बस दुर्घटनामा मृतकको संख्या २६ पुग्यो : सबैको सनाखत - जाजरकोट - - newsallabc.com

Breaking

Friday, March 10, 2017

बस दुर्घटनामा मृतकको संख्या २६ पुग्यो : सबैको सनाखत - जाजरकोट -

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



जाजरकोट सदरमुकाम खलंगाबाट जिल्लाकै साल्म गाविसको खाराको लागी छुटेको ना ३ ख २२७९ नंबरको यात्रुबाहक बस छिन्चु-जाजरकोट सडक खण्डको बोहरा गाँउ नजिकै दुघर्टनामा पर्दा २६ जनाको मृत्यु भएको छ। घटनामा ३६ जना घाइते भएको प्रहरीले जनाएको छ। घटनास्थलमा १५ जना र उपचारको क्रममा ९ जना र चौरजहारी लैजादै गर्दा बाटोमा २ जना गरी २६ जनाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिए।
विहीबार ५ बजे बसपार्कबाट छुटेको ५ मिनेटमै गाडी दुघर्टनामा परेको हो। बसपार्कबाट करिब चार किलोटिर दूरीमा पर्ने भेरीमालिका नगरपालिका ४ बोहरागाँउ नजिकै जंगलको मोडबाट तीन सय मीटर तल पासागाड खोलामा खसेको बस टुक्राटुक्रा भएको थियो।
२३ जनाको चलानी लिएर गएको बसले बीचबाटोमा थप यात्रु राखेर कम्तिमा ६२ जना सवार रहेको प्रहरीको भनाइ छ। यात्रुले खचाखच भरिएको बसको ब्रेक फेल भएर दुघर्टना भएको प्रहरीको अनुमान छ। भेरीगंगा यातायात समितिको थोत्रो बस, यात्रुको अत्याधिक चाप, ओरालो बाटोमा तिव्र गतिमा गाडी हुइकाइएकाले अनियन्त्रित हुँदा दुघर्टना भएको घाइतेले बताएका छन्।
बस दुघर्टनामा तपशिलका २६ जना ब्यक्तिको सनाखत भएको प्रहरीले जनाएको छ। सनाखत भएकामा लहँ ४ का ३१ बर्षीय रामबहादुर बस्नेत, साल्म ५ का ५० बर्षीय नन्दलाल जैसी, सीमा ९ का २१ बर्षीय मदन पुन , भेरीमालिका नगरपालिका १० का १३ बर्षीय सन्तोष राना, सोही नगरपालिका ११ का २७ बर्षीय गोपाल सुनार , वडा नं ११ कै २८ बर्षीय सर्मीला सुनार , वडा नं ४ का २१ बर्षीय नविन चन्द र २५ बर्षीय गणेश बोहरा, वडा नं ३ का २६ बर्षीया शान्ता सुनार रहेको प्रहरीले जनाएको छ।
त्यस्तै दशेरा १ का २८ बर्षीय डिलबहादुर बुढा, रुकुम चौरजहारी ४ का ५८ बर्षीय कृष्ण गिरी, दशेरा २ का २९ बर्षीय मनीराम जैसी, भेरीमालिका नगरपालिका १२ का ५४ बर्षीय बहादुर भनारी, मजकोट ७ का दले तिरुवा, भेरीपालिका नगरपालिका १३ का ४२ बर्षीय हिउँसर गिर , स्वीकोट सल्यानका उदय बुढा, भेरीमालिका नगरपालिका ११ गोप्लो सुनार, पजारु ८ का ४८ बर्षीय नैने दमाई, भेरीमालिका नगरपाकिा ८ का चैते खत्री, जुंगाथापाचौर ५ का भरत बिसी र गर्खाकोट २ का ५६ बर्षीय हरिबहादुर शाही रहेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिए।
त्यस्तै मजकोट ७ का ५३ बर्षीय कालो तिरुवा, लालसरी तिरुवा र कलहरी चनारा, साल्मा ५ का आइती कामी र जीते कामीको सनाखत भएको प्रहरीले जनाएको छ। सभासद् राजीव विक्रम शाहको पहलमा चौरजहारीमा रहेका १० जना घाइतेलाई थप उपचारको लागि नेपाली सेनाको हेलिकोप्टरबाट नेपालगञ्ज पठाइएको छ।
यसअघि पनि दुई बर्ष अघि जिल्लाको भूरमा बस दुघर्टनमा पर्दा ५४ जनाको ज्यान गएको थियो। बसपार्कमा ट्राफिक प्रहरी भएपनि चेकजाँच नगर्दा यात्रुको चाप क्षमता भन्दा बढी भएर बस दुर्घटनामा परेको हो। बसको क्षमता ३० जना यात्रुको रहेपनि दोब्वर यात्रु सवार थिए। 

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167