Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
निर्वाचन आयोगले वैशाख ३१ मा घोषित स्थानीय तह निर्वाचन तयारी तीव्र पारेको छ । आयोगले चैत ५ गतेबाट मतपत्र छपाइ सुरु गर्दै छ । नयाँ किसिमका मतपत्र ठूलो संख्यामा छाप्नुपर्ने भएपछि आयोगले उम्मेदवारी दर्ता नहुँदै मतपत्र छाप्न लागेको हो ।
‘सबै निर्धारित काम समयसीमाभित्रै भइरहेका छन्,’ आयुक्त नरेन्द्र दाहालले भने, ‘निर्वाचन सामग्री व्यवस्थापनदेखि, मतदान केन्द्रको परिमार्जन, नीति/निर्देशिका बनाउने जस्ता सबै काम तीव्र गतिमा जारी छन् ।’ निर्वाचन मिति घोषणापछि तयारीका लागि १ सय २० दिन समय मागेको आयोगले ८२ दिन मात्रै पाएकाले कामलाई तीव्रता दिनुपरेको हो । आयोग सचिव गोपीनाथ मैनालीका अनुसार मतदाता नामावलीलाई अन्तिम रूप दिने काम, मतदाता शिक्षा तयारी, मतदानस्थल पुनरावलोकन, मतपत्र डिजाइन, कर्मचारी व्यवस्थापनलगायत काम भइरहेका छन् । पुन:संरचना आयोगको प्रतिवेदन ढिलो गरी प्राप्त भएकाले सबै मतदाताको परिवर्तित ठेगानाअनुसारको नामावली मिलाउन केही ढिला भइरहेको उनले बताए । फागुन ९ सम्म नाम दर्ता गराएका करिब १ करोड ४० लाख मतादाताको ठेगाना मिलाएर चैत २० भित्र नामावलीलाई अन्तिम रूप दिने आयोगको कार्यसूची छ ।
आयोगले मतदाता परिचयपत्रलाई अनिवार्य गर्ने भएको छ । परिचयपत्र छाप्न एक निजी कम्पनीलाई जिम्मा दिइसकेको छ । ‘सबै मतदाताको ठेगाना परिवर्तन भएकाले पुराना परिचयपत्र काम नलाग्ने भएका छन्,’ आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने, ‘त्यसैले अब सबै मतदाताको नयाँ परिचयपत्र छापिँदै छ । अहिले छापिने मतपत्र पहिलेभन्दा स्तरीय हुनेछ ।’ ठेक्का पाएको कम्पनीले आयोग परिसरमै मेसिन ल्याएर परिचयपत्र छाप्नेछ । परिचयपत्र पानीले नभिज्ने गरी लेमिनेसन गरिएको हुनेछ । यसमा सुरक्षा कोड समेत हुनेछ । समय कम भएकाले सबै मतदाताको घरघरमा परिचयपत्र पुर्याउन सम्भव नभए समयमै मतदान केन्द्रसम्म पुर्याइने उनले बताए ।
आयोगले स्थानीय तहको निर्वाचनमा ८० हजार जति मतपेटिका आवश्यक पर्ने आकलन गरेको छ ।
आयोगसँग रहेका पुरानाबाट नपुग्ने भएपछि थप ३० हजार किन्ने प्रक्रिया बढाएको छ । देशैभर एकै चरणमा मतदान हुने र मतपत्रको आकार समेत ठूलो हुने भएकाले धेरै मतपेटिका आवश्यक पर्ने प्रवक्ता शर्माले बताए । खरिद गर्न लागिएका सबै मतपेटिका ठूला आकारका हुनेछन् । आयोगले ८० लिटरका ठूला र ४० लिटरका साना गरी दुईथरी मतपेटिका प्रयोगमा ल्याउने छ । कम मतदाता र कम उम्मेदवार भएका स्थानमा साना मतपेटिका प्रयोगमा ल्याइने छ । वैशाख १२ देखि १५ गतेभित्र सबै जिल्लामा मतपेटिका पुर्याइसकिने छ ।
जिल्लाअनुसार फरक मतपत्र
स्थानीय तह निर्वाचनमा भाग लिने प्रयोजनका लागि प्रत्येक जिल्लामा जिल्लागत रूपमै राजनीतिक दलले आयोगमा दल दर्ता गराएका छन् । स्थानीय तहको निर्वाचनसम्बन्धी ऐनले गरेको व्यवस्थाअनुसार हाल संसद्मा रहेका दललाई मात्र आयोगले दलको निर्वाचन चिह्न दिनेछ । संसद्मा नरहेका राजनीतिक दलका उम्मेदवारले जिल्लागत रूपमा स्वतन्त्र उम्मेदवारको हैसियतमा निर्वाचन चिह्न पाउनेछन् ।
२०७० को संविधानसभा निर्वाचनमा समानुपातिकतर्फ प्राप्त गरेको मतका आधारमा त्यही क्रममा दलहरूको चिह्न मतपत्रमा रहनेछन् । आयोगले स्वतन्त्र उम्मेदवारलाई दिन सकिने चिह्नहरू पहिचान गरी जिल्लागत रूपमा फरकफरक मतपत्र छाप्दै छ ।
१ लाख ३३ हजार कर्मचारी खटिँदै
निर्वाचनका लागि ठूलो संख्यामा जनशक्ति परिचालन हुनेछन् । सचिव मैनालीका अनुसार निर्वाचन प्रयोजनका लागि प्रत्यक्ष खटिने १ लाख ३३ हजार कर्मचारी आवश्यक पर्नेछ । प्रत्येक जिल्ला, तह र मतदान केन्द्रमा रहने क्रमश: मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, मतदान अधिकृत र उनीहरूमातहत खटिने कर्मचारी हुनेछन् । त्यसबाहेक निर्वाचन शिक्षा, मतगणना, सुरक्षा लगायतका विषयमा खटिने जनशक्ति अझै बढी हुनेछन् । प्रत्येक जिल्लामा जिल्ला न्यायाधीश मुख्य निर्वाचन अधिकृत रहनेछन् । त्यसबाहेक ७४४ वटै गाउँपालिका र नगरपालिकामा एक(एकजना उपसचिव निर्वाचन अधिकृत रहनेछन् । मुख्य निर्वाचन अधिकृतले समेत कुनै एउटा नगरपालिका वा गाउँपालिकाको निर्वाचन अधिकृतको जिम्मेवारी पनि लिनेछन् । आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि ७४४ जना कर्मचारीको नाम कानुन र सामान्य प्रशासन मन्त्रालयसँग माग गरेको छ । त्यस्तै २१ हजार मतदान केन्द्र रहने आकलन गरिएकोमा ती केन्द्रमा एक(एक जना मतदान अधिकृत तोकिनेछन् । प्रत्येक मतदान केन्द्रमा ५ जना कर्मचारी र ३ जना स्वयंसेवक खटिने शर्माले जानकारी दिए ।
No comments:
Post a Comment