- महन्थ ठाकुरको चेतावनी - एमालेको अभियान गलत समयमा जसले मधेसमा द्वन्द्व बढाउँछ : - newsallabc.com

Breaking

Saturday, March 4, 2017

- महन्थ ठाकुरको चेतावनी - एमालेको अभियान गलत समयमा जसले मधेसमा द्वन्द्व बढाउँछ :

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



काठमाडौं । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले, एमालेको मेची-महाकाली अभियानले मधेसमा द्वन्द्व बढ्ने चेतावनी दिएका छन् । एमालेको अभियान गलत समयमा भएको उनले बताए ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा तमलोपा अध्यक्ष ठाकुरले भने,’जनतामा आक्रोश छ, ठाउँ-ठाउँमा आन्दोलनहरु भएरहेका छन्, यस्तो अवस्थामा एमाले जस्तो विगतमा सरकारमा बसेको र फेरि पनि सरकारको नेतृत्व लिन सक्ने पार्टीले गलत समयमा गलत काम गरेको छ ।’ 

उनले अघि भने,’यो अभियानले परिस्थिति असहज बन्छ, अभियानबाट उत्पन्न परिस्थितिको जिम्मेवारी एमालेले नै लिनुपर्छ ।’
आफूहरु शान्तिपूर्ण आन्दोलनमा रहेको भन्दै उनले भने, ‘यदि एमाले लठ्ठी लिएर आए उसले मधेशमा नमस्कार पाउँदैन ।’
एमालेको अभियानलाई तपाईहरुले प्रतिवाद गर्ने तयारी गरेका छ रे नि भन्ने प्रश्नमा उनले भने,’हामी कहाँ चुप लागेर बसेका छौं र ? हामी त शान्तिपुर्ण आन्दोलन मै छौं, हाम्रो माग पूरा हुनुपर्छ, त्यसको लागि लागिरहेका छौं ।’
तमलोपा अध्यक्ष ठाकुरले संविधान संशोधन प्रस्ताव पारित नभएसम्म देशमा कुनैपनि चुनाव हुन नसक्ने ठोकुवा गरे । उनले, ‘हामीले उठाएका मागहरु मधेशका मात्रै होइनन्, देशकै माग हुन्, त्यसैले पहिला संविधान संशोधन गरेर समस्याको समाधान गर्नुपर्छ, अनिमात्रै चुनावको कुरा आउँछ ।’
अध्यक्ष ठाकुरले संविधान जारी गरेझैं बलजफ्ती गरेर चुनाव गर्न खोजिए देशको अवस्था भयावह हुने चेतावनी दिए ।उनले अघि भने,’यो अभियानले परिस्थिति असहज बन्छ, अभियानबाट उत्पन्न परिस्थितिको जिम्मेवारी एमालेले नै लिनुपर्छ ।’
आफूहरु शान्तिपूर्ण आन्दोलनमा रहेको भन्दै उनले भने, ‘यदि एमाले लठ्ठी लिएर आए उसले मधेशमा नमस्कार पाउँदैन ।’
एमालेको अभियानलाई तपाईहरुले प्रतिवाद गर्ने तयारी गरेका छ रे नि भन्ने प्रश्नमा उनले भने,’हामी कहाँ चुप लागेर बसेका छौं र ? हामी त शान्तिपुर्ण आन्दोलन मै छौं, हाम्रो माग पूरा हुनुपर्छ, त्यसको लागि लागिरहेका छौं ।’
तमलोपा अध्यक्ष ठाकुरले संविधान संशोधन प्रस्ताव पारित नभएसम्म देशमा कुनैपनि चुनाव हुन नसक्ने ठोकुवा गरे । उनले, ‘हामीले उठाएका मागहरु मधेशका मात्रै होइनन्, देशकै माग हुन्, त्यसैले पहिला संविधान संशोधन गरेर समस्याको समाधान गर्नुपर्छ, अनिमात्रै चुनावको कुरा आउँछ ।’
अध्यक्ष ठाकुरले संविधान जारी गरेझैं बलजफ्ती गरेर चुनाव गर्न खोजिए देशको अवस्था भयावह हुने चेतावनी दिए । 

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167