Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
किशन गुरुङ, जर्मनी, यही आउँदो १३ र १४ अप्रिलमा डेनमार्कको राजधानी कोपेनहेगनमा आयोजना हुने पाँचौं यूरोप स्तरीय सम्मलेन (5th INAS Europe Continental (Regional) Meeting 2017) सहितको बृहत कार्यक्रम अन्तर्गत पाँचौ युरोप स्तरीय नृत्य (5th INAS EU Single Dance Competition 2017) र दोश्रो युरोपस्तरीय गायन प्रतियोगिता (2nd INAS EU Single Singing Competition 2017) मा भाग लिन इनास जर्मनीले पनि आफ्नो कलाकारहरू छनौट कार्य सम्पन्न गरेको छ।
जर्मनीका बिभिन्न शहरबाट आएका कलाकारहरु बिच भिडियो अडिसन कार्यक्रम गरी इनास जर्मनीले नृत्य तर्फ दुई र गायन तर्फ दुई कलाकारलाई छनौट गरिएको हो। त्यहि अनुरुप छनौट हुनेहरुमा गायनतर्फ सुमन रेग्मी र लक्ष्मी तमांग हुनुहुन्छ भने नृत्य तर्फ लक्ष्मी परियार र दिब्या रामजाली रहेका छन् ।
समय छोटों भएको कारणले ठाउँ ठाउँ अडिसन गर्न नभ्याईको हुनाले भिंडियोंको आधारमा प्रतियोगि छान्नु परेको थियो।जर्मनीका बिभिन्न शहरहरूबाट प्रतियोगिहरूले पठाउनु भएको भिंडियोंलाई आधारमानी निर्णायक मण्डल ले प्रस्तुतिहरुलाई बिभिन्न मापदण्ड बनाई मूल्यांकन गरि छनौट गर्नुभएको थियो।पहिलो लोक बिधाको भिंडियों र दोस्रो आघुनिक बिधाको भिंडियों हेरी अडिसन राउण्ड २ चरणमा सम्पन्न भएको थियो।
सबै प्रतियोगीहरु उत्तिकै तारिफ योग्य थिए ।प्रतियोगीहरु लाई छान्न निर्णायक मण्डललाई धेरै नै गार्रो परेको निर्णायकहरूले जानकारी दिए ।
निकट भविष्यमा कुनै एक सांगीतिक कार्यक्रमको आयोजना गरी जर्मनीको विभिन्न सहरबाट अडिशन दिएर आफ्नो प्रतिभा देखाउनु भएको सबैजनालाई एउटै थलोमा ल्याएर सामूहिक प्रस्तुतिको समेत पहल गर्ने इनास जर्मनीले जानकारी दिएको छ । साथै सम्पूर्ण भिडियो अडिसन कार्यक्रममा सहभागी कलाकारहरुलाई धेरै धेरै धन्यबाद ज्ञापन गर्दै छनौट हुनु भएको सम्पूर्ण कलाकारहरूलाई बधाई तथा उत्तरोत्तर प्रगतिको कामना इनास जर्मनीले गरेको छ ।
No comments:
Post a Comment