Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES.
माघ २७, २०७३- प्रधानमन्त्री पुष्पकमल दाहाल गृह जिल्ला धाउने क्रम बाक्लिएको छ । उनी दोस्रो पटक प्रधानमन्त्री भएयता ४ पटक यहाँ आइसकेका छन् । चितवनको विकासका लागि छिट्टै ‘प्याकेज’ कार्यक्रम ल्याउने तयारीमा रहेको सुनाउने गरेका उनले बुधबार चौथो पटक आउँदा भने प्याकेजका विभिन्न कार्यक्रम घोषणा गरे ।
चितवन प्रदर्शनी केन्द्र शिलान्यास गर्ने क्रममा उनले जिल्लाका विभिन्न ठाउँका लागि झन्डै १ अर्ब रुपैयाँ बराबरका कार्यक्रम सार्वजनिक गरे । यसअघि पुस २ गते यहाँ आउँदा दाहालले चितवनबाट निर्वाचनमा उठ्ने जनाउसमेत दिएका थिए । चितवनबाट चुनाव लडदै त हुनुहुन्न भन्ने प्रश्नमा उनले भनेका थिए, ‘असम्भव भन्ने कुरै भएन ।’ त्यसयता जनता र जिल्लासित नजिक हुन प्याकेज कार्यक्रम घोषणाको तयारीमा रहेको उनले बताउने गरेका थिए ।
‘दोस्रोपटक प्रधानमन्त्री भएर पटकपटक चितवन आएको छु,’ उनले भने, ‘चितवन कर्मथलो र राजनीतिक विकास भएको प्रधानमन्त्री हुनुको नाताले मसँग यहाँका सबै दल, जनता, बुद्धिजीवीले केही अपेक्षा गर्नु स्वाभाविकै हो ।’ कार्यक्रममा उनले प्रधानमन्त्रीको हैसियतले चितवन मात्र भन्न नमिल्ने भन्दै घुमाउरो पाराले प्याकेज कार्यक्रम घोषणा गरेका थिए । ‘जिल्लावासीले मबाट गरेको अपेक्षा अस्वाभाविक छैन, मैले केही न केही यो पटक घोषणा गर्छु भनेको थिएँ,’ उनले भने, ‘प्रारम्भिक रूपमा कम्तीमा पनि मैले र यो सरकारले गरेका कुरा भन्छु, जुन निर्णयको नजिक र आउने क्याबिनेटबाट निर्णय गर्छौं।’
उनले बुधबार ९८ करोड ८ लाख ९० हजार बजेटसहितको प्याकेज कार्यक्रम सार्वजनिक गरेका हुन् । औद्योगिक प्रदर्शनी केन्द्र स्थापनाका लागि १५ करोड सहयोग गर्ने उनले बताए । जसअनुसार पहिलो काम चित्रवन वा शारदानगर क्षेत्रमा रंगशाला निर्माणका लागि करिब ५० करोड बजेट व्यवस्था गरिएको छ । यो काम अगाडि बढाउने प्रक्रिया सुरु भएको पनि उनले सुनाए । त्यस्तै भरतपुर र पर्सामा ४/४ करोडको लगानीमा कभर्ड हल निर्माण थालिने छ । ‘जिल्लाको ५ वटै निर्वाचन क्षेत्रमा खेल मैदान निर्माणका लागि ५०/५० लाखका दरले बजेट व्यवस्था गरिने छ,’ उनले भने ।
विशेष आर्थिक क्षेत्र विकास समितिअन्तर्गत चितवनको शक्तिखोरमा औद्योगिक क्षेत्र स्थापना गर्ने प्रक्रिया अघि बढिसकेको समेत दाहालले जानकारी दिए । आउने क्याबिनेटमै यसको नीतिगत निर्णय गरेर बजेट व्यवस्था गर्ने र अगाडि बढाउने सोच रहेको उनको भनाइ थियो । उनले पैसा अभावले अगाडि बढ्न नसकेका कार्यक्रममा रकम थपेर पूरा गर्न आफू अघि बढेको बताए । पटिहानीबाट सीतामाई हुँदै केशर बाघसम्मको १० किमि जंगल किनारमा वन्यजन्तुबाट सुरक्षाका लागि फाउन्डेसनसहितको मेस जाली लगाउन थप रकम व्यवस्था गरिएको उनले जनाएका छन् । प्रधानमन्त्री दाहालका अनुसार वीरेन्द्र क्याम्पस पछाडि एकीकृत ढल आयोजना, बालमन्दिर अगाडि सडक निर्माण र सोलारका लागि रकम व्यवस्था गरिएको छ ।
