Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES.
काठमाडौँ, २९ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निर्वाचनको मिति तत्काल घोषणा नगरे वर्तमान सरकारको औचित्य समाप्त हुने चेतावनी दिनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले यहाँ आज आयोजना गरेको साक्षात्कारमा अध्यक्ष थापाले निर्वाचन गर्न बनेको सरकार निर्वाचन नगरे औचित्य समाप्त हुने बताउनुभएको हो । उहाँले भन्नुभयो, “सरकारले संविधान कार्यान्वयन, मधेसी दलले उठाएका मुद्दा समाधान र निर्वाचन तालिका तत्काल सार्वजनिक गर्नुपर्छ ।”
अध्यक्ष थापाले संविधान कार्यान्वयन र निर्वाचन नभए संविधान पूर्ण असफल हुने बताउनुभयो । उहाँले मधेसी दलसँग वार्ता र निर्वाचनको मिति घोषणा एकैसाथ गर्न सरकारलाई आग्रहसमेत गर्नुभयो ।
उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टीको आसन्न एकताको महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको भन्दै महाधिवेशनले पार्टीको वैचारिक सैद्धान्तिक र भावी कार्यदिशासम्बन्धी अवधारणा निर्धारण गर्नुका साथै एकीकृत पार्टीको विधान निर्माण र केन्द्रीय नेतृत्व छान्ने प्रष्ट पार्नुभयो ।
अध्यक्ष थापाले प्रदर्शनी मार्गमा उद्घाटन हुने महाधिवेशनमा प्रमुख राजनीतिक दलका अध्यक्ष, विभिन्न देशका राजनीतिक दलका प्रतिनिधिलाई आमन्त्रण गरिएको बताउनुभयो । उहाँले उद्घाटन सत्रमा दुई लाख जनतालाई उतार्ने गरी पार्टीले गृहकार्य गरिरहेको बताउनुभयो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले सुशासनको अभावले गर्दा मुलुक सङ्कटमा फस्दै गएको बताउनुभयो । उहाँले प्रधानमन्त्रीले स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न आलटाल गरेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “जेठ १५ गतेसम्म स्थानीय निकायको निर्वाचन नभए बजेट आएपछि निर्वाचन गर्न मिल्दैन ।”
डा महतले संविधान संशोधन गर्न मिल्दैन भन्ने नेकपा (एमाले)को अतिवादी सोचलाई छाड्न आग्रह गर्नुभयो । उहाँले हरेक नेताले आफ्नो व्यक्तिगत र दलगत पूर्वाग्रहलाई छाडेर मुलुकलाई निकास दिनुपर्ने बताउनुभयो । रासस
No comments:
Post a Comment