एमालेको राजविराजमा कार्यक्रम स्थगित , कार्यक्रम नयाँ ठाउँमा सार्ने - newsallabc.com

Breaking

Sunday, March 5, 2017

एमालेको राजविराजमा कार्यक्रम स्थगित , कार्यक्रम नयाँ ठाउँमा सार्ने

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


एमालेले राजविराजमा कार्यक्रम नगर्ने, नयाँ ठाउँमा पनि मोर्चाद्वारा अवरोधको चेतावनी




अवरोध गर्ने मधेसी मोर्चाको चेतावनीपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले राजविराजमा गर्न लागेको सभाको स्थान परिवर्तन गरेको छ । 
मोर्चाका कार्यकर्ताले राजविराजमा एमाले अध्यक्ष केपी ओली सहभागी हुने कार्यक्रम विथोल्ने चेतावनी दिएपछि एमालेले कार्यक्रमको ठाउँ सारेको हो । राजरंगशालामा गर्ने तयारी गरिएको कार्यक्रम तीन किलोमिटर उत्तर मलेठ गाविसस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा सार्ने तयारी गरिएको एमाले सप्तरीका अध्यक्ष गोविन्द न्यौपानेले बताए । एमालेले सोमबार फागुन २३ गते राजविराजस्थित राजरंगशालामा कार्यक्रम गर्ने तयारी गरेको थियो । औद्योगिक क्षेत्रमा कार्यक्रम गर्ने एमालेको तयारीपछि मोर्चाका कार्यकर्ताहरूको जुलुस आइतबार बिहानैदेखि त्यस क्षेत्रलाई घेराउ गरेको छ । मुलगेटमा टायर बाल्दै मोर्चा कार्यकर्ताहरू प्रदर्शन गरिरहेका छन् । कालो झण्डा, मोटरसाइकल र्‍यालीसहित मोर्चा कार्यकर्ताहरु प्रदर्शनमा छन् । 


    व्यापक सुरक्षाकर्मी परिचालन

राजविराजमा परिचालित प्रहरी ।
एमाले र मोर्चाको आ-आफनै अडानका कारण हुन सक्ने सम्भावित घटना रोक्न राजविराजसहित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रका चोक र गल्लीहरुमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्ला प्रहरी मातहतका प्रहरी कार्यालयका इञ्चार्जहरु र सवारी साधन अहिले राजविराज ल्याइएको छ । क्षेत्रीय प्रहरी कार्यालय र छिमेकी जिल्लाहरुवाट थप प्रहरी बल मगाइएको छ । ‘स्थानीयस्तरमा सुरक्षा खतरा भएकाहरूलाई सुरक्षा उपलब्ध गराएका छौं’ जिल्ला प्रहरी प्रवक्ता डिएसपी दानबहादुर कार्कीले भने, ‘सुरक्षा थ्रेट भएका नेताहरुको घर भएको क्षेत्रमा पनि प्रहरीको उपस्थिति बढाएका छौ ।’
शुक्रबार मात्र नेपाल प्रहरीका डिआईजी रमेश भट्टराई र सशस्त्रका डिआईजी जानकी भट्टराई राजविराज आएर सुरक्षा अवस्थाको जानकरी लिनुका साथै सम्भावित घटनालाई रोक्न सुरक्षा रणनीति बनाउन स्थानीयस्तरमा निर्देशन दिएका थिए । 
एमाले नेताहरु असुरक्षित !
मधेसी मोर्चाका कार्यकर्ताहरूको धम्कीपछि एमालेका नेताहरू जिल्लामा असुरक्षित बन्न थालेका छन् । असुरक्षित भएको जानकारी दिएकाहरूलाई स्थानीय प्रशासनले सुरक्षा व्यवस्था समेत मिलाएको छ । एमालेका केन्द्रीय सदस्य सुमनराज प्याकुरेलले भने, ‘हामी फिजिकली थ्रेटमा छौं, तर राजनीतिकर्मी हौं, भाग्दैनौ ।’ राजविराजस्थित प्याकुरेलको घरमा प्रहरी परिचालित छ । 
यस्तै, जिल्ला अध्यक्ष गोविन्द न्यौपाने बस्ने स्थान र पार्टी कार्यालयमा पनि सुरक्षाकर्मी परिचालित छ ।

मोर्चा नेता गाउँ गाउँमा
एमालेले शनिबारबाट सुरु गरेको मेची महाकाली अभियानलाई सप्तरीमा बिथोल्नका लागि कार्यकर्ता ओसार्न मधेसी मोर्चाका नेताहरू गाउँ पसेका छन् । मोर्चाका नेताहरूले एमाले अध्यक्ष केपी ओली आउने कार्यक्रम जसरी पनि विथोल्नले चेतावनी दिइरहेका छन् । एमालेको अभियानअन्तर्गत सोमबारराजविराजमा सभा गर्ने तयारी छ । मोर्चाले भोलि सप्तरीमा यातायात बन्द र कालो झण्डासहित लाठी जुलुस प्रदर्शसन गर्ने जनाएको छ । दुवै पक्षले आ-आफ्नो राजनैतिक कार्यक्रम भनेपनि मुठभेडको स्थिति आउन सक्ने खतरा बढेर गएको प्रहरीले बताएको छ । 
‘२३ गतेको कार्यक्रममा अत्यधिक सहभागिता जनाउन कार्यकर्ता ल्याउन गाउँ गएका हौ’ रामसपाका केन्द्रीय सचिव गजेन्द्र मण्डलले भने, ‘हरेक घरबाट २३ गते सदरमुकामको प्रदर्शनमा आउने तयारी गरेका छौं ।’ मोर्चाका कार्यकर्ताहरूले गाउँ गाउँमा लाठीजुलुसका लागि लाठी बनाइरहेको तस्बिर मोर्चाका नेताहरूले सामाजिक सञ्जालहरुमा पोष्ट गरेका छन् । 
   एमाले पार्टी कार्यालय सुनसान र पहरा दिँदै प्रहरी ।
फाल्गुन २२ 

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167