पटिहानी धनौजी चोकबाट सीतामाई जाने सडक निर्माण, देवघाट रामनगर धार्मिक पर्यटन मार्ग निर्माणका लागि पनि रकम थप गरिएको उनले सुनाए । दाहालले यी कुरा सुनाइरहँदा दर्शकदीर्घामा रहेकाहरूले दाहालले चुनाव लड्ने योजनाअनुसार यस्तो कार्यक्रम सार्वजनिक गरेको भन्दै आपसमा कुरा गरिरहेका थिए । त्यस्तै नारायणी नदी तटबन्धन गरी चक्रपथसहितको सडक निर्माण, भरतपुर उपमहानगरपालिकाको जग्गामा सिटी हल, ल्यान्डफिल साइट, भरतपुर ४ मा अन्डरग्राउन्ड पार्किङसहितको बहुतले सब्जीमण्डी निर्माणका लागि समेत थप बजेट व्यवस्था गरिएको उनले सुनाए । ‘यी पहिल्यै भएका साना–ठूला आयोजना हुन्,’ उनले भने, ‘जसलाई सम्पन्न गर्न सरकारका तर्फबाट थप बजेट व्यवस्था गरिएको हो ।’
नयाँ योजना
प्रधानमन्त्री दाहालले टाउन जगतपुर हुँदै राप्ती पुल हुलाकी सडक कालोपत्रे गर्न १ करोड ९९ लाख, चनौटे हुँदै गोलाघाट सडक कालोपत्रे गर्न १ करोड ५० लाख, मंगलपुर शिवनगर सडकको स्तरोन्नतिका लागि १ करोड ८० लाख र शुक्रनगर मेघौली जाने सडक कालोपत्रे गर्न १ करोड ९९ लाख बजेट व्यवस्था गरिएको बताए । गीतानगर बजारबाट शिवनगर वरको बोट हुँदै चनौलीसम्मको सडकका लागि १ करोड ५० लाख, माडी खैरहनीपुर र शीतलपुरमा एकता स्तम्भ निर्माणका लागि ५०/५० लाख बजेट छुट्याइएको छ ।
दाहालका अनुसार भरतपुरमा यातायात सेवा केन्द्रका लागि १ करोड ९९ लाख, भरतपुर गोन्द्राङ देवनगर सीतामाई हुँदै पटिहानी बजारसम्मको सडक कालोपत्रे गर्न १ करोड, नारायणगढ पुल्चोक शिवघाट विजयनगर सिमरी टाउन साझापुर हुँदै गोलाघाटसम्मको बाटो पिच गर्न १ करोड ५० लाख बजेट व्यवस्था गरिएको छ । जगतपुर कसरा चोक धु्रवघाट शुक्रनगर हुँदै पर्साढापसम्मको सडक स्तरोन्नतिका लागि १ करोड, हुग्दी हात्तीबाङ सिराइचुली टाँडीसम्मको पर्यटकीय सडकका लागि १ करोड ५० लाख, भरतपुर विशाल चोक भोजाड लंकालाइन खोलेसिमल पिठुवा चैनपुर वीरेन्द्रनगर भण्डारा वैकल्पिक हाइवे निर्माणका लागि १ करोड ८० लाख व्यवस्था गरिएको छ । पार्वतीपुर बजार विजय चोकबाट दक्षिण मधुपुरी बजार हुँदै कसरा चोकसम्मको सडक कालोपत्रेका लागि १ करोड ५० लाख, मंगलपुरदेखि दक्षिण फूलबारी राधापुर मन्दिरसम्म कालोपत्रेका लागि १ करोड, सुन्दरबस्ती पूर्व बरौंजी चोक हुँदै उज्ज्वलनगर जंगलसम्मको सडक कालोपत्रेका लागि १ करोड ५० लाख व्यवस्था गरिएको छ ।
