Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तोकिएको समयमा स्थानीय निर्वाचन गराउन नसक्ने हो भने प्रधानमन्त्री प्रचण्डले राजिनामा दिनुपर्ने बताएका छन् । ओलीले शेरबहादुर देउवाले चाहिँ अब प्रधानमन्त्रीको आश नगरे हुने व्यंग्यात्मक चेतावनीसमेत दिएका छन् ।
सप्तरी घटनापछि पार्टी पंक्तिलाई मेची महाकाली अभियानबारे जानकारी दिन विहीबार काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा ओली प्रधानमन्त्री प्रचण्डप्रति केही नरम देखिए पनि देउवाप्रति आक्रमक रुपमा प्रस्तुत भए ।
‘चुनाव गराउन नसक्ने हो भने प्रचण्डजीले राजीनामा दिए हुन्छ,’ एमाले अध्यक्ष ओलीले देउवाप्रति कटाक्ष गर्दै भने, ‘अनि के जाति रे..अर्को जीले मुख नमिठ्याए हुन्छ । चुनाव गराउन नसक्नेले प्रधानमन्त्री हुने कुरा नसोच्नू ।’
प्चरण्डप्रति विगतमा भन्दा नरम भाषा प्रयोग गरेका विपक्षी दलका नेता ओलीले देउवाको नाम नलिई भने- ‘उनको ध्यान ठेक्कापट्टा र कमाउने, नियुक्तिहरुमा छ । फास्ट ट्रयाकमा दाउ अलि मिलेन, अरु ठेक्का र पैसा आउने ठाउँमा के गर्दैछन्, हामीलाई थाहा छैन ? एक एक कुरा थाहा छ ।’
एमाले अध्यक्ष ओलीले मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने भन्ने कुरा नाटकमात्रै भएको टिप्पणी गरे । उनले भने-यस्ता नाटक एक दिन पनि टिक्दैनन् । देख्नुभयो नि, एक साताको अल्टिमेटम रे ! कुरा प्रष्टै छ, तिनले अरुको आदेश मान्ने हुन्, आदेश नआई सत्ता गठबन्धन छाड्न सक्दैनन् ।
‘सत्ता पक्षले हाम्रो हत्या गर्न खोज्यो’
सप्तरीमा एमालेका सिंगो नेतृत्वलाई सिध्याउने सुनियोजित षड्यन्त्र पुष्टि भइसकेको भन्दै सत्तारुढ गठबन्धनमा रहेको मोर्चाले एमाले नेतृत्वको हत्या गर्न खोज्नुले यसमा सिंगै सरकार मुछिएको बताए । ओलीले मोर्चा सत्ताधारी दल भएकाले सप्तरी हत्याकाण्डमा सत्तापक्ष सम्पूर्ण रुपमा जिम्मेवार रहेको बताए ।
एमाले कार्यकर्ताको तालीका बीच ओलीले राजविराज घटनाबारे व्याख्या गर्दै भने- ‘हाम्रो सामुहिक हत्या गर्ने योजनासाथ सत्तारुढ मधेसी मोर्चाले अपराधिक व्यक्तिहरुलाई भाला र बम पड्काउन पठाएको थियो । सुरक्षाकर्मीले हामीलाई मात्र बचाएनन्, त्यहाँ ठूलो अनिष्ठ हुनबाट जोगाए । त्यो काण्ड सत्तापक्षबाट भएको हो ।’
सरकारले एमालेको सुरक्षा गर्न सक्दिनँ भन्ने हो भने आफ्नो सुरक्षा आफैं गर्न एमाले सक्षम रहेको ओलीले बताए । उनले भने-एमालेलाई सुरक्षा दिन सक्दिनँ भनेर सरकारले भनोस, एमालेले आफ्नो नेतृत्व र कार्यकर्ताको सुरक्षा गर्न जानेको छ ।
गृहमन्त्री मुख्य दोषी रहेको दाबी
एमाले नेता लालबाबु पण्डित र सत्यनारायण मण्डलले सप्तरीको घटना हुनुमा गृहमन्त्री विमलेन्द्र निधी मुख्य दोषी रहेको बताए । उनीहरुले मधेसमा कांग्रेस पत्तासाफ हुँदै गएपछि अपराधिक समूहको सहारा लिएर एमालेविरुद्ध आक्रमणमा उत्रिएको दाबी गरे ।
कार्यक्रममा बोल्दै एमाले सचिव योगेश भट्टराईले मधेसी मोर्चाको संगठन जिल्ला जिल्लामा सिके राउत, ज्वाला सिंह र गोइतका कार्यकर्ताले चलाइरहेको बताए ।
उनले ठूलो जनधनको क्षति हुनबाट जोगाउने र एमाले नेतृत्वलाई बचाएवापत जिल्लाका सुरक्षा प्रमुखहरुलाई कारवाही गरिएको भन्दै सरकारको निर्णयप्रति आपत्ति जनाए ।
No comments:
Post a Comment