के स्याङ्जामा पराजयकै कारण आत्महत्या हो ? - newsallabc.com

Breaking

Saturday, March 4, 2017

के स्याङ्जामा पराजयकै कारण आत्महत्या हो ?

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



स्याङ्जा जिल्ला फेदीखोला गाविसमा अवस्थित सिद्धार्थ बहुमुखी क्याम्पसमा बीबीएस प्रथम वर्षमा अध्यानरत छात्रा हुन् रिमा क्षेत्री। मिजासिलो स्वभाव र असल आचरणकी क्षेत्रीलाई क्याम्पसले लामो समयसम्म विद्यार्थीका रूपमा राखिरहन सकेन। कारण थियो– गत बिहीबार उनले आत्महत्या गर्नु।
उक्त क्याम्पसमा राम्रोसँग प्रशिक्षित नभईकन स्ववियु निर्वाचनमा होमिएकी क्षेत्रीले पराजयकै कारण आत्महत्या गरेकी हुन् त? क्याम्पस प्रमुख हुमनाथ शर्मा भने आत्महत्याको कारण चुनावी परिणाम नभई अन्य कारण हुनसक्ने बताउछन्।
‘चुनाव हारेर म मरेकी होइन। आजसम्म मलाई जसले जस्तो व्यवहार गरे पनि कसैलाई नभनी सहेरै बसेकी थिएँ। बाँच्ने रहर थियो तर इज्जतै नरहेपछि बाँच्ने रहर मर्दो रहेछ। बाबा, आमा, दाइ, दिदी, भाउजू र साथीहरू, मलाई माफ गरिदिनू। तपाईंहरूबाट धेरै टाढा जाँदै छु’ भन्ने आशयको पत्र लेखेर १९ वर्षीया रिमा बिहीबार बिहान आफ्नै घरको बार्दलीमा मृत भेटिइन्।
इज्जतै नभएर मर्नुपर्ने कारण भने थाहा हुन सकेको छैन। बिहान ८ बजे टिनको छानो भएको घरको बार्दलीमा सलको पासो लगाएको अवस्थामा उनलाई भेटिएको प्रहरीले जनाएको छ। स्वतन्त्र विद्यार्थी युनियनको बुधबार भएको निर्वाचनमा सिद्धार्थ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघका तर्फबाट अध्यक्ष पदकी उम्मेदवारसमेत थिइन् उनी। अखिलकी प्रतिष्ठा कार्कीसँग उनी पराजित भएकी थिइन्। मत परिणामअनुसार एमाले निकट अनेरास्ववियुकी कार्कीले ९२ मत र नेविसघंबाट सभापतिको उम्मेदवार बनेकी क्षेत्रीले ३१ मत प्राप्त गरेका थिए।
चुनाव हारेर आफू नमरेको पत्र लेखेकी क्षेत्रीको आत्महत्याको कारण प्रेम सम्बन्ध हुनसक्ने आकलनसमेत गरिएको छ। आफ्नो पराजयलाई स्वीकारिसकेकी उनी सोही दिन साँझ जिल्ला सदरमुकाम आएकी थिइन्। सदरमुकामस्थित त्रिभुवन आदर्श क्याम्पसमा नेविसंघका सुनील चापागाईं विजयी भएपछि उनको विजय र्यालीमा सहभागी भएर साँझ ८ बजेपछि साथीहरूसँगै उनी घर फर्केकी थिइन्। घर पुग्नुअघि नै उनका बाबु भीम क्षेत्री छोरीलाई लिन बाटोसम्म पुगेका थिए।
पोस्टमार्टमको रिपोर्ट प्राप्त भइनसकेकाले हत्या कि आत्महत्या भन्ने विषयमा प्रहरी प्रशासन भने मौन देखिन्छ। बुधबार बेलुका बाबुछोरी सँगसँगै घर पुगेपछि भोलि बिहान निर्वाचनका कुरा गरौंला, आज थकाइ लागेको छ भन्दै उनी सुत्न गएको बताउने बाबु भीमले रुँदै भने– ‘बाबा यसपटक म हारें। अर्कोपटक चुनावमा उठेर जित्छु भन्दै हातमा नेविसंघको झण्डा देखाएकी छोरीको यो दुर्गतिको दिन देख्नुपर्यो।’ रिमाकी आमा अर्धचेत अवस्थामा छिन्। बाबु पनि धेरै पटकसम्म बेहोस भएर लडेको गाउँलेहरू बताउँछन्।
आफ्नो साथीको आत्महत्याको खबरले सभापतिमा विजयी कार्कीलाई समेत चोट पुगेको कार्कीका पिता हर्कबहादुर कुरा स्याङ्जाको फेदीखोला गाविस–९ स्थित डाँडागाउँकी क्षेत्री फेदीखोलास्थित सिद्धार्थ बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा अध्ययरत थिइन्। उनी अत्यन्त सुन्दर, बोलीमा मिठास र पढाइमा जेहेनदार छात्रा भएको क्याम्पसको दाबी छ। विद्यालय, क्याम्पस वा घरपरिवारमा पनि उनी अत्यन्त मिलनसार र सहयोगी भएको आफूले जानकारी पाएको क्याम्पसका सहायक प्रमुख राजन पराजुली बताउँछन्। फेदीखोलाबाटै एसएलसीपछि स्नातकसम्म अध्ययन गरेकी क्षेत्रीको मृत्युको खबरले फेदिखोलामात्र नभई सिङ्गो जिल्ला शोकमा डुबेको छ।
छोरीले आत्महत्या गर्नु गलत भएको घरपरिवारको ठम्याइ छ। बिहीबार बिहान बाबु, आमा र छोरीले सँगै चिया पिएका थिए। त्यसपछि बाबुआमा धान कुटाउन र मकै पिसाउन गाउँको मिलतर्फ लागे। आमाले रिमालाई सँगै मिलमा जान आग्रह गर्दा उनले भेनकी थिइन्– ‘शरीरभरि अबिरैअबिर छ, म नुहाइधुवाइ गर्छु। हजुरहरू जानुस्।’ त्यसपछि घटना भएको हुनसक्ने प्रहरी निरीक्षक सुनीलकुमार प्रधानले बताए। धेरै समयसम्म रिमालाई नदेखेपछि भाउजूले खोजी गर्दै कोठामा जान लाग्दा बार्दलीमा सलको पासोमा झुन्डिएको अवस्थामा रिमा भेटिएको घरपरिवारले जनाएको छ।
यो घटनाले गर्दा क्याम्पसमा अध्यनरत विद्यार्थीहरूलाई समेत स्तब्ध बनाएको छ। जिल्ला अस्पतालमा पोस्टमार्टमपछि पोखरास्थित रामघाटमा बिहीबार साँझ उनको अन्त्येष्टि गरिएको छ। बहिनीलाई यो अवस्थामा पुर्याउन बाध्य पार्ने व्यक्ति खोजी गरी कारबाही गर्न अनुरोध गर्दै उनका दाजुले बिहीबार प्रहरीमा जाहेरी दिएका छन्।
मृत्युको वहाना स्ववियु निर्वाचन भए पनि यथार्थ फरक भएको घरपरिवारको दाबी छ। क्षेत्रीका एक दिदी, तीन दाजु र भाउजूहरू छन्। सबैकी प्रिय रिमाको मृत्युको खबरले परिवार र गाउँ नै शोकाकुल छ। मृत्यु किन र के कारणले हुन पुगेको हो भन्ने अनुसन्धानपछि थाहा हुने र अनुसन्धान शुरू गरिसकिएको प्रहरी उपरीक्षक देवबहादुर बोगटीले बताएका छन्।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167