Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES.
माघ २७, २०७३- सुत्केरी हुँदा २५ दिनसम्म पालमुनि बस्नुपर्छ भनेको सुन्दा जोसुकैलाई पनि अचम्म लाग्न सक्छ । तर, वर्षौंदेखि यस्तो पीडा व्यहोर्नेहरू थुप्रै छन् । अपरिचित ठाउँमा सुत्केरी हुँदा पालमुनिको दिनचर्या कति पीडादायी होला ? डोटी माइतीघर भएकी धनकला थापा (भोटे) ले यस्तै पीडा भोगिन् ।
गाउँकै स्कुलमा ७ कक्षामा पढदै थिइन् । हिउँदमा बाजुराको पाण्डुसेनबाट भेडाको हूल बाँधेर एउटा भोटे परिवार उनकै गाउँ आइपुग्यो । खाइलाग्दा भोटे युवासँग माया–प्रेममा परिन्, धनकला । यो जोडीले भागेर घरजम बसाए । तीन वर्षपहिले विवाह गरेका उनीहरूको गत वर्ष बच्चा जन्मियो, त्यो पनि हिउँदमै । महिनावारी हुँदा ५ दिन गोठमा बस्ने गरेकी धनकला सुत्केरी हुँदा २५ दिन पालमुनि बसिन् ।
‘माइतीमा पनि छाउपडी बस्थ्यौं । तर सुत्केरीलाई २५ दिनसम्म घरबाहिर राख्दैनन्, पहिलो पटकको प्रसव पीडामा हिउँदको चिसोमा लगभग एक महिना पालमा बस्नुपर्दाको पीडा भनेर साध्यै छैन,’ उनले भनिन् । हिउँदको सुरुवातसँगै चिसो बढ्न थालेपछि पुस पहिलो साता उच्च हिमाली भेगमा बसोबास गर्ने भोटे समुदाय बेंसी झर्छन् । बेंसी झर्दा धनकला सुत्केरी भएकी थिइन् ।
प्रत्येक वर्षझैं यसपालि पनि हिउँद छल्न पाण्डुसेनका दुई भोटे परिवार आफूसँग भएका २ सय भेडाबाख्रा ल्याएर अछाम आएका छन् । बाजुरा पाण्डुसेनकी हिमा थापा अहिले ३० वर्ष पुगिन् । उनले कैयौं हिउँद यस्तै पालमा आगो बालेर गुजारिन् । ‘प्रदेशको ठाउँ, देवीदेवताको भरमा बस्नुपर्छ,’ उनले सुनाइन्, ‘देउता रिसाउने मान्यताले छाउपडी र सुत्केरी हुँदा बेग्लै बस्नु पर्दा निकै दु:ख हुन्छ ।’ भोटे समुदायमा छाउ हुँदा ५ दिन र सुत्केरी हुँदा २५ दिन गोठमा बस्नुपर्छ । हिउँदको सिजनमा चिसोले झनै कष्ट हुन्छ ।
‘घरमा मष्टो देवतालाई पुज्ने गरिन्छ,’ उनले भनिन्, ‘मष्टोलाई राम्रोसँग पुजेन, नियम पुर्याएन भने वनमा बाघ, घरमा आगो लगाउँछ । त्यसैले पनि एकदमै सजग हुन्छौं ।’ उनका अनुसार गाउँमा सानो गोठ भएकाले त्यसैमा बस्ने गरिन्थ्यो । हिउँद छल्न औलतिर सरेपछि पालको बासमा सीमित लुगाकपडाका भरमा रात काट्नुपर्ने बाध्यता छ । छाउ हुँदा लुगाको अभावमा आगोको सहारामै रात कटाउनुपर्ने उनले बताइन् ।
उनलाई छोराको भविष्यको चिन्ताले पनि सताउने गरेको छ । ‘तीन बच्चा छन् । जेठो छोरा हिमाल स्कुल जाने भइसक्यो, गाउँमा एक कक्षामा पढ्ने उसको बसाइँसराइसँगै पढाइ पनि छुट्यो,’ उनले दुखेसो पोखिन् । हिमाका परिवारमा ६ जना छन् । उनी दिनभर घरको काममा व्यस्त हुन्छिन् । पति र ससुरा भेडा लिएर जंगल जान्छन् । उनीहरू यसरी बसाइँ सर्नुमा चिसोबाट जोगिनु मात्रै होइन, आफ्नो जीविका चलाउनु पनि हो । भेडाबाट नुन, चामल ओसारेर गर्जो टार्छन् ।
उनको परिवार बाजुराबाट पुस पहिलो साता हिँडेको थियो । भेडाको बथान लिएर अछामको विन्ध्यवासिनी गाविसको रोकायागाउँ आइपुग्दा साता नै लाग्यो । आफ्नो गाउँका अन्य परिवार अछामको साफेबगर, सुतार र अन्य जिल्लामा पनि बसाइँ सरेको उनले बताइन् । हिउँद सकिनै लाग्दा फागुन अन्तिमतिर भोटे समुदाय अस्थायी टेन्टको बास छाडेर घर फिर्छन् ।
No comments:
Post a Comment