मेची क्याम्पसको स्ववियु चुनावमा नेविसंघको बिजयी - newsallabc.com

Breaking

Sunday, March 5, 2017

मेची क्याम्पसको स्ववियु चुनावमा नेविसंघको बिजयी

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मेची क्याम्पसको स्ववियु चुनावमा नेविसंघको प्यानलै विजयी





झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेविसंघको प्यानलै विजयी भएको छ ।


नेविसंघका भुवन बुढाथोकी ३८३ मत ल्याउँदै सभापतिमा विजयी भए । उनका प्रतिद्वन्द्वी अखिलका मनोज ताम्लीले २४६ मत प्राप्त गरे ।
सचिवमा अखिलका विनोद भट्टराईलाई हराउँदै नेविसंघका मिराज पोखरेल विजयी भए ।
कोषाध्यक्षमा अखिलकी कृतिका कार्कीलाई हराउँदै नेविसंघकी सुहाङमा सुब्बा विजयी भइन् ।
झापामा ९ क्याम्पसमा स्ववियु चुनाव भएको थियो । मेची क्याम्पससहित ६ वटा क्याम्पसमा नेविसंघले जितेको छ । एमाले अध्यक्ष केपी ओलीको गृह जिल्ला झापामा दुई वटा क्याम्पसमात्रै एमाले निकट अनेरास्ववियुले जितेको छ । यसैगरी अखिल क्रान्तिकारी (प्रचण्ड) एउटा क्याम्पसमा विजयी भएको छ ।
नेविसंघले काकडभिट्टा बहुमुखी, गौरीगञ्ज बहुमुखी, गरामनी बहुमुखी, दुर्गा क्याम्पस र दमक क्याम्पसमा जितेको हो ।
अनेरास्ववियुले गौरादह र त्रिदेव चारआली क्याम्पसमा तथा अखिल क्रान्तिकारीले देवी क्याम्पस विर्तामोडमा स्ववियु चुनाव जितेको छ ।

झापाका ९ मध्ये ६ क्याम्पसमा नेविसंघ र २ क्याम्पसमा अनेरास्ववियुको जित

फागुन २२ 

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167