मिस एन्ड मिसेस काभ्रे आइडलमा ममता र सम्झना - newsallabc.com

Breaking

Friday, March 3, 2017

मिस एन्ड मिसेस काभ्रे आइडलमा ममता र सम्झना

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



मिस एन्ड मिसेस काभ्रे आइडलमा ममता र सम्झना

‘मिस काभ्रे आइडल–२०१७’ को उपाधि ममता तामाङले जितेकी छन् । यस्तै रुक्साना कार्कीले फस्ट अनर अप, निकिता मानन्धरले सेकेन्ड रनर अपको उपाधि जिते ।

एमाजोन इन्टरटेन्मेन्टद्वारा आयोजित ‘मिस काभ्रे आइडल –२०१७’ मा ट्यालेन्टको उपाधि मनीषा थापाले जितिन् । बेस्ट स्किन रोजि कपाली, बेस्ट डिसिप्लेन अञ्जना श्रेष्ठ, बेस्ट स्माइल किमबेल्ली तामाङ, बेस्ट पर्सनालिटी रोजिना बन्जरा, मोस्ट चार्मिङ रस्मिला तामाङ, मोस्ट एक्टिभ लक्ष्मी मगराती, मोस्ट पंचुअल शर्मिला श्रेष्ठ र मोस्ट कन्फिडेन्ट अनिशा तामाङ घोषित भए ।

सोही मञ्चमा आयोजना गरिएको ‘मिसेस काभ्रे आइडल–२०१७’ को उपाधि सम्झना लामाले जितिन् । त्यस्तै, फस्ट रनर अपको उपाधि गोमा थापा सिंहले, सेकेन्ड रनर अपको उपाधि जुनी श्रेष्ठले जिते । विवाहित महिलाहरूको क्षमता अभिवृद्धि र सामाजिक काममा अग्रसर गराउने उद्देश्यले आयोजना गरिएको आयोजक पक्षले जनायो । अन्य उपाधितर्फ बेस्ट फोटोजेनिक अनामिका पाण्डे, बेस्ट स्माइल करुणा श्रेष्ठ, मोस्ट एक्टिभ निशा भुजेल, बेस्ट पर्सनालिटि मञ्जु भुजेल, मोस्ट कन्फिडेन्ट सिर्जना केसी, मोस्ट चार्मिङ पुनम सापकोटा र बेस्ट ड्रेस अनामिका पाण्डे घोषित भए ।
‘मिस एण्ड मिसेस काभ्रे आइडल –२०१७’को कोरियोग्राफी हिमानी सुब्बाले गरेकी थिइन् । प्रतियोगितामा कोरियोग्राफर कला सुुब्बा, अभिनेत्री मेलिना मानन्धर, अभिनेता गजित विष्ट, दिक्पाल कार्कीलगायत निर्णायक थिए ।
२० फाल्गुन 

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167