३ चैत, पत्रपत्रिकाको फ्रन्टपेजः प्रधानमन्त्रीको प्रस्ताव मोर्चाद्वारा अस्वीकार, मोर्चा अब प्रतिपक्षी - newsallabc.com

Breaking

Thursday, March 16, 2017

३ चैत, पत्रपत्रिकाको फ्रन्टपेजः प्रधानमन्त्रीको प्रस्ताव मोर्चाद्वारा अस्वीकार, मोर्चा अब प्रतिपक्षी

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



काठमाडौं । बिहीबार काठमाडौंबाट प्रकाशित सबैजसो दैनिक पत्रिकाको फ्रन्टपेजमा प्रधानमन्त्री पुष्पकमल दाहालले सीमाङ्नलाई थाती राखेर स्थानीय निर्वाचन सहभागी हुन गरेको आग्रह मधेसी मोर्चाले अस्वीकार गरेको समाचारले स्थान पाएको छ । मोर्चाले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । र अब मोर्चा  प्रतिपक्षी दल भएको छ ।

यससँगै नयाँ पत्रिका दैनिकले न्यायाधीशमाथिको छलफल तीन महिनादेखि अलपत्र परेको समाचारलाई महत्वका साथ छापेको छ । त्यस्तै विदेश अध्ययनमा जाने विद्यार्थीको चाप बढेको सन्दर्भमा ‘एकै महिना सात हजारभन्दा बढीले लगे नो अब्जेक्सन लेटर’ शीर्षकको समाचारले पनि फ्रन्टपेजमा स्थान पाएको छ ।
कञ्चनपुर घटनामा ‘नेपाल प्रहरीको पेस्तोल हराएको दाबी’ शीर्षकको समाचारलाई महत्व दिएको अन्नपूर्ण पोस्ट् दैनिकले मधेसी मोर्चा अब प्रतिपक्षमा बस्नेलाई पनि प्राथमिकताका साथ प्रकाशित गरेको छ । त्यस्तै साउदी अरबका तत्कालिन राजदूत हमिद अन्सारी भ्रष्टाचारको अभियोगमा जेल परेको समाचारले पनि महत्वपूर्ण स्थान पाएको छ ।
राजधानी दैनिकले देशभर २१ हजार मतदान केन्द्र हुने समाचारलाई प्राथमिकता दिएको छ । नेपाललाई हवाई कालोसूचीबाट हटाउन ईयूलाई औपचारिक आधारपत्र दिएको समाचारलाई महत्व दिएको राजधानीले स्थानीय तहमा नाम र केन्द्र सामान्य बहुमतबाटै परिवर्तन गर्न सकिने समाचारलाई एंकर बनाएको छ ।
उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले कञ्चनपुर घटनामा गल्ती भएको स्वीकार्न भारतलाई आग्रह गरकोलाई महत्व दिएको कान्तिपुर दैनिकले मतपत्र छपाइ पर्सिदेखि सुरु हुनेलाईलाई प्राथमिकताका साथ प्रकाशित गरेको छ ।
‘अमेरिका पठाइदिने भन्दै करोडौं उठाएर फरार’ हुनेको स्टोरीलाई मुख्य समाचार बनाएको नागरिक दैनिकले सिन्धुपाल्चोकका भूकम्पपीडित विद्यार्थीले टहरोमै परीक्षा दिन बाध्य हुन परेको समाचारलाई महत्व दिएको छ ।
गोरखापत्र दैनिकमा न्याय परिषद्ले स्थानीय तह निर्वाचनका लागि प्रमुख निर्वाचन अधिकृत सिफारिस गरेको समाचार प्राथमिकताका साथ छापिएको छ । 

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167