Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES.
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौं र पोखरापछि चितवनलाई लोडसेडिङमुक्त बनाएको छ ।
बिहीबारदेखि चितवन जिल्ला लोडसेडिङमुक्त भएको हो । औद्योगिक फिडरबोह सबै फिडरमा अब लोडसेडिङ नहुने प्राधिकरणका चिवन प्रमुख रामदुलार यादवले अनलाइनखबरलाई जानकारी दिए ।
अब राष्ट्रिय ग्रीडबाट बिजुली वितरण भएका चितवनका सबै क्षेत्रमा लोडसेडिङ नहुने विद्युत प्राधिकरण चितवनका इञ्जिनियर राजेन्द्रप्रसाद पौडेलले बताए ।
‘सरकारी नीतिअनुरुप नै लोडसेडिङ चितवनमा हटाउने योजना कार्ययोजना थियो’ पौडेलले भने, ‘प्राधिकरणका कार्यकारी निर्देशकबाट पनि हामीलाई त्यसैअनुरुप निर्देशन आएपछि आजदेखि लोडसेडिङ हटाएका हौं ।’
उनले सबै प्राविधिक तयारी पुरा गरेर बिहीबारदेखि नै लाइट काट्न बन्द गरिएको बताए । ‘अब प्राविधिक समस्या आउँदाबाहेक सेड्युल राखेर लोडसेडिङ हुँदैन’ पौडेलले भने ।
केही समयअघि चितवनमा एक सार्वजनिक कार्यक्रममै उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले चितवनललाई छिटै लोडसेडिङमुक्त गरिने बताएका थिए ।
चितवन औद्योगिक जिल्लाका रुपमा विकास भइरहेको छ । विशेशषगरी पोल्ट्री, कृषि र पशुपालनमा चितवनको बलियो अवस्था छ । लोडसेडिङ अन्त्य भएपछि चितवनमा थप उद्योगधन्दा र कलकारखना खुल्ने अनुमान छ ।
No comments:
Post a Comment