भारतीय फौजको फायरिङबाट निर्दाेष नेपाली मारिए - newsallabc.com

Breaking

Thursday, March 9, 2017

भारतीय फौजको फायरिङबाट निर्दाेष नेपाली मारिए

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

अन्तत गृहले निकाल्यो विज्ञप्ति : भारतीय फौजको फायरिङबाट निर्दाेष नेपाली मारिनु निन्दनीय




भारतीय सशस्त्र सीमा बल (एसएसबी) को फायरिङबाट कञ्चनपुरमा निर्दोष नेपालीको मृत्यु भएको भन्दै सरकारले घटनाको निन्दा गरेको छ।कञ्चनपुर पुनर्वास नगरपालिका—८ आनन्द बजार नजिक सीमावर्ती क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले चलाएको गोली लागेर स्थानीय गोविन्द गौतम को मृत्यु भएको थियो। गोली लागेर घाइते भएका उनलाई  उपचारका लागि धनगढीस्थित सीपी अस्पताल ल्याइएकोमा बाटोमै उनको मृत्यु भएको थियो।फागुन १० गते दुई देशका अधिकारीबीच भएको सहमतिअनुसार नगरपालिकाद्वारा सीमावर्ती क्षेत्रमा कच्ची कल्भर्ट निर्माण गरिएको थियो। हिजो बुधबार कल्भर्टलाई भारतीय पक्षले भत्काएको थियो। त्यसको विरोध गर्ने सर्वसाधारणलाई कुटपिट गरिएको थियो।
उनीहरुले भारतीय दादागिरीविरुद्ध बिहीबार बिहानैदेखि प्रदर्शन गरेका थिए। प्रदर्शनलाई दमन गर्न भारतीय सुरक्षा फौजले नेपाली भूभाग प्रवेश गरी नेपालीमाथि गोली चलाएको थियो।
‘स्थानीय व्यक्तिहरु र भारतीय पक्षबीच विवाद भइरहेको अवस्थामा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले एक्कासि फायर खोलेको’ थियो।
गृहले खुला सीमाना, गहिरो पारस्परिक सम्बन्ध र सद्भाव भएका नेपाल—भारतबीच सहज आगमनका लागि पूर्व सहमति अनुरुप निर्मित कलभर्ट सरोकारवालासँग कुनै छलफल, सम्वाद नगरी भारतीय पक्षले एकपक्षीय रुपमा भत्काएको जनाएको छ। सो कार्यको विरोधमा उत्रिएका नेपाली नागरिकलाई भारतीय सुरक्षाकर्मीले गोली प्रहार गर्दा निर्दोष नेपालीको मृत्यु भएको घटना अत्यन्त दुःखदायी र निन्दनीय भएको गृहको विज्ञप्तिमा उल्लेख छ।
‘भारतीय सीमा रक्षकले प्रहार गरेको गोलीबाट एकजना निर्दोष नेपाली नागरिकले ज्यान गुमाउनु पर्दा सरकार स्तब्ध भएको छ’, विज्ञप्तिमा भनिएको छ।
गृहले स्थानीय जनसमुदायलाई संयतिम हुन आग्रह गर्दै घटनाको कुटनीतिक तवरबाट समाधान खोज्ने प्रतिबद्धता जनाएको छ।
यसअघि बिहीबार साँझ काठमाडौंस्थित भारतीय दूतावासले विज्ञप्ति जारी गर्दै कञ्चनपुरमा एसएसबीले गोली फायर नगरेको दाबी गरेको थियो। झुटो विज्ञप्ति जारी गर्दै उसले उल्टो सीमा क्षेत्रमा निर्माण कार्य गर्दा दुई पक्षीय परामर्श आवश्यक पर्ने भन्दै घटनालाई तोडमोड प्रयास गरेको थियो।
फाल्गुन २६ 

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167