- आँचल शर्मा - ‘सिरानीसँग रोमान्स गर्थें’ - newsallabc.com

Breaking

Saturday, March 4, 2017

- आँचल शर्मा - ‘सिरानीसँग रोमान्स गर्थें’

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।




‘नाइँ नभन्नू ल ४’ बाट नेपाली फिल्ममा डेब्यू गरेकी हुन्, अभिनेत्री आँचल शर्माले । पहिलो फिल्मबाट औसत प्रतिक्रिया पाएकी आँचल दोस्रो फिल्म ‘जोनी जेन्टलमेन’ले भने आफूलाई राम्री अभिनेत्रीको रूपमा स्थापित गर्ने कुरामा विश्वस्त छिन् । शुक्रवारका लागि कुरा गरेको अघिल्लो दिन मात्र आँचलले पोखरामा पहिलो पटक ¥याम्पमा क्याटवाक गरेकी थिइन् । दर्शकले अटोग्राफ मागेको र केहीले आफूलाई विदेशी ठानेकोमा आँचल फुरुङ थिइन् । आँचलले ¥याम्पको अनुभवसँगै फिल्म, परिवार र पढाइका बारेमा शुक्रवारका लागि सामीप्यराज तिमल्सेनासँग खुलेर कुरा गरेकी छिन्ः  
पोखरामा आँचलको चर्चा छ रे ! सबजनालाई आँचलले छायामा पा¥यो भन्छन् ?
नाइँ...त्यस्तो त केही हैन होला । तर, मेरो हिसाबले चाहिँ मलाई पोखराको ¥याम्प अनुभव स्मरणीय रहनेछ । यस्ता शोमा हिँडेको अनुभव थिएन । के होला ? कस्तो होला ? भन्ने थियो तर हिँडिसकेपछि मलाई खोज्दै थुप्रै दर्शक आउनुभयो र कस्तो राम्रो देखिएको भनेर प्रतिक्रिया दिनुभयो । उहाँहरूको कुरा सुनेपछि चाहिँ राम्रो भएछ भन्ने लाग्यो । त्यहाँ क्याटवाक गर्नेमा सबैभन्दा कम अनुभवी म नै त थिएँ । त्यही कारणले पनि दुविधा थियो ।
शोमा थप केही रोचक कुरा ?
काठमाडौँ फर्कंदा भयो । ‘नाइँ नभन्नू ल ४’ यता मैले छ केजी वजन घटाएकी छु । हेयरस्टाइल चेन्ज छ । सायद अलि फरक देखिन्छु होला । गाडीमा काठमाडौँ फर्कने तयारीमा थियौँ । दीपा दिदी (दीपाश्री निरौला)ले मलाई हेर्दै को कुइरेनी हो भनेर सोध्नुभयो । मैले आफूलाई चिनाएपछि बल्ल चिन्नु भो ।  उहाँले नचिन्नु भएको देखेर रमाइलो लाग्यो ।
अभिनय र ¥याम्पवाक, के गाह्रो ?
अभिनय गर्न नै गाह्रो हुन्छ नि । ¥याम्पका लागि तपाईंलाई बेसिक दुई तीन वटा कुरा थाहा भए पुग्छ तर अभिनयका लागि हजार कुरा जाने पनि कम हुन्छ ।
त्यही भएर मोडलहरू फिल्म खेल्न डराएको हो ?
सायद हो । किनकि, अभिनय भनेको लाखौँकरोडौँसम्म पुग्ने कुरा हो । मानिसले यसमा सानो–सानो कुरामा पनि जज गर्छन् । राम्रो गरेको नगरेको तुरुन्तै थाहा हुन्छ । अनि, ¥याम्पमा बोल्न पर्दैन । तर, फिल्ममा बोली, एक्सन, रियाक्सन सब चीजमा पर्फेक्ट हुनुपर्छ ।
आँचलको फिल्म यात्रा चाहिँ कसरी सुरु भयो ?
