स्ववियु निर्वाचन फागुन १४ गर्ने निर्णय, यस्तो छ तालिका - newsallabc.com

Breaking

Friday, January 27, 2017

स्ववियु निर्वाचन फागुन १४ गर्ने निर्णय, यस्तो छ तालिका

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES.


त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन फागुन १४ गते गर्ने निर्णय भएको छ ।


शिक्षाध्यक्षको कार्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालय अन्तरगत रहेको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन एवम् समन्वय समितिको माघ १३ गते बसेको बैठकले सो निर्णय गरेको हो ।

समितिका सदस्य सचिवद्वारा सम्पूर्ण क्याम्पस प्रमुखहरुलाई पठाइएको पत्रमा फागुन १४ गते निर्वाचन सम्पन्न गर्ने निर्णय भएको व्यहोरा उल्लेख गर्दै सम्पूर्ण क्याम्पसहरुमा स्नातक र स्नातकोत्तर तहको प्रथम वर्षमा विद्यार्थी भर्ना माघ १५ गतेदेखि बन्द गर्न निर्देशन दिइएको छ ।

त्यस्तै पत्रमा निर्वाचन तालिका पनि उल्लेख छ ।
जसअनुसार,
फागुन १ गते मतदाता सूची प्रकाशित गर्ने,
फागुन ३ गते एक बजेसम्म मतदाता सूची उपर दावी विरोध गर्ने
फागुन ५ गते ५ बजे अन्तिम नामावली प्रकाशित गर्ने
फागुन ४ गते ११ बजेदेखि ५ जबेसम्म उम्मद्वारको मनोनयन पत्र वितरण गर्ने
फागुन ५ गते ११ देखि ३ बजेसम्म उम्मेद्वारको मनोनयन पत्रको शिलबन्दी नामावली दाखिला गर्ने
फागुन ५ गते ५ बजे प्रत्यक्ष तर्फको उम्मेद्वारको नामावली प्रकाशित गर्ने
फागुन ६ गते २ बजेसम्म उम्मेद्वारको नामावली उपर दाबी विरोध गर्ने अन्तिम समय
फागुन ६ गते ५ बजे अन्तिम नामावली प्रकाशित गर्ने
फागुन ८ गते १ बजेसम्म उम्मेद्वारको नाम फिर्ता लिने अन्तिम समय
फागुन ८ गते ४ बजे अम्मेद्वारको अन्तिम नामावली प्रकाशित गर्ने
फागुन १४ गते मतदान मिति

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167