Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । विगतमा नाकाबन्दीका बेला चीनबाट तेल ल्याउने विषयले चर्चा पाएको थियो, तर त्यो व्यहारका कार्यान्वयन भएन । अहिले भारतबाटै शत प्रतिशत इन्धन ल्याउने गरी नयाँ सम्झौताको तयारी भएको छ । तर, नेपालले तेस्रो मुलुकबाट तेल ल्याएको खण्डमा भारतले ‘अब्जेक्सन’ नगर्ने र प्रशोधनसमेत गरिदिने भएको छ ।
नेपालले कच्चा तेल आपूर्ति गरेमा भारत भाडामा आफ्नो तेल रिफाइनरी प्रयोग गर्न दिन तयार भएको नेपाल आयल निगमका अधिकारीहरुले जानकारी दिएका छन् ।
काठमाडौंमा भारतीय आयल कर्पोरेशन र नेपाल आयल निगम (आईओसी) बीच आगामी ५ वर्षका लागि हुने इन्धन आपूर्ति सम्झौताको मस्यौदा तयार भएको छ । मस्यौदामा नेपालले आफैंले पेट्रोलियम रिफाइनरी गर्न चाहेमा भारतले आफ्नो पूर्वाधार प्रयोग गर्न दिने विषय उल्लेख छ ।
त्यसैगरी आयल निगमले नेपालभित्रै त्यस्तो रिफाइनरी सञ्चालन गरेमा तेस्रो मुलकुबाट कच्चा तेल ल्याउन आईओसीले ‘अब्जेक्सन’ नगर्ने सहमति पनि भएको आयल निगमका प्रवक्ता तथा वितरण विभाग प्रमुख सीताराम पोखरेलले अनलाइनखबरलाई बताए ।
दुई निकायका अधिकारीले काठमाडौंमा तीन दिन लगाएर मस्यौदालाई अन्तिम रुप दिएका हुन् । सम्झौताको अन्तिम मस्यौदामा नेपालमा रिफाइनरी खोल्न आइओसीसँगको सम्झौता बाधक नहुने उल्लेख छ ।
आयल निगमले तेस्रो मुलकुबाट प्रशोधित तेल नै तेल ल्याउन पनि आइओसी ‘अब्जेक्सन’ नगर्ने मस्यौदामा उल्लेख छ । यसअघिका सम्झौतामा आइओसीसँग नै पेट्रोलियम ब्यापारको सुनिश्चितता गरिएको थियो ।
आयल निगमले तेस्रो मुलकुबाट प्रशोधित तेल नै तेल ल्याउन पनि आइओसी ‘अब्जेक्सन’ नगर्ने मस्यौदामा उल्लेख छ । यसअघिका सम्झौतामा आइओसीसँग नै पेट्रोलियम ब्यापारको सुनिश्चितता गरिएको थियो ।
पाँच वर्षसम्म नेपालले मागे जति तेल दिने विषयमा पनि आइओसीले सहमति दिएको छ ।चीनबाट ३० प्रतिशत तेल ल्याउने समझदारी भए पनि त्यसको कार्यान्वयन गर्न सरकार उदासीन देखिएको छ । त्यसैले निगमले आइओसीबाट अहिले मागको शतप्रतिशत तेल ल्याउन सकिने गरी सम्झौता गर्न लागेको हो ।
‘अन्य विकल्प नबनेसम्म भारतबाट अहिले मागको शतप्रतिशत तेल ल्याउने र नेपाललाई आवश्यक पर्दा वा भविश्यमा अन्य मुलुकबाट तेल ल्याउन पनि भारतको बाटो पनि खुला राख्ने गरी यो सम्झौता हुनेछ’ प्रवक्ता पोखरेलले भने ।
मस्यौदामा निगमका निर्देशक र आइओसीका निर्देशकहरुले हस्ताक्षर गरेका छन् । अब केही दिनपछि औपचारिक समारोह गरेर सम्झौतामा आयल निगम र आइओसीका प्रवन्ध निर्देशकहरुले हस्ताक्षर गर्नेछन् । अब हुने सम्झौता मार्च ३१, २०२२ सम्म कार्यान्वयन हुनेछ ।
रकम भुक्तानीको ढिलाइ स्वीकार्य
यही मस्यौदामार्फत आइओसीले इन्धनको रकम भुक्तानीमा अब केही दिन ढिला भए पनि ब्याज नलिने लिखित सहमति दिएको छ । अहिले निगमले महिनामा ८ र २३ तारेखमा आइओसीलाई तेल र ग्यासको रकम भुक्तानी गर्छ । एक दिनमात्रै ढिलाइ भए पनि भारतले १० प्रतिशत ब्याज लगाउने गरेको छ ।
