कञ्चनपुरको भारतीय ज्यादतीविरुद्ध कुन पार्टीले के भने ? - newsallabc.com

Breaking

Thursday, March 9, 2017

कञ्चनपुरको भारतीय ज्यादतीविरुद्ध कुन पार्टीले के भने ?

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


कञ्चनपुरको भारतीय ज्यादतीविरुद्ध कुन पार्टीले के भने ? को-को बोलेनन् ?






भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली प्रहारबाट कञ्चनपुरमा एक नेपालीको मृत्यु भएको घटनाबारे भारतसँग जवाफ माग्नुपर्ने नेपालका राजनीतिक दलहरुले नेपाल सरकारसँग माग गरेका छन् ।

सीमा समस्या समाधानका लागि कुटनीतिक पहल गर्न पनि दलहरुले सरकारलाई सुझाव दिएका छन् ।कञ्चनपुरको पुनर्वास नगरपालिकाको आनन्दबजारमा बिहीबार एसएसबीको गोली प्रहारबाट ३० वर्षीय गोविन्द गौतमको मृत्यु भएको छ । अन्य धेरै घाइते भएका छन् । भारतीयहरुको ढुंगा प्रहारबाट नेपाली प्रहरीसमेत घाइते बनेका छन् ।
एसएसबीका जवानले स्थानीयको घरमा तोडफोड र लुटपाटसमेत गरेका छन् । कञ्चनपुरको नेपाल-भारत सीमा क्षेत्रमा कल्भर्ट निर्माणको विषयमा विवाद हुँदा एसएसबीले गोली चलाएको थियो ।
गौतमलाई सहिद घोषणा गर्न एमालेको माग
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एसएसबीको गोली लागेर मृत्यु भएका गौतमलाई शहिद घोषणा गर्न माग गरेको छ ।
सीमा क्षेत्रमा नेपाली मारिँदासमेत मौन बसेको भन्दै एमालेले सरकारको आलोचना गरेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा भने, ‘देशभक्तिको कुरा गर्ने, राष्ट्रिय स्वाभिमानको पक्षमा लड्नेहरुलाई खोक्रो राष्ट्रवादी भनेर होच्याउनेहरु आज सीमानामा नागरिक मारिँदा प्रतिक्रियाविहीन बनेका छन् । सरकारले तत्काल यसबारे आपत्ति जनाएर भारतीय पक्षको जवाफ माग्नुपर्छ ।’
नयाँ शक्ति र जनमोर्चाको आपत्ति
यसैगरी नयाँ शक्ति नेपालले घटनाको छानविन गरी दोषीलाई कारवाही गर्न सरकारसँग माग गरेको छ ।
नेपाली नागरिक गौतमको मृत्यु भएको घटनाको घोर भत्र्सना गर्दै नयाँ शक्तिले मृतकप्रति श्रद्धाञ्जली एवं मृतकका परिवारप्रति समवेदना प्रकट गरेको छ ।
नयाँ शक्ति नेपालका प्रवक्ता खिमलाल देवकोटाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो घटना नेपाल-भारत सीमा क्षेत्रमा विद्यमान विवादकै परिणामस्वरुप भएको घटना हो । नेपाल-भारत सीमा क्षेत्रमा यस्ता धेरै विवादका विषयहरु विद्यमान छन् जसको स्थायी समाधानका लागि सरकारले ठोस पहल गरेको छैन ।’
सरकारले तत्काल कुटनीतिक पहल गरी सीमा समस्याको समाधान गर्नुपर्ने नयाँ शक्तिको माग छ ।
यसैगरी चित्रबहादुर केसी राष्ट्रिय जनमोर्चाले पनि एसएसबीले कञ्चनपुरमा गरेको ज्यादतीको निन्दा गर्दै देशव्यापी विरोध गर्ने घोषणासमेत गरेको छ ।
अध्यक्ष केसीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘भारतीय विस्तारवादको उक्त ज्यादतिको विरोधमा हाम्रो पार्टीले कञ्चनपुरसहित देशका विभिन्न जिल्लाहरुमा विरोध कार्यक्रम गर्ने ठेगान गरेको छ । कार्यक्रमलाई सफल पार्न र भारतीय विस्तारवादको भण्डाफोर गर्नको निम्ति हामी सम्पूर्ण जनतासँग अपील गर्दछौं ।’
जनमोर्चाको विज्ञप्तिमा थप लेखिएको छ, ‘साथै भारतीय विस्तारवादलाई नेपाली सीमामा आपराधिक कार्य, सीमा अतिक्रमण, हस्तक्षेप र ज्यादति तुरुन्त बन्द गर्न हामी जोडदार माग गर्दछौं ।’
जनमोर्चाले मृतकको परिवारलाई उचित क्षतिपूर्ति र घाइतेको सम्पूर्ण उपचारको व्यवस्था गर्न सरकारसँग माग गर्दछ ।
युवा विद्यार्थी आन्दोलित
यसैवीच सत्तारुढ नेकपा माओवादी केन्द्रका युवा संगठन वाईसीएल र विद्यार्थी संगठन अखिल क्रान्तिकारीले कञ्चनपुर घटनाविरुद्ध राजधानीसहित देशभर विरोध प्रदर्शन गर्ने घोषणा गरेका छन् । वाईसीएलले बिहीबार साँझ र क्रान्तिकारीले शुक्रबार बिहान काठमाडौंसहित देशभरका जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्ने कार्यक्रम सार्बजनिक गरेका छन् ।
सत्ता पक्ष बोलेन, नारायणकाजीले मुख खोले
कञ्चनपुर घटनाबारे सत्तारुढ माओवादी र नेपाली कांग्रेसले विहीबार साँझसम्म कुनै औपचारिक वक्तव्य निकालेका छैनन् । प्रचण्ड नेतृत्वको सरकारले यो समाचार तयार पार्दासम्म कञ्चनपुर घटनाबारे मुख खोलेको छैन ।
यद्यपि सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने घटनालाई ‘भारतीयको ज्यादती’ भनेका छन् । श्रेष्ठले सरकारलाई तुरुन्त यसबारे भारतसँग वार्ता गर्न भनेका छन् ।
पूर्वपरराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठले ट्वीटरमार्फत् आफ्नो धारणा सार्बजनिक गरेका हुन् । उनले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
भारतीय आक्रमणबाट नेपाली मारिएको घटनाबारे मधेसी मोर्चामा आवद्ध कुनै पनि दलले औपचारिक प्रतिक्रिया दिएका छैनन् ।
विप्लव माओवादीले गौरीफन्टा नाका बन्द गराए
आनन्दबजारमा भारतीय सुरक्षा फौजको गोली लागी एक नेपालीको मृत्युभएपछि विप्लव माओवादीका कार्यकर्ताले कैलाली र कञ्चनपुरमा आन्दोलन सुरु गरेका छन् ।
विप्लवका कार्यकर्ताले बिहीबार साँझ गौरीफन्टा नाका अन्तरगतको श्रीनगर भन्सार बन्द गराएका छन् । उनीहरुले जिल्लाका विभिन्न भागमा विरोध प्रदर्शन गर्दै भारतविरुद्ध नाराबाजी गरेका छन् ।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167