डोरीले बाँधेका झोला, गुन्टा लान नपाइने - दुवई विमानस्थल - newsallabc.com

Breaking

Thursday, March 9, 2017

डोरीले बाँधेका झोला, गुन्टा लान नपाइने - दुवई विमानस्थल

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


दुवई विमानस्थलद्वारा लगेज नियम परिवर्तन, डोरीले बाँधेका झोला, गुन्टा लान नपाइने



युएईको दुबईस्थित अन्तरार्ष्ट्रिय विमानस्थले सेवालाई सुधार गर्न लगेजसम्बन्धी नियम परिवर्तन गर्ने भएको छ। नयाँ नियमअनुसार युएईमा कार्यरत कामदारहरुले घर फर्किंदा विमानस्थलबाट डोरीले बाँधिएका झोला, गुन्टा र कार्टुन लैजान पाउने छैनन्।

वैदेशिक रोजगारीमा आएकाहरु नेपालीले घर फर्किंदा डोरीले बाँधेका गुन्टा तथा कार्टुन लाने गरेका थिए। नयाँ नियम ८ मार्चदेखि लागू हुनेछ।
'दुवई अन्तरार्ष्ट्रिय विमानस्थलसँग विश्वकै सुविधासम्पन्न ब्यागेज प्रणाली छ', ट्रमिनल अपरेसन हेर्ने उपाध्यक्ष अलि अजिजले भनेका छन्, 'यस्तो सुविधासम्पन्न प्रणालीलाई अनियमित आकार र बढी तौल भएका ब्यागेजले असर पारिरहेको छ।'
सुरक्षाका दृष्टिले पनि विमानस्थल लगेज नियम परिवर्तन गर्नुपरेको उनले बताए।
डोरीले बाँधिएका झोला, गुन्टा र कार्टुनका कारण 'लगेज क्लेमर'मा जाम हुने गरेको उनले बताए। 'त्यस्तो जामले हाम्रो सम्पूर्ण प्रणाली बन्द गर्न सक्छ। यात्रुले ढिलो लगेज पाउने, विमान कम्पनीलाई गाह्रो हुने र हाम्रा ग्राहकलाई असर परिरहेको छ', उपाध्यक्ष अजिजको भनाई उदृत गर्दै इमिरेट्स ट्वान्टी फोर न्युजले जनाएको छ।
परिवर्तित नियमपछि एयरलाइन्स कम्पनीहरुले आफ्ना यात्रुहरुलाई लगेजको रुपमा डोरीले बाँधेका गुन्टा, कार्टुन नबनाउन आह्वान गरेका छन्। युएईमा नियमित उडान गर्ने नेपाल एयरलाइन्सका कन्ट्री म्यानेजर रमेश पौडेलले डोरीले बाँधेका लगेज लैजान नपाइने स्थिति भएकाले अब यस्ता सामान नल्याउन नेपालीहरु समक्ष आग्रह गरे।
सुरक्षा र लगेज व्यवस्थापनको कारण देखाउँदै दुवई विमानस्थलले लगेजसम्बन्धी नियम परिवर्तन गरेको हो।
नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले काठमाडौं फर्किने नेपालीहरुलाई डोरीले नबाँधेका, गुन्टा नबनाएका दुई वटा लगेजमा ४० केजीसम्म लगेज निःशुल्क हुने जनाएको छ। दुई वटाभन्दा धेरै लगेजको हकमा ४० केजी निःशुल्क सुविधा नपाइने पौडेलले जानकारी दिए।
नेपाल एयरलाइन्सले काठमाडौं-दुवईको रुटमा दैनिक उडान गर्दै आएको छ।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167