आरोप एमालेको छ।
२० फाल्गुन  

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167