राप्रपा नेता कमल थापासहित २ मन्त्रीले लिए सपथ - newsallabc.com

Breaking

Thursday, March 9, 2017

राप्रपा नेता कमल थापासहित २ मन्त्रीले लिए सपथ

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


कमल थापासहित २ मन्त्रीले लिए सपथ



राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट सरकारमा सहभागी भएका अध्यक्ष कमल थापासहित दुर्इ मन्त्रीले सपथग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार बेलुका अध्यक्ष थापा र राप्रपाकै नेता दिलनाथ गिरीलार्इ मन्त्री पदकाे सपथ ग्रहण गराएकी हुन्। 

अध्यक्ष थापाले उपप्रधानमन्त्रीसहित कुनै एक(स्थानीय विकास) मन्त्रालयकाे जिम्मवारी पाउने गरी सरकारमा सहभागी भएका हुन्। त्यस्तै राप्रपाका अर्का नेता गिरीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिइने प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ। अहिले स्थानीय विकास मन्त्री माअाेवादीका हितराज पाण्डे र पर्यटनमन्त्रीमा कांग्रेसका जीवनबहादुर शाही छन्।
प्रधानमन्त्री दाहालले कांग्रेस र माओवादीका दुई मन्त्री फिर्ता बोलाएर खाली हुने मन्त्रालय राप्रपालाई दिन लागेका हुन्।
संविधान संशोधनको अंक गणित पुर्‍याउन नसकेपछि अप्ठ्यारोमा परेका प्रधानमन्त्री दाहालले राप्रपालार्इ सरकारमा सहभागी गराएका हुन्। राप्रपा अहिलेसम्म संविधान संशोधनको पक्षमा देखिएको छैन। राप्रपासँग ३७ सांसद छन्।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167