म एक ठाउँमा जिम गर्न जान्थेँ । मुस्कान ढकाल सरले त्यहाँको इन्स्ट्रक्टरलाई नयाँ केटी कोही छैन फिल्म खेल्न रहर गर्ने भनेर सोध्नुभएको रहेछ । सरले मेरो नाम रिकमन्ड गर्नु भएछ । मैले पनि ट्राइ गरौ न त भनेर सरलाई भेटेँ । सरले अडिसनका लागि बोलाउनुभयो । त्यहाँ विकास आचार्य सर पनि हुनुहुन्थ्यो । मैले अडिसन दिएँ । एक दुई दिनपछि उहाँहरूले सेलेक्ट भएको खबर पठाउनुभयो । मलाई विश्वास नै लागिरहेको थिएन ।
किन ?
हैन..त्यत्रो ठूलो ब्यानर. मजस्तो केटीलाई के लिनुहोला र भन्ने थियो । अनि, बाबाले पनि मलाई अडिसन दिनका लागि अनुमति माग्दा यही भन्नुभएको थियो ‘तँ सेलेक्ट त हुन्नस् । रहर छ भने जा’ । तर, सेलेक्ट भइस् भने गर्लिस् ।’ यही कारण पनि खासै अपेक्षा थिएन ।
कहिलेदेखि हिरोइन बन्छु भन्ने सोच आएको थियो ?
हिरोइन बन्छु भन्ने त मैले कहिले पनि सोचेको थिइनँ । तर, मलाई नशा चाहिँ रहेछ भन्ने बल्ल ठम्याउँदैछु । म हिन्दी गीत बज्यो भने पिल्लर ( सिरानी)सँग रोमान्स गर्थें । हिन्दी फिल्मका गीतमा जेजे गर्थे म पनि त्यही गर्थें । सल च्यापेर लजाएजस्तो गर्ने, हाँस्ने, रुने सबै गर्थें जे फिल्ममा गर्थे । तर, मेरा सबै गतिविधिको साक्षी ऐना मात्र हुन्थ्यो । म अनि बाबाले मलाई कहिलै अलाउ गर्नुहुन्थ्यो जस्तो पनि लागेको थिएन ।
भनेपछि अहिले चाहिँ बाबाको सपोर्ट छ ?
एकदमै । अहिले त मैलेभन्दा पनि मेरो प्रमोट बाबाले ज्यादा गर्नुहुन्छ । कहिलेकाहीँ कसैलाई चिनाउनुप¥यो भने ‘यो मेरी हिरोइन छोरी’ भनेर भन्नुहुन्छ । मलाई थाहा छ मैले त्यत्रो ठूलो उपलब्धि हासिल गर्न सकेको छैन, बाँकी नै छ तर यसमा पनि बाबाले गर्व गरेको देख्दा असाध्यै खुशी लाग्छ ।
हिरोइन बन्न घरमा विद्रोह गरेका किस्सा धेरै छन् ? फिल्म क्षेत्रलाई कसैले राम्रो पनि भन्दैन । आँचलको बाबा किन अपवाद ?
छोरी अपवाद भएर ।  मेरा बाबा खुल्ला सोचको हुनुहन्छ । उहाँ आफैँ भन्नुहुन्छ कुनै पनि ठाउँ आफैँमा खराब हुँदैन । मान्छे खराब हुने हो । अनि, उहाँले मलाई यति ट्रस्ट गर्नुहुन्छ कि म कहिल्यै पनि उहाँको त्यो विश्वास टुटाउन चाहन्न । जे पनि हुन्छ बाबालाई भन्छु । बाबासँग सेयर गर्छु ।
सबैकुरा ? अफेयर प्रपोजल ?
अफकोर्स । छोरी र आमाबाबुबीच अविश्वास पैदा हुने कुरा नै यी नै हुन् । म त पहिलेदेखि नै मलाई कसैले प्रपोज ग¥यो, ‘मन पराउँछु’ भन्यो भने बाबालाई भन्छु । तर, तुरुन्तै त हैन । अलि पछि चाहिँ भन्छु । छ महिना एक वर्षपछि । ‘बाबा मलाई फलानो केटाले हे¥यो । यसले मलाई मन पराउँथ्यो सन । यस्तो भनेको थियो’ भनेर सुनाउँछु । मैले बाबासँग कुरा गरेको देखेर मेरो साथीहरू पनि छक्क पर्छन् । उनीहरू त पकेटमनी पनि सीधासीधा माग्न नसकेर ममीलाई भनिरहेका हुन्छन् । तर, म त सबै कुरा भन्छु । बेला–बेलामा बाबाले मलाई सम्झाउनुहुन्छ, ‘तँलाई एसिड हान्देलान् नि । बचेर हिँड ।’ मलाई एक दुईजना केटाले चार पाँच वर्षदेखि कुरिरहेका छन् । बाबालाई सब भनेकी छु ।