प्रधानमन्त्री दाहालले सार्वजनिक गरेको विवरणअनुसार भरतपुर नगरपालिका त्रिचोकदेखि धर्मचोक लंखुसम्म सडक कालोपत्रे गर्न ८० लाख, भरतपुर नगरपालिका, वनदेवी मन्दिर बरन्डाभारदेखि काँडाघारी चोकसम्म कालोपत्रेका लागि ८० लाख, भरतपुर नगरपालिका २५ सुबेदार चोकदेखि सुन्दरबस्ती चोक हुँदै पकौडीसम्म सडक कालोपत्रेका लागि १ करोड ५० लाख बजेट व्यवस्था गरिएको छ । नारायणी उमावि भरतपुरमा पूर्वाधार विकास लागि ८० लाख, सर्वशान्ति उमावि दारेचोक भवन तथा खानेपानीका निम्ति ९० लाख व्यवस्था गरिएको छ । दाहालका आफन्त रहेको ठाउँ शिवनगर ४ नम्बर क्षेत्रमा पर्छ । जुन कांग्रेसको पकेट क्षेत्र मानिन्छ ।
भरतपुर अस्पताललाई स्तरोन्नति गरी केन्द्रीयस्तरको अस्पताल बनाउने र यसै वर्षदेखि स्नातक र स्नातकोत्तर तहको पढाइ सुरु गर्ने प्रधानमन्त्री दाहालले बताए । ‘यी सबै सरकारका तर्फबाट लिइएका निर्णयहरू हुन्,’ उनले भने, ‘तर यो पर्याप्त छैन भन्ने आफैंले अनुभव र अनुभूति गरेको छु, आउने बजेटमा पक्कै पनि यी सबै कामका अतिरिक्त केही महत्त्वपूर्ण रणनीतिक काम पनि अगाडि बढाउने सोच सरकारको रहेको ध्यानाकर्षण गराउँछु ।’
अन्य दलका नेताले दाहालले चुनावका लागि मतदाता फकाउन प्याकेज कार्यक्रम सार्वजनिक गरेको बताए । कांग्रेस जिल्ला सभापति जीतनारायण श्रेष्ठ जिल्लाका लागि बजेट पर्नु राम्रो भए पनि प्रधानमन्त्रीको हैसियतले भन्दा पनि पार्टीको अध्यक्षको हैसियतले काम गर्नु राम्रो नहुने बताउँछन् । ‘उहाँ सिंगो देशको प्रधानमन्त्री हो, तर यो जिल्लामा पार्टी अध्यक्षको हैसियतले काम गर्नुभएको छ,’ उनले भने, ‘उहाँको काम चुनाव लक्षित देखिन्छ ।’
उता माओवादी केन्द्रका जिल्ला इन्चार्ज यमबहादुर परियार जिल्लावासी भएको नाताले अध्यक्ष दाहालले जिल्लाबाट चुनाव लड्नु स्वाभाविक हुने बताए । ‘त्यस्तो सुनिश्चित भएको होइन, यही जिल्लाको व्यक्ति त्यसमा पनि दुईचोटि प्रधानमन्त्री भएको मान्छे गृह जिल्लाबाट चुनाव उठदै उठ्नु हुन्न भन्ने कुरा भएन,’ उनले भने, ‘अहिले त्यस्तो कुरा पनि भएको छैन ।’
उनले प्याकेज कार्यक्रम चुनाव लक्षित नभएको दाबी गरे । ‘चितवनको बासिन्दा, त्यसमा पनि प्रधानमन्त्री भएपछि जिल्लावासीलाई अपेक्षा धेरै हुन्छ,’ उनले भने, ‘प्याकेज कार्यक्रमको कुरा पहिलादेखि नै हुँदै आएको थियो, त्यही पूरा गर्नुभएको हो ।’ पहिलो संविधानसभामा रोल्पा, काठमाडौं, दोस्रो संविधानसभामा सिरहा, काठमाडौंबाट उम्मेदवार बनेका दाहालको चाहना आफ्नै जिल्लामा चुनाव लड्ने देखिन्छ ।
चितवन उद्योग संघको अगुवाईमा भरतपुरमा निर्माण हुन लागेको चितवन प्रदर्शनी केन्द्रको बुधवार शिलन्यास गरेपछि जिल्लाको विकासका प्याकेज कार्यक्रम घोषणा गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ।
No comments:
Post a Comment