Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
सरकारले सप्तरी घटनामा प्रहरीको गोली लागि मृत्यु भएका परिवारलाई जनही १० लाखका दरले आर्थिक सहायता दिने भएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले सप्तरी घटनामा ज्यान गुमाएकाहरूलाई समवेदना प्रकट गर्दै आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने निर्णयसमेत गरेको छ ।
गत सोमबार सप्तरी घटनामा परी ज्यान गुमाएका चारजनाको परिवारलाई क्षतिपूर्तिस्वरूप १० लाख उपलब्ध गराउने निर्णय गरिएको स्थानीय विकासमन्त्री हितराज पाण्डेले जानकारी दिए । एमालेको मेची–महाकाली अभियानका विरुद्ध आन्दोलनका क्रममा सप्तरीका संयम महतो, पीताम्बरलाल मण्डल, आनन्द साह र वीरेन्द्र महताको प्रहरीको गोली लागेर मृत्यु भएको थियो ।
सरकारले घटनाको छानबिन गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय पनि गरेको छ । बैठकले प्रधानमन्त्रीको सहमतिमा गृहमन्त्रीले आयोगको पदाधिकारी नियुक्त गर्ने निर्णय गरेको हो । प्रधानमन्त्रीको सहमतिमा आयोगको पदाधिकारी नियुक्त हुने र उनीहरूले १५ दिनभित्र घटनाबारे जाँचबुझ गरी सरकारलाई प्रतिवेदन बुझाउने कार्यादेश दिइएको मन्त्री पाण्डेले बताए । जाँचबुझ आयोग ऐन २ को दफा ३ अनुसार गठन हुने आयोगमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश वा न्याय सेवाबाट अवकाश पाएका विशिष्ट श्रेणीका अधिकृत रहने व्यवस्था गरिएको छ ।
सरकारले स्थानीय तहको कामकारबाहीलाई अघि बढाउने गरी बजेटको व्यवस्था पनि गरेको छ । ७ सय ४४ वटै स्थानीय तहलाई कम्तीमा १ करोडका दरले बजेट विनियोजना गर्ने र स्थानीय तहको कामलाई अघि बढाउन बजेट विनियोजना गर्ने निर्णय लिइएको मन्त्री पाण्डेले बताए ।
बैठकले शान्तिपूर्ण रूपमा भेला हुने, राजनीतिक गतिविधि गर्ने संवैधानिक अधिकारलाई कुण्ठित नगर्न र संयमपूर्वक राजनीतिक गतिविधि गर्न सम्पूर्ण राजनीतिक दलहरूलाई अपिलसमेत गरेको छ ।
No comments:
Post a Comment