Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वको सामुहिक हत्या प्रयास भइरहेको भन्दै आफू मारिए पनि मेची-महाकाली अभियान नरोकिने बताएका छन् ।
हैटौंडाबाट पुनः शुरु भएको एमाले अभियानलाई भुटनदेवी उच्च माविको प्रांगणमा शुक्रबार सम्बोधन गदै अध्यक्ष ओलीले मुलुकलाई चुनाव र सामाजिक सदभावमा जोड्न थालिएको अभियान जस्तासुकै घटनाले पनि नरोकिने बताए ।
उनले एमाले नेतृत्वलाई बचाए बापत सुरक्षा अधिकारीहरुलाई कारवाही गरिएको आरोप समेत लगाए । ओलीले भने, ‘सप्तरीमै हाम्रो सामुहिक हत्या गर्ने सुनियोजित प्रयास थियो भन्ने सरकारले स्वीकार गरिसकेको छ । सुरक्षाकर्मीले अत्यन्त विवेक प्रयोग गरेर ठूलो क्षति हुनबाट रोके । तर अहिले पनि हामीलाई सिध्याउने षडयन्त्र जारी भए पनि एमालेको यो अभियान म सहित हाम्रो सिंगो टिम सिध्याए पनि रोकिने छैन ।’
एमालेको नेतृत्व गर्न सक्षम एकपछि अर्को टिम तयार भइसकेको भन्दै ओलीले आपराधिक तत्वको धम्की र अवरोधबाट एमाले नडराउने बताए ।
सभालाई सम्बोधन गर्दै एमाले महासचिव इश्वर पोखरेलले एमालेको शीर्ष नेतृत्वको सामुहिक हत्या गर्ने प्रयास असफल पार्ने सुरक्षाकर्मीलाई सरकारले सजाय दिएको भन्दै आलोचना गरे । उनले घरेलु हतियार र बम बोकेर एमालेका नेताहरुको हत्या गर्न आएकाहरुको बारेमा सरकार पनि जानकार रहेको दावी गरे ।
सप्तरी घटनापछि तीन दिन स्थगन भएको एमालेको अभियान शुक्रवार हेटौंडाबाट पुनः शुरु भएको छ ।
पूर्वनिर्धारित कार्यक्रमअनुसार नै हेटौंडामा सभा गरिएको एमाले मकवानपुर अध्यक्ष मुनु सिग्देलले बताइन् । सभामा हजारौं सहभागी भएको र अभियानमा ५ हजार समर्थक र कार्यकर्ता सहभागी रहेको एमाले प्रचार बिभागका सचिव बिष्णु् रिजालले बताए ।
एमालेको यो अभियान चितवनको भण्डारा, भरतपुर हुँदै शनिवार नवलपुरमा आमसभामा परिणत हुनेछ ।
एमालेले यही फागुन २१ गतेदेखि झापाबाट मेची-महाकाली अभियान सुरु गरेको थियो । गत सोमबार सप्तरी घटनापछि अभियानलाई तीन दिन स्थगित गरिएको थियो ।
No comments:
Post a Comment