ओलीको बोलिमा जनताको आवाज 'एमालेले जनताबाहेक कसैको आदेश मान्दैन' - newsallabc.com

Breaking

Saturday, March 4, 2017

ओलीको बोलिमा जनताको आवाज 'एमालेले जनताबाहेक कसैको आदेश मान्दैन'

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

  • एमाले केन्द्रीय कमिटीमा २१ जना मनोनित

एमालेले अध्यक्ष केपी ओलीले राष्ट्रियताका सन्दर्भमा आफ्नो पार्टीले नेपाली जनताबाहेक अरू कसैको आदेश नमान्ने बताएका छन् ।
शनिबारबाट सुरु भएको मेची महाकाली राष्ट्रिय अभियान शुभारम्भ गर्दै उनले संविधान र कानुन मान्दै शान्तिपूर्ण अभियानबाट राष्ट्रियताका जागरण ल्याउने अगुवाइ एमालेले गरेको जनाए । संविधान कार्यान्वयन, चुनाव हुन नदिने, लोकतन्त्रलाई अघि बढ्न नदिने र देशलाई अराजकतातिर लैजाने प्रयास भइरहेको उनले बताए । उनले भने, 'एमालेकै दबाबमा स्थानीय निर्वाचन घोषणा भएको छ, निर्वाचन गराउनुपर्छ । निर्वाचन नगर्ने र जनतामा अधिकार नदिने कुरा स्वीकार्य छैन ।'
उनले संविधान संशोधन प्रस्ताव जनताको आवश्यकता र राष्ट्रियताको हित प्रतिकूल रहेकाले पारित हुन नदिने भन्दै आफ्नो अभियानमा कसैले अवरोध सिर्जना गरे वा हिंसा भड्काउन खोजे एमालेले त्यसलाई पराजित गर्ने चेतावनी दिए । ‘देशको अहित हुने संविधान संशोधन लागि सरकारले प्रस्ताव ल्यायो । त्यो देशको प्रतिकूल छ, त्यसकारण हामी पास हुन दिँदेनौं’ उनले भने, ‘जनमतले पारित गर्न दिँदैन । नैतिक हिसाबले संसदले पनि पास गर्न मिल्दैन ।’
पार्टीले सुरु गरेको मेची–काली अभियान राष्ट्रिय एकता, संविधान कार्यान्वयन, लोकतन्त्रका निम्ति भन्दै उनले विभिन्न जाति, समुदायलाई सम्पन्न बनाउन र देश समृद्धिका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले देश बनाउने अभियान एमालेले मात्रै बोकेको दाबी गरे ।
एमाले महासचिव ईश्वर पोखरेलले देश र अहिलेसम्म विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धि रक्षाका लागि अभियान सुरु भएको बताए । उनले पनि अभियानमा कसैले अवरोध गर्न खोजिए एमालेले सशक्त रुपमा प्रतिकार गर्ने चेतावनी दिए । केही शक्तिले देशमा संविधान कार्यान्वयन नहोस् भनेर आगो बाल्न खोजिरहेको आरोप लगाउँदै पोखरेलले संविधान जारी गर्दा जसरी संविधान कार्यान्वयनका लागि निर्वाचन गर्नुपर्नेमा जोड दिए ।

मधेस, मधेसी जनतालाई भेद्भाव गरिएको भनेर देश विखण्डन गराउने, त्यसको दोष एमालेमाथि थोपर्न खोजिरहेको भन्दै उनले त्यसको मुकाबिला गर्न एमाले तयार रहेको बताए ।
एमाले केन्द्रीय कमिटीमा २१ जना मनोनित
एमालेले मेची महाकाली राष्ट्रिय अभियानकै सन्दर्भमा पार्टीको केन्द्रीय कमिटीमा तराई मधेस मूलका २१ जना नेतालाई केन्द्रीय कमिटीको पूर्ण र वैकल्पिक सदस्यमा मनोनयन गरेको छ । पार्टी स्थायी कमिटीको शुक्रबार सम्पन्न स्थायी कमिटी बैठकले मनोनयन गरेको एमालेका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । मनोनित पूर्ण केन्द्रीय सदस्यमा रघुवीर महासेठ, रामचन्द्र यादव, धर्मनाथ यादव, धर्मनाथ साह, रामदयाल मण्डल, रवीन्द्र्र वैठा, यदुवंश झा, गङ्गा यादव, रामचन्द्र तेली, रत्नेश्वर गोइत, लालबाबु यादव र हरिनायण महतो छन् । यस्तै वैकल्पिक केन्द्रीय सदस्यमा नारदमुनी राना, मञ्जु चौधरी, हरि राजवंशी, सरोज यादव, महम्मद हारुन, जुली महतो, शान्ता चौधरी र सरला यादव छन् ।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167