अब सौगातले ‘फाटेको जुत्ता’ मा लिड गर्ने - newsallabc.com

Breaking

Sunday, March 5, 2017

अब सौगातले ‘फाटेको जुत्ता’ मा लिड गर्ने

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


‘फाटेको जुत्ता’ मा सौगातको लिड





निर्माता अर्जुनकुमारले ‘फाटेको जुत्ता’ शीर्षकमा फिल्म बनाउने घोषणा चार वर्षअघि नै गरेका हुन् । ‘चपली हाइट’ को सफलतापछि निर्माण घोषणा गरेका अर्जुनकुमारले अब भने ‘फाटेको जुत्ता’ बनाउने पक्का गरेका हुन् । 
‘कमेडी जानरामा बनाउन लागेको फिल्मका लागि लिड रोलमा सौगात मल्ल फाइनल भएका छन्,’ निर्माताले भने । उनका अनुसार फिल्ममा सौगातबिना कुनै लक्ष्यको बेकामे आभारा केटाको भूमिकामा देखिँदै छन् । सीमा क्षेत्रमा हुने अपहरण र लुटपाटको कथालाई हास्य प्रस्तुतिसहित बनाउन लागिएको फिल्मको निर्देशन निकेश खड्काले गर्ने भएका छन् । कान्तिपुर टेलिभिजनमा आबद्ध निकेशले यसअघि ‘जिन्दगी रक्स’ फिल्मबाट डेब्यु गरेका हुन् । 

निरोज महर्जनको पटकथा लेखन रहेको फिल्ममा सौगातका अलावा प्रियंका कार्की, कामेश्वर चौरसिया, बुद्धि तामाङ, रवीन्द्र झा, रमेशरञ्जन झा, आमिर गौतम, सन्दीप क्षत्री, अरुणा कार्कीलगायतको मुख्य भूमिका रहने बताइएको छ । वैशाख १५ देखि छायांकनमा जाने बताइएको फिल्म वीरगन्ज आसपास खिचिने निर्माता अर्जुनकुमारले बताए । निरज कँडेलको छायांकन रहने फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गर्ने भएका छन् ।

फाल्गुन २२


No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167