Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES.
काठमाडौं, १ फागुन
भक्तपुरको अनन्तलिंगेश्वर ७ सिरुटारकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले अनन्तलिंगेश्वरका ४० वर्षका राजकृष्ण कायस्थलाई पक्राउ गरेको छ । बालिका बलात्कार गर्न श्रीमानलाई सहयोग गरेको अभियोगमा प्रहरीले उनकी श्रीमती राधा जंगमलाई पनि पक्राउ गरेको छ । शनिबार पक्राउ परेका श्रीमान श्रीमतीलाई आइतबार जबर्जस्ती करणी अन्तर्गत मुद्धा चलाइने भएको छ ।
सागरनाथ ७ सर्लाही घर भइ सिरुटारमा ज्यामी काम गर्ने अभिभावकसँग बसेर कक्षा ५ म अध्ययनरत बालिका छिमेकीबाटै बलात्कृत भएकी हुन् । यो २१ मंसिरको कुरा हो ।
श्रीमती राधा जंगमले टीभी हेर्ने तथा पैसा दिने प्रलोभन देखाइ बालिकालाई घरमा नै लगेर राजकृष्णको जिम्मा लगाइ बाहिरबाट चुकुल लगाएको प्रहरीले जनाएको छ । त्यसपछि राजकृष्णले बालिकालाई बलात्कार गरेको डिएसपी श्यामबाबु ओलियाले बताए ।
No comments:
Post a Comment