अब भने समयसीमाको ३ दिनसम्म आयल निगमले रकम भुक्तानी गर्दा आइओसीले ब्याज नलिने आयल निगमका प्रवक्ता पोखरेलले बताए । ‘एक दिन मात्रै ढीला भएकै आधारमा चर्को ब्याज तिर्नुपर्ने अवस्था अब अपि्रलबाट हट्दैछ’ पोखरेलले भने, ‘हामी कुनै समयमा भुक्तानीमा छिटो वा ढिलो हुन सक्छौं । त्यसैअनुसार सम्झौताको मस्यौदा तयार भएको छ ।’
लोडिङ हेर्न ‘स्वतन्त्र सर्भेयर’
यसैगरी बैठकले नेपाली ट्याकंर लोड हुने भारतका सबै सबै डिपोमा स्वतन्त्र सर्भेयर राख्ने निर्णय पनि गरेको छ । आईओसीले पूरा परिमाणका तेल नभरिदिने गरेको गुनासो सम्बोधन गर्न स्वतन्त्र निगरानीकर्ता राख्ने सहमति भएको हो ।
आइओसीका डीपोहरुमा अब तेल भर्ने कामको स्वतन्त्र अनुगमन ती सर्भेयरले गर्नेछन् । टेण्डर गरेर त्यस्तो त्यस्तो सर्भेयर छानिनेछन्, जसले आइओसीका डिपोमा बसेर नेपालमा लोड हुने तेलको परिमाणको चेक गर्नेछन् ।
आइओसीका कर्मचारीले बदमासी गर्न खोजे उनीहरुले दुबै निकायमा जानकारी गराउनेछन् । ‘ट्यांकर चालकहरुले आइओसीले भनेजति तेल नभरिदिँदा आफूहरु मर्कामा परेको बताइरहेका थिए । डिलरहरुबाट पनि त्यस्तो गुनासो थियो’ त्यसलाई सम्बोधन गर्न अब इन्डिपेन्डेन्ट सर्भेयर राख्ने सहमति भएको हो’ पोखरेलले भने ।
भारतले नाफाको सीमा घटाउने
त्यसैगरी मस्यौदामा नेपाललाई बेच्ने पेट्रोलियम पदार्थमा नाफाको मात्रा घटाउने विषय पनि उल्लेख छ । यसले नेपालको वाषिर्क एक अर्ब जोगिने अनुमान छ ।
भारतीय आयल कर्पोशरेन (आइओसी) नेपालले बेच्ने तेलमा लगाउँदै आएको मार्केटिङ मार्जिन अर्थात नाफामा ०.५ प्रतिशत घटाउन लागिएको हो ।
हाल यो २.५ प्रतिशत छ । तर, मार्चपछि २ प्रतिशतमा झार्ने सहमति भएको छ । अब भारतबाट आउने तेल थप सस्तो हुनेछ । यसको प्रत्यक्ष फाइदा नेपाली उपभोक्तालाई हुने प्रवक्ता पोखरेलले बताए ।
वीरगञ्ज नजिकै ग्यास दिइने
त्यसैगरी आइओसीले नेपाललाई ग्यास आपूर्तिका लागि वीरगञ्ज नजिकै सुविधा सम्पन्न र ठूलो क्षमताको डिपो उपलब्ध गराउने भएको छ । भारतीय आयल कर्पोरेशन (आइओसी)ले अबको डेढ वर्षपछि नेपाल आउने ग्यासको भण्डारण र लोडिङ मुजफ्फरपुर क्षेत्रमा गर्ने भएको हो ।
मुजफ्फरपुरको डिपोबाटै नै नेपालले मागेजति सबै ग्यास लोड गर्न आईओसी तयार भएको पोखरेलले बताए । मुजफ्फरपुरको निर्माणाधीन ग्यास डिपोबाट नेपाललाई पर्याप्त लोड दिने सहमति भएको छ । मुजफ्फरपुरमा ग्यास लोडिङ सुरु भएपछि रक्सौल नाका हुँदै ग्यास नेपाल भित्रिनेछ ।
अहिले भारतबाट ग्यास ओसार्ने बुलेटहरु लोडिङका लागि १ हजार ५ सय किलोमिटर टाढासम्म जानुपर्ने अवस्था छ । मुजफ्फरपुरको डिपो सञ्चालनमा आएपछि नेपालले नेपालको सीमाबाट १२० किलोमिटरकै दूरीमा ग्यासको लोडिङ पाउनेछ । सबैभन्दा सजिलो नाका बीरगञ्ज नजिकै नेपालले ग्यासको लोडिङ गर्न पाउनेछ ।
भारतले अहिले मुजफ्फरपुरसम्म पेट्रोलियम ग्यासको पाइपलाइन निर्माण गरिरहेको छ । त्यहाँ ग्यासको भण्डारण केन्द्र पनि बनाइँदैछ । अहिले मासिक २० करोड रुपैयाँ ग्यास ढुवानीमा खर्च भइरहेको छ । मुजफ्फरपुरबाट ग्यासको लोडिङ सुरु भएपछि यो लागत घटेर मासिक २ करोडमा आइपुग्नेछ ।
No comments:
Post a Comment