प्रचण्डको निशानामा वैद्य–विप्लव - newsallabc.com

Breaking

Saturday, January 21, 2017

प्रचण्डको निशानामा वैद्य–विप्लव

पछिल्लो एक महिनामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीका आन्तरिक कार्यक्रममा बारम्बार जोड दिएर उठाउँदै आएको एउटा विषय हो– माओवादीहरूबीचको एकता । एकताको विषयसँगै उनले आफूले सबै माओवादीधारका नेताहरूसँग नियमित संवाद गरेको पनि दाबी गरिरहेका छन् ।
विशेषगरी पार्टीका आन्तरिक प्रशिक्षण र कार्यक्रमहरूमा प्रचण्डले एकताबारे जोड दिइरहेका हुन्छन् । के उनले भनेजस्तै माओवादीहरूबीच फेरि एकता हुँदैछ ?

 पछिल्लो एक महिनामा प्रचण्डले विभिन्न ठाउँमा पुगेर दिएको एकता बारेका अभिव्यक्ति
अभिव्यक्ति १
मङ्सिर २७ गते काठमाडौँमा माओवादी केन्द्रको तीन नम्बरप्रदेशको प्रशिक्षण कार्यक्रममा प्रचण्डले भनेका थिए– ‘माओवादीहरूबीच फेरि पनि एकताको आधार बन्दै गएको छ । माओवादीहरू विभाजित हुँदा प्रतिगामीले टाउको उठाए, अब नयाँ शिराबाट माओवादी आन्दोलन ध्रुवीकरण हुन्छ । त्यसको गृहकार्य भइरहेको छ । तपाईंहरू पनि जनतामा गएर एकता र जनसेवाको वातावरण निर्माण गर्नुहोस् ।’
अभिव्यक्ति २
राजधानी काठमाडौँमा कार्यकर्ताहरूलाई एकताका लागि वातावरण निर्माणको निर्देशन दिएको तीन दिनपछि माओवादी केन्द्रको चार नम्बर प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम भयो, पुस १ गते पोखरामा । त्यहाँ पुगेर प्रचण्डले विभाजित सबै माओवादी धार एउटै केन्द्रमा आउने परिस्थिति बनेको बताए । उनको भनाइ थियो, ‘म विभिन्न माओवादी धारका नेताहरूसँग निरन्तर अन्तत्र्रिmयामा छु । सबै माओवादी धारका पार्टीलाई एकताबद्ध गरेर मात्र लक्ष्यमा पुग्न सक्छौँ । माओवादी एकताको रणनीतिक महत्व छ । हामीले त्यसका लागि गम्भीरतापूर्वक पहल गर्न जरुरी छ । मैले आफ्नो ठाउँबाट प्रयास गरिरहेको छु, तपाईंहरूले पनि एकताको वातावरण बनाउन आफ्नो ठाउँबाट प्रयास गर्नुहोला ।’
अभिव्यक्ति ३
त्यस्तै पुस ३ गते पूर्वको विराटनगर पुगेर आन्दोलनबाट प्राप्त उपलब्धिमाथि खतरा भएको भन्दै प्रचण्डले क्रान्तिकारी कम्युनिस्टहरूको एकता जरुरी भएको बताए । उनले भने, ‘हामी माओवादीले छुट्टै पहिचान र इतिहास निर्माण गरेका छौँ । यसमा गर्व गर्न सक्दैनाँै भने हामीलाई इतिहासले पोल्ने छ । माओवादी सबैलाई एकताबद्ध पार्ने र विभिन्न ठाउँमा छरिएका क्रान्तिकारी कम्युनिस्टलाई एकताबद्ध पार्न हामीले पहलकदमी लिनै पर्छ । इतिहास, वर्तमान र भविष्यको रक्षा गर्न सबै माओवादी एक हुनुपर्छ । वामपन्थी, क्रान्तिकारीहरूलाई जोड्न हाम्रो कोसिस हुनुपर्छ ।’
अभिव्यक्ति ४
पुस ५ गते माओवादी केन्द्रले सुर्खेतमा आयोजना गरेको ६ नम्बर प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले माओवादी आन्दोलन केही कमजोर भएपछि सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी मान्यताजस्ता परिवर्तनका मुद्दा उल्ट्याउने कोसिस भइरहेको बताए । उनले त्यहाँ भनेका थिए, ‘परिवर्तनका मुद्दा जोगााउन माओवादी धारहरूको एकता अनिवार्य छ । मैले सबैसँग निरन्तर कुराकानी गरिरहेको छु । पहिले हामीले पार्टीको एकतालाई दरिलो बनाऔँ, अनि सबै माओवादी धारलाई एकताबद्ध गर्न पहल गरौँ । हामीले प्रष्ट रुपमा बुझ्नुपर्छ, माओवादीको एकता अभियान अहिले पनि जारी छ ।’
अभिव्यक्ति ५
पुस ६ मा माओवादी केन्द्रले कैलालीको धनगढीमा आयोजना गरेको ७ नम्बर प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले भनेका थिए, ‘माओवादी कुनै पार्टी मात्र होइन, यो एउटा युगान्तकारी आन्दोलन हो । कसैले चाहेर पार्टी त सानो ठूलो हुन सक्ला । तर, युगान्तकारी परिवर्तनका मुद्दा कायम रहेसम्म माओवादी आन्दोलन कायमै रहन्छ । हामी नरहुँला । तर, माओवादी अझै शक्तिशाली भएर रहन्छ । यो कुनै पार्टी मात्रै होइन, नेपालमा उथलपुथलकारी परिवर्तन ल्याउने आन्दोलन पनि हो । माओवादी एकता आजको आवश्यकता हो । क्रान्ति र देशको हितका लागि माओवादी एक हुनुपर्छ । मैले सबै माओवादी धारका नेताहरूसँग कुरा गरिरहेको छु । माओवादीलाई केन्द्रित गर्ने अभियानमा म लागेको छु ।’

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167