Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES.
विद्याकी देवी सरस्वतीको पूजा गरेर बुधबार श्रीपञ्चमी मनाइँदैछ । यो दिन बालबालिकालाई शिक्षारम्भ गराउने, नाक कान छेडाउने तथा सङ्गीत कला जस्ता विधा सिक्न शुभ दिन मानिन्छ ।
यस दिन विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्य गर्दा गराउँदा साइत पर्खन नपर्ने प्रचलन पनि छ । देवी भागवत र भविष्य पुराणको उत्तर पर्वमा सरस्वतीको पूजा विधान लेखिएको छ ।
ज्योतिष डा. सुनिल सिटौलाका अनुसार ज्योतिष शास्त्रमा फागुन र माघ महिनालाई शिशिर ऋतु मानिएकाले यो ऋतुमा पर्ने श्रीपञ्चमीलाई वसन्त पञ्चमी पनि भनिन्छ ।
बुधबार बिहान ११ः३५ बजेको साइतमा राष्ट्रप्रमुखबाट हनुमानढोका दरबारस्थित नासलचोकमा परम्परा अनुसार वसन्त श्रवण हुँदैछ । दरबारका कर्मचारी मिठाराम पुडासैनीका अनुसार वरिष्ठ शास्त्रीय सङ्गीतज्ञ सरिता मिश्रको एक टोलीले यहाँ वसन्त राग प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।
विशालनगरको नील सरस्वती, पशुपति आर्यघाटको सरस्वती, पाटन लेलेको सरस्वती कुण्ड, मैतीदेवीको सरस्वती मन्दिर लगायत मुलुकका विभिन्न स्थानमा रहेका सरस्वती मन्दिरमा यस दिन मेला लाग्छ । शैक्षिक संस्था, तालिम केन्द्र, गुरुकुल लगायतमा यो दिन सरस्वतीको आराधना गर्ने गराउने प्रचलन छ ।
No comments:
Post a Comment