रक्सीले डुबायो दोहरीका बादशाहलाई - newsallabc.com

Breaking

Thursday, February 9, 2017

रक्सीले डुबायो दोहरीका बादशाहलाई

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES.


काठमाडौ,  ।  धोका दिनेलाई के भनौा र खै तिमी हास भो मै बाचौला रोइ । हङकङ मलाया मायाले मै टाढा भएनी चिठी चलाए । लालुपाते नुग्यो भुइातिर कि लाउा माया मै तिर कि लाउ उहीतिर, निर नलाउ दुईतिर ।

यी र यस्तै लोकप्रिय लोकगीत गाएर नेपाली लोकगीत पारखी माझ ख्याति कमाएका राजु परियार अचेल भने साङ्गीतिक संसारमा त्यति सारो देखिदैनन् । विसं २०३७ असार १५ गते लमजुङको गाउा सहर गाविस–९ मा जन्मेका राजु सात वर्षको उमेरदेखि नै जानेर नजानेर गीत गाउन थालेका हुन् ।
साङ्गीतिक र शिक्षा क्षेत्रका गुरु जीवन घिमिरेको प्रेरणाबाट सात वर्षको उमेरदेखि गीत गाउन थाले । बालककालदेखि कै मोहले साङ्गीतिक क्षेत्रमा होमिएका राजुले पहिलोपटक १९ वर्षको उमेरमा लालिचढेछ भन्ने गीति एल्बमका लागि ‘किसिमकोटमा लालिचढेछ’ भन्ने गीतमा स्वर रेकर्ड गरे ।
उनले आफ्नै रचनाका सय बढी गाएका छन् । हजार बढी अरुका शब्दमा स्वर दिएका छन् । उनी भन्छन्, मैले कति गीत गाए भन्नेबारेमा अहिले मानिस लगाएर खोजी गरिरहेको छु ।”
उनको गीतले धेरैको मन र मुटु छोएको छ । धेरै प्रशंसक कमाएको पनि छ । धेरैले उनको स्वर र गीत मन पनि पराएका छन् । तर उनी आफौलाई भने सुनपानीले छर्क मायालु, रुमाल धोको छु, वनमा काडा छ, मौरी फूलमाथि, दरौ सिरुबारी, जानेलाई जानदेउ मायाा, मिर्मिरेको घाम, हङकङ मलाया, धोका दिनेलाई के भनौा र खै र लमजुङ जाने दाइ जस्ता बढी मनपर्छ ।
लोकदोहरीका बादशाह मानिने परियार पारिवारिक कलह र रक्सीको नसामा आफ्नो सम्पुर्ण करियर डुबाउन पुगे । उनी अहिले जिल्ला स्तरिय कार्यक्रममा अक्कल झुक्कल देखिदै आएका छन ।
झन्डै दुई दशकको गायन क्रियाशीलताले उनलाई केवल प्रशंसक मात्र हैन पुरस्कार पनि दिलाएको छ । पूर्व राष्ट्रपति डा रामवरण यादवको हातबाट प्रवल जनसेवा श्री चौथो विभूषण, भारतको पुनाबाट प्राप्त डा अम्बर पुरस्कार र नातिकाजी युवा प्रतिभासहित रेडियो, एफएम स्वदेश र विदेशका विभिन्न सङ्घ संस्थामार्फत थुप्रै सम्मान र पुरस्कार पाइसकेका छन् ।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167