विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि केन्या विरुद्धको २४ खेलाडी छनोट - newsallabc.com

Breaking

Thursday, February 9, 2017

विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि केन्या विरुद्धको २४ खेलाडी छनोट

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES.


माघ २७, २०७३- नेपालले केन्यासँग हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि दोस्रो चरणमा बिहीबार २४ खेलाडी छनोट गरेको छ । 

निर्धारित तालिका अनुसार नेपाल र केन्याको खेल मार्च ११ र १३ मा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने कार्यक्रम छ । छनोट भएका खेलाडीमा पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, आरिफ शेख, अमित श्रेष्ठ, सुशन भारी, दीलिप नाथ, महबुब आलम, करण केसी, आसिफ शेख, सागर पुन, भुवन कार्की, शरद भेषावकर, कुशल भुर्तेल, विक्रम सोब, शक्ति गौचन, अविनाश कर्ण, सोमपाल कामी, सुनिल धमला, दीपेन्द्रसिंह ऐरी, वसन्त रेग्मी, दीपेश श्रेष्ठ, राजेश पुलामी, विनोद भण्डारी र सन्दीप लामिछाने छन् । 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नियुक्त गरेको छनोट समितिले खेलाडी छनोट गरेको नेपाली क्रिकेटका टेक्निकल एनालिस्ट रमन सिवाकोटीले प्रेस विज्ञप्ती मार्फत जनाएका छन् । छनोट समितिमा आईसीसी प्रतिनिधि वैंकटपति राजु, राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा र कप्तान पारस छन् । 
तीन हप्ता अघि भएको सुपर लिगमा देखाएको प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको विज्ञप्तीमा जनाइएको छ । त्यसपछि ब्याट एन्ड बल फाउन्डेसनमार्फत आएका श्रीलंकाली विश्वकप विजेता प्रशिक्षक डेव वाटमोरले नेपाली खेलाडीलाई १२ दिने हाइपर्फोमेन्स प्रशिक्षण दिएका थिए । आइतबारबाट अन्तिम बन्द प्रशिक्षण सुरु हुनेछ । 

नेपालले अगस्टमा नेदरल्यान्ड्ससँग च्याम्पियनसिपमा पछिल्लो पटक खेलेको थियो । त्यसयता नेपाल पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो । नेदरल्यान्ड्समा नेपाली टोलीमा रही प्लेयिङ ११ मा रहेका राजु रिजाल र अनिल मण्डल यस पटक २४ सदस्यीय नेपाली टोलीमै छैनन् । विकेटकिपर राजु ३२ सदस्यीय टोलीमै परेका थिएनन् ।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167