आँसु हेरेर विदेश गए, फर्किंदा खुसी हेर्न पाएनन् - newsallabc.com

Breaking

Wednesday, February 1, 2017

आँसु हेरेर विदेश गए, फर्किंदा खुसी हेर्न पाएनन्

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES.


वैदेशिक रोजगारीमा जाने समयमा आफ्ना बुबाआमा, छोराछोरी र श्रीमतीको आँखाको आँसुसहितको मुहार हेरेर विदेशिएका महोत्तरी बर्दिबास ३ का गण्ेश बहादुर श्रेष्ठले विदेशबाट फर्किदा आफ्ना परिवारको सदस्यको हँसिलो मुहार हेर्न पाएनन् ।

जग्गा साहुलाई सुम्पेर वैदेशिक रोजगरीमा गएका श्रेष्ठ कतारमै दृष्टिविहीन भएपछि अहिले उनी अचेत अवस्थामा छन् । यो खबर आजको अन्नपूर्ण पोष्टमा छ ।
७ बर्षीय छोरालाई राम्रो शिक्षादिक्षा दिन र घरपरिवारका सदस्यलाई मिठो मसिनो खुवाउन कतारको मेट्रोपार्क कम्पनीमा काम गर्न पुगेको यी युवकको अहिले जीवन नै समाप्त भएजस्तै भएको छ ।
स्वदेशमा रोजगारी नपाएपछि लहैलहैमा लागेर श्रेष्ठ वैदेशिक रोजगारीमा गएका थिए । कतारमा साथीसँग विवाद हुदा भएको झडपमा उनको दुवै आँखाको ज्योति गुम्न पुग्यो ।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167