Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
लामो समय देखी युरोपलाई कर्म थलो बनाउदै आएका नायक श्याम श्रेष्ठ नेपाली कथानक चलचित्र “लप्पन छप्पन” मा सौगात मल्ल र दयाहाङ राई संगै अतिथी कलाकारका रुपमा देखिदै छन् ।चैत्र ११ गते देखी रिलिज हुदै गरेको “लप्पन छप्पन” लाई मकुन्द भट्टले निर्देशन गरेका हुन भने डम्वर चन्द यसका निर्माता हुन । यसो त, युरोपमा छायाङ्गकन गरिएका दुई नेपाली चलचित्र “नमस्ते नेपाल” र “लप्पन छप्पन” को ब्यवस्थापन श्रेष्ठले नै गरेका हुन् ।
अव भने श्रेष्ठले युरोपमै नेपाली चलचित्र निर्माण गर्ने भएका छन् । यसका लागी कथा र गितको काम सकिएको टेलिफोन सम्पर्कमा आवर नेपाल न्युजलाई बताएका छन् । अब बन्ने चलचित्रमा श्रेष्ठ सगै नेपालका चल्तिका कलाकारहरु पनी रहने छन् । चलचित्रमा दुईवटा डान्सिङ्ग गित रहने छन् । कथा अनुुसार पात्रमा घुस्नको लागी श्रेष्ठ यति बेला शरिर सुगठनमा लागेका छन् । “चलचित्रले विस्वब्यापी सामाजिक अपराधका साथै बाल मनोविज्ञानको बिषयवस्तु उजागर गर्दछ” श्रेष्ठ अगाडी थप्छन ।
No comments:
Post a Comment