नागढुंगा–सिस्नेखोला सुरुङमार्गको डिपिआर सम्झौता हुँदै, ०.०१ प्रतिशत ऋणमा सुरुङ मार्ग निर्माण - newsallabc.com

Breaking

Thursday, March 16, 2017

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको डिपिआर सम्झौता हुँदै, ०.०१ प्रतिशत ऋणमा सुरुङ मार्ग निर्माण

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



काठमाडौं/नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणका लागि विस्तृत परियोजना रिपोर्ट (डिपिआर) बनाउन जापानी कम्पनी छनोट भएको छ । कम्पनीसँग अर्को साता सम्झौता गर्ने तयारी भएको छ ।
सडक विभागको वैदेशिक महाशाखाका प्रमुख सञ्जयकुमार श्रेष्ठले जापानी कम्पनीसँग सुरुङमार्ग निर्माणको डिपिआर बनाउन सम्झौता हुन लागेको बताए । ‘सुरुङमार्ग निर्माणको कामले गति लिएको छ । डिपिआर निर्माणका लागि कन्सलटेन्ट कम्पनी छनोट भइसकेको छ,’ श्रेष्ठले भने, ‘अबको १० दिनभित्र सोही कम्पनीसँग सम्झौता गर्न सबै प्रक्रिया पूरा भइसकेको छ ।’
एक वर्षभित्र सुरुङमार्ग निर्माणको डिपिआर तयार गर्ने गरी सम्झौता हुन लागेको हो । यसबीचमा सुरुङमार्ग निर्माणको टेण्डर सम्झौतासमेत हुने भएको छ । ‘डिपीआर एक वर्षभित्र बनिसक्नेछ । त्यतिबेलासम्ममा सुरुङ मार्ग निर्माणको टेण्डर आह्वान तथा ठेक्का सम्झौता पनि भइसक्नेछ,’ महाशाखा प्रमुख श्रेष्ठले भने, ‘ठेक्का सम्झौता भएको साढे तीन वर्षमा सुरुङ मार्ग निर्माण भइसक्ने छ ।’
सुरुङ मार्ग काठमाडौंको नागढुंगाबाट नेपाल आयल निगमको डिपोबाट सुरु भएर धादिङको सिस्नेखोलामा टुंगिनेछ । सुरुङ मार्गको कुल लम्बाई ४.५१ किलोमिटर हुनेछ । तर, सुरुङको भाग भने २.४५ किमि मात्र हुने सडक विभागले जनाएको छ ।
सडक विभागका अनुसार सुरुङमार्ग निर्माण गर्न १६ अर्व रुपैयाँ लाग्ने अनुमान छ । निर्माणमा लाग्ने सबै खर्च दातृ निकाय जापान इन्टरनेश्नल कर्पोरेशन एजेन्सि(जाइका)ले ब्यहोर्ने छ । सडक विभागको बैदेशिक महाशाखाका प्रमुख सञ्जयकुमार श्रेष्ठले भने, ‘जापान सरकारको सहयोगमा सुरुङ मार्ग निर्माण गर्न लागिएको हो । कन्सल्टेन्ट र कन्ट्रेक्टर नेपाल सरकारले नै व्यहोर्ने भनिएको छ । हामी सक्षम छौं । सम्पूर्ण काम हामी नै गर्नेछौं । काम तोकिएकै समयमा पुरा हुनेछ ।’ सुरुङमार्ग निर्माणका लागि अधिग्रहण गरिने जग्गाको मुआब्जाको खर्च भने नेपाल सरकारले व्यहोर्ने छ ।
सुरुङ मार्ग तीन लेनको हुने छ । उपत्यका प्रवेश गर्ने सवारी साधान दुई लेनबाट र बाहिरिने सवारी साधान एक लेनबाट गुड्ने छन् । महाशाखा प्रमुख श्रेष्ठका अनुसार सुरुङ मार्ग प्रयोग गर्ने सवारी साधनमा ‘टोल ट्याक्स’ उठाउने प्रणाली राखिने छ । प्रत्येक बसबाट बढीमा २५ रुप्रयाँको दरले टोल ट्याक्स उठाइने छ । सुरुङ मार्ग निर्माणपछि उपत्यकाबाट बाहिरिंदा र भित्रिँदाको ट्राफिक समस्या सत प्रतिशत नियन्त्रण हुने सडक विभागको दाबी छ ।
०.०१ प्रतिशत ऋणमा सुरुङ मार्ग निर्माण
सडक विभागका अनुसार सुरुङ मार्ग निर्माण गर्न १६ अर्व रुपैयाँ लाग्ने अनुमान छ । यो रकम ०.०१ प्रतिशत व्याज दरमा जापान सरकारले ऋण सहयोग दिन लागेको हो । ४० वर्षभित्र यो रकम चुक्ता गर्नुपर्ने विभागले जनाएको छ । 

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167