हतियार भित्रिरहेको खुलासा काठमाडौं - newsallabc.com
watch+more+videosCHAUTARI+JAN+SEWA+ICON

Monday, February 6, 2017

हतियार भित्रिरहेको खुलासा काठमाडौं

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES.



PESTOL-339x177
नेपालगन्ज – भारतबाट पेस्तोल ल्याएर काठमाडौं पुर्याउने गिरोह नेपालगन्जमा सक्रिय रहेको खुलासा भएको छ ।

नेपालगन्ज ८ का सदाव पठान पेस्तोल र गोलीसहित पक्राउ परेपछि यस्तो खुलासा भएको खबर आजको नेपाल समाचारपत्रमा छ ।

यूएसए ५४ एमएमको पेस्तोल, त्यसको तीन राउन्ड गोली र एक थान म्याक्जिनसहित प्रहरीले पठानलाई पक्राउ गरेको छ ।

लागूऔषध ब्युरोको टोलीले जमुनाहाबाट पठानलाई नियन्त्रणमा लिएको हो । पठानको साथमा दुई पुरिया ब्राउनसुगर पनि थियो ।

भारतको रिसियाबाट पेस्तोर र गोली बोकेर आएका पठानले काठमाडौं सप्लाई गर्ने खुलासा गरेका छन् ।

स्रोतका अनुसार पठानको समुहमा अझै आधा दर्जन रहेका छन् । भारतबाट नेपालगन्ज र नेपालगन्जदेखि काठमाडौंसम्म साना हतियार पुर्याउनका लागि एउटा गिरोह नै सक्रिय रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

काठमाडौंमा क कस्ले यहाँबाट हतियार मगाउँछन् भन्ने बारेमा पनि सेधीखोजी थालिएको प्रहरीले बताएको छ । यस्ता साना हतियार डन हरुले बढी प्रयोग गर्ने गरेको सम्बद्धहरु बताउँछन् ।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167