ओझेलमा पर्दै जनयुद्ध दिवस - newsallabc.com
watch+more+videosCHAUTARI+JAN+SEWA+ICON

Sunday, February 12, 2017

ओझेलमा पर्दै जनयुद्ध दिवस

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES.


काठमाडौँ, फागुन १ गते ।  तत्कालीन नेकपा माओवादीले जनयुद्ध शुरू गरेको आज २१ वर्ष पूरा भएको छ ।  जनयुद्ध शुरू गरिएको सम्झनामा आज विभिन्न समूहमा रहेका माओवादीले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेर जनयुद्ध दिवस मनाउँदैछन् ।  यस अवधिमा माओवादी पार्टीमा थुप्रै परिवर्तन आए भने देशले पनि परिवर्तनको फड्को मारेको छ । 
संविधानसभाबाट संविधान निर्माण भएको छ र गणतन्त्र संस्थागत हुने दिशामा देश अगाडि बढेको छ । यद्यपि जनयुद्धको उद्देश्य यति मात्र थिएन भनी आलोचना गर्नेहरू पनि छन् ।
 
२०५२ साल फागुन १ गतेदेखि शुरू भएको १० वर्षे जनयुद्धको स्मरणमा जनयुद्ध दिवस मनाइने गरिएको छ ।  शुरूशुरूका दिनमा खुलामञ्चमा यो दिवस भव्यरूपमा मनाइन्थ्यो भने अहिले पार्टी कार्यालयको एउटा कोठामा सीमित भएकोे छ ।
  
२०५२ साल फागुन १ गते रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमा एकैसाथ हमला गरी सशस्त्र युद्धको शुरूवात गरिएको थियो ।  त्यसपछि १० वर्षसम्म निरन्तर चलेको माओवादी जनयुद्धमा १७ हजारभन्दा बढीले ज्यान गुमाए भने हजारौँ घाइते र बेपत्ता भए । 

यता माओवादी पनि विभिन्न टुक्रामा बाँडिए ।  जनयुद्धको थालनी गर्ने मुख्य व्यक्ति पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नेकपा (माओवादी केन्द्र) छ ।  माओवादीबाट अलग भएर डा. बाबुराम भट्टराईले नयाँ शक्ति नेपाल गठन गर्नुभएको छ ।  
.com/blogger_img_proxy/

सोही पार्टीबाट अलग भएर मोहन वैद्य किरणले नेकपा (क्रान्तिकारी माओवादी) गठन गर्नुभएको छ भने र नेत्रविक्रम चन्द विप्लवले पनि माओवादीबाट अलग भएर नेकपा (माओवादी) पार्टी गठन गर्नुभएको छ ।  यसरी चारवटा पार्टी अहिले क्रियाशील छन् ।  जनयुद्धबाट आएका यी नेताले अलग अलग पार्टी बनाएका छन् र जनयुद्ध दिवस पनि अलग अलग मनाइरहेका छन् ।
  
२०६३ सालमा विस्तृत शान्ति सम्झौता गरी नेकपा (माओवादी) शान्ति प्रक्रियामा आयो ।  दश वर्ष सशस्त्र युद्धमा बिताएका माओवादीले दशै वर्ष शान्ति प्रक्रियामा पनि बिताए ।  अझ पनि शान्ति प्रक्रिया टुङ्गोमा पुगेको छैन ।  प्रचण्डको नेतृत्वमा दुईपटक र डा. बाबुराम भट्टराईको नेतृत्वमा एक पटक सरकार बनेको छ ।  दशवर्षे जनयुद्धको नेतृत्व गर्नुभएका प्रचण्ड नेतृत्वको पार्टीले आइतबार केन्द्रीय कार्यालय पेरिसडाँडामा एक कार्यक्रम गरी जनयुद्ध दिवस मनाउने भएको छ । 
जनयुद्धको मर्म र लक्ष्य पूरा नभएको ठान्ने नेकपा (क्रान्तिकारी माओवादी) ले पनि जनयुद्ध शुरू भएको दिनलाई महìव दिएको छैन ।  सो पार्टीका प्रवक्ता हरिभक्त कँडेलले जनयुद्ध दिवस पार्टी कार्यालयमा सामान्य ढङ्गले मनाउने जानकारी गराउनुभयो । 
फेरि जनयुद्धमा जाने उद्घोषका साथ नयाँ पार्टी गठन गर्नुभएका नेत्रविक्रम चन्द विप्लव ‘एकीकृत जनक्रान्ति’को नामबाट सङ्घर्ष गर्दै आउनुभएको छ ।  उहाँले जनयुद्ध दिवसको अवसर पारेर पार्टीको आठांै महाधिवेशन गर्न लाग्नुभएको छ । 
 
दश वर्षसम्म जनयुद्धको नेतृत्व तहमा भूमिका निर्वाह गर्नुभएका डा. भट्टराईले माओवादीबाट अलग भएर नयाँ शक्ति नेपाल गठन गर्नुभएको छ ।  माक्र्सवाद र माओ विचारधारा पुरानो भयो भन्दै आर्थिक क्रान्तिका लागि नयाँ शक्ति नाम दिएर पार्टी खोल्नुभएका डा. भट्टराईले जनयुद्ध दिवसको अवसरमा कुनै कार्यक्रम राख्नुभएको छैन ।  पार्टी प्रवक्ता खिमलाल देवकोटाले पार्टीका आन्तरिक कार्यक्रम थुप्रै छन् तर जनयुद्ध दिवसकै नाममा त्यस्तो कुनै कार्यक्रम नरहेको बताउनुभयो । 
 
दश वर्षसम्म जनयुद्ध गरेका माओवादीका नेताहरू नै त्यसको उद्देश्य पूरा नभएको स्वीकार गर्नुहुन्छ ।  माओवादी केन्द्रका नेता देव गुरुङले राष्ट्रिय स्वाधीनता र गणतन्त्रका लागि जनयुद्ध भएको थियो ।  त्यसमध्ये गणतन्त्र, धर्म निरपेक्षता लागू भयो तर अझै राष्ट्रिय स्वाधीनताको लडाइँ बाँकी रहेको बताउनुभयो ।  उहाँको भनाइ छ, जनयुद्धले महìवपूर्ण उपलब्धि दियो तर त्यो अझै स्थापित हुन सकेको छैन । ’

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167