दलीय भागबण्डामा अायोग सदस्य सिफारिश, कमल थापाको अापत्ति - newsallabc.com

Breaking

Friday, January 27, 2017

दलीय भागबण्डामा अायोग सदस्य सिफारिश, कमल थापाको अापत्ति

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES.


काठमाडौं—संवैधानिक परिषद्को बैठकले दलीय भागबण्डाका आधारमा मुख्य तीन दल निकट तीन जनालाई निर्वाचन आयोग सदस्यमा सिफारिश गरेको छ।

आयोगमा रिक्त पदमा पूर्व प्रशासकहरु नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौडेल र सुधीरकुमार साहलाई सिफारिस गरेको उपसभामुख गङ्गाप्रसाद यादवले जानकारी दिए। कांग्रेस, एमाले र माओवादी कोटामा उनीहरुको नियुक्ति भएको हो।
 
आयोगमा रिक्त पदमा पूर्व प्रशासकहरु नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौडेल र सुधीरकुमार साहलाई सिफारिस गरेको उपसभामुख गङ्गाप्रसाद यादवले जानकारी दिए। कांग्रेस, एमाले र माओवादी कोटामा उनीहरुको नियुक्ति भएको हो।
पूर्व रक्षा सचिव ईश्वरीप्रसाद पौडेल कांग्रेसको कोटामा सदस्य सिफारिश भएका हुन्। केही समय निर्वाचन आयोगको सचिव भएर अवकास पाएका नरेन्द्र दाहाल एमालेको कोटामा सदस्य सिफारिश भएका हुन्। संवैधानिक परिषदमा प्रमुख प्रतिपक्षी दलको नेता रहने व्यवस्था छ। दाहाल एमाले अध्यक्ष केपी शर्मा ओलीको रोजाइमा परेका थिए।
पूर्व गृहसचिव सुधिर कुमार शाह माओवादी कोटामा सदस्य सिफारिश भएका हुन्।
संवैधानिक परिषदले सिफारिश गरेका तिनै जनाले संसदीय सुनुवाइ सामना गर्नुपर्नेछ। संसदीय सुनुवाइबाट अनुमोदनपछि उनीहरुलाई राष्ट्रपतिले नियुक्ति गर्ने छन्। पाँच पदाधिकारी रहने आयोगमा हाल प्रमुख आयुक्त र एक सदस्य बाहेक तीन पद खाली थियो। यो नियुक्ति भएसँगै आयोगले पनि पूर्णता पाउनेछ।
सत्ता साझेदार राष्ट्रिय प्रजातन्त्र पार्टी भने भागबण्डामा परेन। पार्टी अध्यक्ष कमल थापाले सो नियुक्तिबारे असन्तुष्टि जनाएका छन्।
थापाले आयोगमा सदस्य नियुक्तिमा भागबण्डा र सिण्डिकेट हावी भएको भन्दै त्यसमा विरोध जनाए। 'निर्वाचन आयोगका आयुक्त सिफारिसमा भागवण्डा र सिण्डिकेटतन्त्र हावि हुनु दुखद र दुर्भाग्यपूर्ण', उनले ट्विट गर्दै भनेका छन्।
उनले राजनीतिमा सिण्डिकेटतन्त्र हटाई जनता निर्णायक बनाउन र विधिको शासन कायम गर्न पनि आग्रह गरेका छन्।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167