अनि, पलसँग आँचल अफेयरमा रहेको पनि थाहा छ ?
ह्वाट ? यो सब वाहियात कुरा हो । पलसँग मैले दुइटा फिल्ममा सँगै काम गरेँ । दुई तीनवटा म्युजिक भिडियो गरेकी छु । त्यसैको आधारमा हल्ला चलाइएको हो । पल र मबीचमा साथीको भन्दा बढी केही सम्बन्ध छैन । बाबालाई यो कुरा राम्ररी थाहा छ ?
अनि, हल्ला यत्तिकै चल्छ र ? ‘जोनी जेन्टलमेन’मा पलले नै आँचललाई रिफर गरेको चर्चा छ ?
यो सब नचाहिँदो हल्ला हो । तपाईंले नितिन दाइ (नितिन चन्द) लाई सोधे हुन्छ । त्यो फिल्ममा पनि एक घण्टा अडिसन दिएर छानिएकी हुँ । पंखा चलाएर एक घण्टासम्म उहाँहरूले मेरो अडिसन लिनुभएको थियो । हल्ला कै कुरा गर्ने हो भने त मान्छेले ‘नाइँ नभन्नू ल ४’ मै पनि आँचललाई पलले लिएर गएको थियो भन्ने सुनेँ । तर, मैले फिल्मको वर्कसपमा भेट्नुअघि मैले पललाई राम्ररी चिन्दा पनि चिन्दिनथेँ । मैले उसको भिडियो पनि हेरेकी थिइनँ । वर्कसपमा भेटेपछि बल्ल घर गएर उसको भिडियो हेरेकी थिएँ । यहाँ त यत्तिकै हल्ला चल्दो रहेछ ।
ठीक छ आँचलको पलसँग साथीभन्दा बढीको सम्बन्ध छैन । आँचलको कोही ड्रिम ब्वाई त होला नि ?
अफकोर्स छ । मलाई पहिलो नम्बरमा पर्सनालिटी भएको केटा मन पर्छ । हेर्दा नै एक खालको एटिच्युड देखिनुप¥यो । अर्को मलाई श्रीमतीको चम्चागिरी गर्ने केटा मन पर्दैन । श्रीमतीलाई ड्रप गर्ने, पिकअप गर्ने, बेलुका सधैँ तरकारी बोकेर घर फर्कने, भान्सामा लुसुलुस छिर्ने यस्तो खालको केटा मन पर्दैन । मेरो आदर्श भनेकै बाबा हो । बाबाले पनि यस्तो गर्नुहुन्न र मलाई पनि यस्तो गर्ने केटा मन पर्दैन । तर, ममीले चाहिँ ‘ठूला कुरा गर न पछि दुःख पाउँछेस्’ भनेर तर्साउनुहुन्छ । जेसुकै होस् केटा भनेको चाहिँ मेन्ली नै हुनुपर्छ भन्ने लाग्छ मलाई ?
केटाको मामलामा आँचलको तयारी राम्रो रैछ ? के चाँडै विवाह गर्ने संकेत हो यो ?

एक्चुअल्ली मलाई त चाँडै विवाह गर्न मन छ । अरूको बिहे देखेर कस्तो रहर लाग्छ । रातो सारी, गहना लगाएको कस्तो मन पर्छ । एक वर्षअघि त झनै रहर थियो । तर, दादाको बिहेपछि अलि कम भएको छ । चार पाँच वर्ष चाहिँ कटाउँदिनँ ।

नयाँ प्रोजेक्ट के गर्दै हुनुहुन्छ  ?
तत्काललाई केही छैन । भर्खरै ‘जोनी जेन्टलमेन’को सुटिङ सकेको छु । अभिनयसँगै मेरो पढाइ पनि जारी राख्नुपर्नेछ । 

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167