Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
पहिलो लेगमा ४–० ले स्तब्ध भएको बार्सिलोनाले प्रिक्वार्टरफाइनल लेगको दोस्रो लेगमा पिएसजीमाथि समग्रमा
६–५ को सनसनी जित निकाल्दै च्याम्पियन्स लिगको क्वार्टरफाइनल स्थान पक्का गर्यो
युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा उत्कृष्ट पुनरागमनको इतिहास रच्दै बार्सिलोना क्वार्टफाइनलमा प्रवेश गरेको छ । च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति दोस्रो प्रिक्वार्टरफाइनल लेगमा बार्सिलोनाले पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई ६–१ ले स्तब्ध पार्दै अन्तिम आठको स्थान पक्का गरेको हो । पहिलो लेगमा बार्सिलोनाले पिएसजीलाई ४–० को नतिजा सुम्पिएको थियो । बार्सिलोना समग्रमा ६–५ ले विजयी भयो । बार्सिलोनाबाहेक च्याम्पियन्स लिगमा पहिलो लेगमा ४–० ले पछि परेका अन्य टोलीले नतिजा उल्ट्याउन सकेका छैनन् ।
नेमारको महत्वपूर्ण दुई गोल
बार्सिलोनाले इतिहास रचेको दिनमा ब्राजिलियन युवा स्ट्राइकर नेमार जुनियरले महŒवपूर्ण ‘कमब्याक’ दुई गोल गरेका थिए । उनले दुई मिनेटको अन्तरमा गोल गरेका हुन् । खेलको ८८औँ मिनेटमा नेमारले डिबक्सभन्दा २५ यार्ड टाढाबाट पहिलो बारमा उत्कृष्ट फ्रिकिक गोल गरे । त्यसपछि अतिरिक्त समयमा उनले पेनाल्टी गोल गर्दै बार्सिलोनालाई ५–५ को बराबरीमा पु¥याए । बार्सिलोनाका लागि गर या मरको प्रतिस्पर्धामा नेमारले निर्णायक गोलको योगदान दिँदै आइरहेका छन् । पिएसजीविरुद्धको दोस्रो लेगमा पनि नेमारले आफ्नो कार्य पूरा गरे ।
रोबर्टोको गोलसँगै खुसियाली
खेलमा पाँच मिनेट अतिरिक्त समय थप भयो । बार्सिलोनाले पिएसजीविरुद्ध नाटकीय जित निकाल्न एक गोल गर्नुपथ्र्यो । पिएसजीले क्वार्टरफाइनल स्थान सुरक्षित गर्न बार्सिलोनालाई रोक्नुपर्ने थियो । इन्जुरी समयको अन्तिम ३० सेकेन्डमा पिएसजीका खेलाडीले आपूmलाई सम्हाल्न सकेनन् । दोस्रो हाफमा मैदान प्रवेश गरेका सर्जि रोबर्टोले ‘वान टच’मा गोल गर्दै बार्सिलोनालाई ६–१ को सनसनी जित दिलाए । रोबर्टोको गोलसँगै घरेलु मैदान नाउ क्याम्पमा जितको माहोल बन्यो । खेलाडीदेखि समर्थकहरूले जितको खुसी मनाए । पिएसजीका खेलाडी र समर्थक निराश भए । उनीहरू नसोचेको नतिजा सहजै आत्मसात् गर्न मानिरहेका थिएनन् ।
बार्सिलोनालाई काभानीले संकटमा राखे
पहिलो हाफमा बार्सिलोनाले २–० को अग्रता लिँदै खेललाई ४–२ को गोल अन्तरमा झारेको थियो । मध्यान्तरपछि पिएसजीका एन्डिसन काभानीले पोस्टभन्दा १८ यार्ड टाढाबाट गोल गर्दै ५–३ को बलियो अग्रता दिलाए । काभानीको गोलसँगै बार्सिलोनाले अन्तिम आठको स्थान पक्का गर्न तीन गोल गर्नुपर्ने थियो । यसअघि खेलको तेस्रो मिनेटमै लुइस सुआरेजले बार्सिलोनालाई अग्रता दिलाएका थिए । खेलको ४०औँ मिनेटमा पिएसजीका डिफेन्डर लाभिन कुजावाले आत्मघाती गोल गर्दा बार्सिलोना २–० ले अघि बढ्यो ।
मेसीपेरित खेल
बार्सिलोनाले सनसनी नतिजा निकाल्नुमा लियोनल मेसीको प्रेरणादायी प्रदर्शन पनि एक थियो । मेसीले खेल अवधिभर नै पिएसजीको डिफेन्स लाइनलाई चुनौती दिइरहेका थिए । मेसीले दोस्रो हाफको चौथो मिनेटमै पेनाल्टी गोल गरी बार्सिलोनालाई दोस्रो लेगमा ३–० को अग्रता दिलाए । डिबक्सभित्र नेमारलाई लडाएपछि बार्सिलोनाले पेनाल्टी प्रहार गर्न अवसर पाएको हो ।
प्रशिक्षकद्वारा मेसीको प्रशंसा
बार्सिलोनाका प्रशिक्षक लुइस एन्रिकले मेसीकै प्रशंसा गरेका छन् । चमत्कारी नतिजा निकाल्दा सबै खेलाडीले समान योगदान दिएको उनले बताए । तर, खेलमा मेसीको प्रभाव बढी रहेको उनको भनाइ छ । ‘मेसीले आफ्नो कार्य सिद्ध गरे,’ एन्रिकले भने, ‘मेसीले असम्भव कार्यलाई सम्भव पारे ।’ प्रशिक्षक एन्रिकले सुआरेज र नेमारले खेलमा आत्मविश्वास नगुमाएको बताएका छन् ।
No comments:
Post a Comment