दाहसंस्कारको विषयलाई लिएर मुस्लिम र हिन्दु बीच झडप : ३० घाइते - newsallabc.com

Breaking

Saturday, March 4, 2017

दाहसंस्कारको विषयलाई लिएर मुस्लिम र हिन्दु बीच झडप : ३० घाइते

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



धरान : सुनसरीको नर्सिङ ४ खोलामा निर्माण गरिएको हिन्दु समुदायको दाहसंस्कार स्थलमा मुस्लिम समुदायले अवरोध गर्न खोजेपछि झडप भएको छ । शनिबार भएको झडपमा ३० भन्दा बढी घाइते भएका छन् । झडपका कारण शनिबार नर्सिङ गाविस दिनभर तनावग्रस्त बनेको थियो ।
मुस्लिम बस्ती नजिकै हिन्दु दाहसंस्कार निर्माण गरिएको भन्दै नर्सिङ गाविसका मुस्लिम समुदायले हिन्दु दाहसंस्कारस्थल अतिक्रमण गरी तारबार गर्न थालेपछी हिन्दु समुदायले प्रतिकार गरेपछी झडप भएको हो ।
मुस्लिम बस्ती नजिकै निर्माण गरिएको हिन्दुको दाहसंस्कारमा शव जलाउने क्रममा मुस्लिमले निर्माण गरेको मस्दिजमा दुर्गन्धले मुस्लिम देवता रिसाएर अनिष्ट हुने भन्दै मुस्लिमले हिन्दुको दाहसंकार अतिक्रमण गरी तारबार हाली हिन्दुलाई प्रवेश नदिन अबरोध गरेपछि हिन्दुले प्रतिकार गर्दा दुबैतर्फ झडप भएको स्थानीय संचारकर्मी जयकृष्ण यादवले बताए ।

दुबै तर्फको झडपका क्रममा ३० जना बढी घाइते भएका छन् । घाइते सबैको जिल्ला अस्पताल सुनसरी र स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।
सुनसरीका प्रमुख एसपी पोषराज पोखरेलले दाहसंस्कारको विषयलाई लिएर मुस्लिम र हिन्दुले दोहोरो झडप गरेपछी जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी परिचालन गरी स्थिति नियन्त्रणमा लिएको बताए ।
उनले जुनसुकै बेला पुनः झडप हुने भएकाले घटनास्थलमा व्यापक प्रहरी परिचालन गरिएको बताए । सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीले दाहसंस्कारको विषयमा झडप गर्ने दुबै समूहका अगुवालाई जिल्ला प्रशासन कार्यालयमा झिकाएर छलफल गरी विवाद मिलाउने प्रयास भइरहेको जानकारी दिए । 

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167