हार्दिक बधाई !! तेरियाले जितिन् टेलिभिजन शो ‘झलक दिखलाजा’ को अवार्ड !!! - newsallabc.com

Breaking

Friday, January 20, 2017

हार्दिक बधाई !! तेरियाले जितिन् टेलिभिजन शो ‘झलक दिखलाजा’ को अवार्ड !!!

नेपाली चेली तेरिया मगरले भारतको टेलिभिनज ‘झलक दिखला जा’ को उपाधि जितेकी छिन् । तेरियाले यस अघि जी टेलिभिजनबाट प्रशारण हुने ‘डान्स इन्डिया डान्स’ को उपाधि जितेकी थिइन । तेरियाले उपाधि उचालेको शो भने शनिबार साँझ कलर्स टेलिभिजनले प्रशारण गर्नेछ ।

आफ्नी नातिनी तेरिया फौजामगरले उपाधि जितेको उनका हजुरबुबा कृष्णबहादुर फौजामगरले अन्नपूर्णलाई जानकारी दिए ।
नातिनीको प्रतिभामा निखार ल्याउन उनले निरन्तर प्रयास गरे । अहिले पनि नातिनीका लागि खटिरहेकै छन् । तेरिया भारतीय टेलिभिजन ‘कलर्स’ बाट प्रसारित चर्चित डान्स रियालिटी सो ‘झलक दिखलाजा’को फाइनलमा पुगेपछि उनलाई भोटका लागि सबैलाई अनुरोध गर्न केही दिनअघि ६५ वर्षीय कृष्णबहादुर राजधानीमा आएका थिए ।
सन् २०१४ मा भएको ‘डान्स इन्डिया डान्स’ (डीआईडी) सिजन ३ को विजेता बनेपछि हजुरबुवा कृष्णबहादुरमात्रै होइन, सिंगो नेपाल गौरवान्वित बन्यो । कडा प्रतिस्पर्धाबीच ‘झलक दिखलाजा’को यस सिजनको उपाधि जित्न समेत सफल भएकी छिन् ।

प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा शनिबार (जनवरी २१) मा हुँदैछ । फाइनलमा तेरियाले डीआईडी सिजन १ का विजेता सलमान युसुफ खान र वल्र्ड हिपहप च्याम्पियन सानतुन महेश्वरीलाई पछि पार्दै उपाधि जितेकी हुन् ।
तेरियाले उपाधिसँगै तीस लाख भारु र रेनाल्ड डस्टर ब्रान्डको कार पाएकी छिन् । सन् १९९६ मा भारतीय सेनाबाट अवकाश पाएका कृष्णबहादुरले नातिनीका लागि गरेको योगदान निकै उल्लेखनीय छ ।
सानै उमेरदेखि नातिनीको प्रतिभा नियालेका उनी भन्छन्, ‘उसलाई पाँच वर्षदेखि नाच सिकाउन बुटवलबाट २३ किलोमिटर टाढा रुद्रपुरको बागेश्वरी संगीतालयमा लान्थेँ ।’

हरेक दिन नातिनी लिएर संगीतालय पुग्ने र एक घन्टा अभ्यासपछि घर लिएर फर्किने अनि स्कुल पठाउने गर्थे उनी । नातिनीका बाल्यकाल सम्झँदै उनले थपे, ‘उसको भविष्य उज्ज्वल छ भन्ने लाग्थ्यो । तर, अवसर नदिएसम्म लुकेका प्रतिभा बाहिर ल्याउन सकिन्न भनेर म आफैंले नातिनीलाई सघाउन थालेँ ।’ तेरिया बच्चादेखि नै गाउँघरमा हुने कार्यक्रमलगायत देउसीभैलोमा रोजाइमा पर्थिन् । उनको नृत्य सबैले मन पराउँथे ।डीआईडी सिजन ३ को विजेता बन्नुअघि उनले वेलफेयर क्याराभान नामको संस्थाले आयोजना गरेको कार्यकममा एक लाख रुपैयाँ जितेकी थिइन् । त्यसपछिमात्रै उनी डीआईडीका लागि भारत गएकी हुन् । भारतसम्म पुर्‍याउन पनि हजजुरबुवाले सहयोग गरेका हुन् तेरियालाई । मुम्बईमा बस्ने आफ्नो भतिजोलाई कोरियोग्राफरसँग सम्पर्क गर्न उनले नै अराएका थिए । डीआईडीमा जानुभन्दा पहिला कोरियोग्राफर सार्थक मिश्रले उनलाई हिन्दी गीतमा नाचेको भिडियो क्लिप पठाउन भनेका थिए । 

तेरिया नाचेको भिडियो हेर्नेबितिकै उनलाई तुरुन्त मुम्बई बोलाउँदा हर्षविभोर भएको कृष्णबहादुरले स्मरण गरे । त्यति बेला एघार वर्षकी उनी ५ कक्षामा अध्ययनरत थिइन् । डीआईडीको विजेता बनिसकेकी तेरिया आमा र दिदीको साथ हाल मुम्बईमा बस्दै आएकी छन् । तेरियाका बुवा भने कतारमा काम गर्छन् । १४ वर्षीया उनी पन्ध्रभन्दा धेरै मुलुक पुगिसकेकी छन् । 
तीन वर्षका लागि डीआईडीले अनुबन्धित गरेका कारण उनीहरूको अनुमतिबिना हिँड्न मिल्दैन । उनी यति बेला भारतमा अध्ययन गर्दैछिन् । उनलाई कुनै पनि मुलुकमा हुने कार्यक्रममा जाँदा सम्पूर्ण खर्च डीआईडीले दिँदै आए पनि कार्यक्रममा पाएको रकम आधा डीआईडीले लिने गरेको छ । कृष्णबहादुरका अनुसार उनको अनुबन्ध फुकुवा हुन अझै पाँच छ महिना बाँकी छ ।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167