विदेशमा बस्ने नेपालीलार्इ अब अनलाइनबाट कन्सुलर सेवा - newsallabc.com

Breaking

Friday, January 27, 2017

विदेशमा बस्ने नेपालीलार्इ अब अनलाइनबाट कन्सुलर सेवा

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES.


वैदेशिक रोजगारीका लागि विभिन्न देशमा रहेका नागरिकले कन्सुलर विभागबाट लिनुपर्ने विविध कानुनी सेवा अब अनलाइनमार्फत नै लिन सकिने भएको छ ।
 

परराष्ट्र मन्त्रालयको कन्सुलर विभागले अबदेखि विदेशमा हराएका नागरिकको खोजतलास र उद्धार, विदेशमा मृत्यु भएकाको शव झिकाउने, मृतकका परिवार र घाइतेले पाउनुपर्ने क्षतिपूर्ति, अधिकृत वारेसनामाजस्ता सेवाका लागि अब अनलाइनबाटै आवेदन गर्न सकिने भएको हो । 

यी सेवाका लागि त्यस्ता व्यक्ति र उनीहरुका आफन्त स्वयम् विभागमा आई आवेदन गर्नुका साथै सो कार्य प्रगतिको सोधपुछका लागि समेत आफैँ उपस्थित हुनुपर्नेमा अबदेखि अनलाइनबाटै आवेदन गरी आफ्नो आवेदन कहाँ पुग्यो र के हँुदैछ भन्नेबारेमा घरैमा बसी जानकारी लिन सकिने छ । 

अनलाइनबाट यस्तो सेवाका लागि गरिएको सेवाग्राहीको आवेदन सम्बन्धित देशमा रहेका नेपाली नियोगमा पनि पुग्ने र यसबारेमा ती नियोग पनि सेवाप्रति जिम्मेवार हुनुपर्ने छ । 

सोसम्बन्धी अनलाइन सेवाको परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले आज कन्सुलर विभागमा शुभारम्भ गर्नुभयो । यस सेवाअन्तर्गत कामदारले आफ्ना कम्पनी या अन्य विषयमा गर्ने गुनासो र समस्याको पनि सुुनुवाइ हुने व्यवस्था गरिएको छ । 

सो अनलाइन सेवाको शुभारम्भ गर्दै मन्त्री डा महतले कन्सुलर सेवा विभागमार्फत जनतालाई प्रदान गरिने सेवालाई छिटो, सर्वसुलभ, कम खर्चिलो र पारदर्शी बनाउने प्रयोजनमा यस अनलाइन सेवा प्रभावकारी हुने अपेक्षा गर्दै यसबाट बढीभन्दा बढी लाभ लिन नेपाली नागरिकलाई आग्रह पनि गर्नुभयो । 

अहिलेको सूचना प्रविधिको युगमा पनि सानाभन्दा साना काम लिनका लागि अथवा एउटा निवेदन दिनकै लागि पनि नागरिकको भौतिक उपस्थिति हुनु सान्दर्भिक होइन भन्दै मन्त्री डा महतले उपलब्ध सूचना प्रविधिको उपयोग गरी नगरिकलाई सूचनामैत्री, चुस्त र कम खर्चिलो सेवा प्रदान गर्न निर्देशन दिनुभयो । 

लाखौँलाख नेपाली नागरिक वैदेशिक रोगगारीका लागि विभिन्न देशमा कार्यरत छन् र उनीहरुका विभिन्न समस्या पर्ने गरेकोले कन्सुलर सेवा भनेको परराष्ट्रको पनि अति संवेदनशील र अत्यावश्यक सेवा भएकाले विभागले यसप्रति गम्भीर भएर काम गर्ने आफ्नो विश्वास रहेको उहाँले बताउनुभयो । 

यस अनलाइनमार्फत नागरिकले सेवाका लागि दिएको आवेदन विदेशमा रहेका सम्बन्धित नियोगमा पनि पुग्ने भएकाले नियोगले पनि सेवाका लागि अग्रसरता लिए नलिएका बारे अनुगमन गरिने भएकाले जनताको सेवामा थप जिम्मेवार भएर काम गर्न विदेशमा रहेका नेपाली नियोगलाई पनि उहाँले निर्देशन दिनुभयो । 

परराष्ट्र सचिव शङ्करदाश वैरागीले कन्सुलरजस्तो सेवा अनलाइनबाट दिन थालिएबाट कन्सुलर सेवा विभागले नेपालको परम्परागत कार्यप्रणालीमा निकै ठूलो फड्को मारेको बताउनुभयो । 

कन्सुलर विभाका महानिर्देशक गेहेन्द्र राजभण्डारीले जनतालाई प्रदान गरिने सेवालाई चुस्त र सहज बनाउने कामको थालनी विभागले विगत केही महिनादेखि गरेको जानकारी दिँदै यो अनलाइन सेवा सुधारको एक उदाहरण हो भन्नुभयो । 

उहाँले यस सेवाका बारेमा अनुगमन गरिने र सेवाग्राहीमा पर्ने प्रभाव र सहजताका आधारमा आगामी दिनमा यस विभागका अरु पनि सेवाहरु अनलाइनमा लगिने जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167