Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES.
काठमाडौं– ३३ किलो सुनकाण्डमा नेपाल प्रहरीका एक उच्च अधिकारी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामबहादुर खत्रीलाई केहिबेर अघि प्रहरी हेडक्वार्टरबाटै पक्राउ गरेको हो । खत्रीलाई केन्द्रीय अनुसनधान ब्यूराको टोलीले प्रहरी प्रधान कार्यालयबाट आज दिउँसो पक्राउ गरेको हो ।
विमानस्थलमा कार्यरत खत्रीलाई सुनकाण्डपछि प्रधान कार्यालयमा तानिएको थियो । सुनकाण्डमा पक्राउ परेकाको बयानका आधारमा तस्करीमा खत्रीकोे संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ । यसअघि सुन तस्करलाई सघाएको भनि शंकाको घेरामा रहेका खत्रीलाई प्रहरी हेडक्वार्टरमा सरुवा गरिएको थियो भने त्यहाँबाट जगेडा पुलमा सारिएको थियो ।उनलाई पक्राउ पछि केन्द्रीय अनुसन्धान ब्यूरोको कार्यालय महाराजगञ्जमा लगिएको बताइएको छ ।
पुस २१ गते विमानस्थलबाट ३३ किलो सुन पास हुँदा उनी विमानस्थलको सुरक्षा कमाण्ड सम्हाल्ने दोस्रो वरियताका अधिकारी दिए ।
खत्री हालसम्म पक्राउ परेका मध्येका उच्च अधिकारी हुन् ।

सुनसहित मोरङका दिलबन्धु थापा, जनकपुरका सन्तोष काफ्ले र बाँकेका गोपालबहादुर शाही पक्राउ परेका थिए । अनुसन्धानकै क्रममा भन्सारका कर्मचारी श्रीनारायण यादव र राज भन्ने राजकुमार ढकाललाई समेत यसअघि प्रहरीले पक्राउ गरिसकेको छ ।
व्यूराले नेपालगञ्जका गोपाल बहादुर शाहीले एयर अरेबियाको उडानबाट ल्याएको सुन रिसिभ गर्न पुगेका मोरङका दिलबन्धु थापा र धनुषाका सन्तोष काफ्ले सोही दिन पक्राउ गरेको थियो ।
ब्युरोले उनीहरुकै बयानका आधारमा त्रिभुवन विमानस्थल भन्सारमा कार्यरत दुई अधिकृत सहित अन्य दुई जनालाई पनि पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । तर, मुख्य अभियुक्तलाई भने अहिले सम्म पनि बाहिर ल्याइसकेको छैन ।
No comments:
Post a Comment