नेपाल सरकारसँग भुकम्पमा भत्किएका साढे आठ लाख घरका एक करोड फोटोहरु - newsallabc.com

Breaking

Friday, January 20, 2017

नेपाल सरकारसँग भुकम्पमा भत्किएका साढे आठ लाख घरका एक करोड फोटोहरु

केन्द्रीय तथ्याङ्क विभागले आगामी एक महिनाभित्र सम्पूर्ण भूकम्प प्रभावित क्षेत्रको लगत सार्वजनिक गर्ने बताएको छ ।
केन्द्रका उपमहानिर्देशक रुद्र सुवालले नेपालको इतिहासमा विभागले पहिलोपल्ट भौगोलिक अवस्था प्रणाली (जिपिएस) बाट तथ्याङ्क सङ्कलन गरी सार्वजनिक गर्न लागेको जानकारी दिनुभयो । 




यसअघि केन्द्रले अतिप्रभावित १४ जिल्लाको लगत सङ्कलन गरिसकेको छ । प्राप्त लगतलाई केन्द्रले राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र राष्ट्रिय सूचना प्रविधि केन्द्रमा हस्तान्तरण (डाउनलोट) गराइसकेको छ । 

तथ्याङ्क सङ्कलनका लागि केन्द्रले २५०० प्राविधिक (इन्जिनियर) खटाएको थियो । जस्मा १६०० ट्याबलेटबाट क्षतिग्रस्त (आंशिक तथा पूर्ण ) आठ लाख ७७ हजार ६७१ घरका एक करोड फोटो सङ्कलन गरेको छ । 



उपत्यकाका तीन जिल्ला काठमाडौँमा ४० हजार ९१९ पूर्ण र १० हजार २०९ आंशिक घर क्षतिग्रस्त भएको छ । सरकारले पूर्ण क्षतिग्रस्त घरलाई रु तीन लाख र आंशिक क्षतिग्रस्त घरलाई रु एक लाख आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । 

ललितपुरमा २२ हजार ५५५ पूर्ण, अांशिक सात हजार ७९० र भक्तपुरमा २३ हजार ५३२ पूर्ण र आंशिक ६ हजार ६६५ घर क्षति भएका छन् । 

अतिप्रभावित ११ जिल्ला क्रमशः गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर, सिन्धुली, ओखलढुङ्गा, रामेछाप, र दोलखा जिल्लाबाट पूर्ण विवरण आइसकेको भए पनि अन्य प्रभावित १७ जिल्लाबाट दुई लाख घर पूर्ण र आंशिक) क्षति भएता पनि हालसम्म ११ हजार घरको मात्र विवरण सङ्कलन भएको छ । रासस

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167