थपियो ६ स्थानीय तह, जम्मा संख्या ७४४ पुग्यो - newsallabc.com

Breaking

Sunday, March 5, 2017

थपियो ६ स्थानीय तह, जम्मा संख्या ७४४ पुग्यो

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



काठमाडौं । सरकारले स्थानीय तहको संख्या ७४४ नै बनाउने निर्णय गरेको छ । साथै राजनीतिक सहमतिका आधारमा संख्या थप गर्ने बाटो पनि खुला राखिएको छ । बालानन्द पौडेल नेतृत्वको पुनर्संरचना आयोगले ७१९ स्थानीय तह सिफारिस गरेको थियो । तर, मधेसी मोर्चाले असन्तुष्टि बनाएपछि हितराज पाण्डेको नेतृत्वमा बनेको कार्यदलले आयोगले सुरुमा तोकेको अधिकतम सीमालाई नै मान्यता दिएको छ । 

कार्यदलको प्रतिवेदनलाई आइतबार साँझ बसेको मन्त्रिपरिषद्ले अनुमोदन गरेको छ र, स्थानीय विकास मन्त्रालयमार्फत निर्वाचन आयोगका पठाउने निर्णय गरेको छ । बैठकपछि मन्त्री पाण्डेले भने, ‘राजनीतिक समझदारीका अधारमा सरकार अझै अन्य निर्णय लिन तयार छ ।’ मधेसी मोर्चालाई सहमतिमा ल्याएर चुनाव गराउनु आफूहरुको उद्देश्य भएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाटो खुला राख्ने निर्णय गराएका हुन् ।

प्रदेश नम्बर दुईमा २१ स्थानीय तह थप भएको छ । ७१९ हुँदा प्रदेश नम्बर २ मा १०६ स्थानीय तह हुन्थ्यो । अब १२७ पुगेछ, जुन इलाका हुँदा सरह हो । काठमाडौंमा दुई स्थानीय तह थपिएको छ । शंखरापुर र दक्षिणकालीलाई नगरपालिका बनाइएको छ । साथै मनाङ र बझाङमा एक/एक स्थानीय तह थप भएको छ । नुवाकोटमा प्राविधिक समितिको सिफारिसलाई नै मान्यता दिइएको छ भने खोटाङमा आयोगको सिफारिसलाई नै स्वीकार गरिएको मन्त्री पाण्डेले बताए ।
अनि थपियो ६ स्थानीय तह
स्थानीय विकासमन्त्री हितराज पाण्डे नेतृत्वको कार्यदलले शुक्रबार ७३८ स्थानीय तहको प्रस्ताव बनाएको थियो । जस अनुसार प्रदेश नम्बर २ मा १७ र बझाङ र मनाङमा १-१ थपिने थियो ।
तर, माओवादी र कांग्रेसबीच स्थानीय तहको संख्या ७४४ नै बनाउने समझदारी भएको छ । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच मधेसमा ४ र पहाडमा दुई थप्ने सहमति भएको छ । 

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167