गृहमन्त्रीलाई उत्तेजनामा नआउन एमाले सुझाव - newsallabc.com

Breaking

Thursday, March 2, 2017

गृहमन्त्रीलाई उत्तेजनामा नआउन एमाले सुझाव

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

गृहमन्त्रीलाई उत्तेजनामा नआउन एमाले सुझाव



प्रमुख प्रतिपक्षी एमालेले पार्टीले गर्न लागेको मेची महाकाली राष्ट्रिय अभियानको सुरक्षा चिन्ता जाहेर गर्दै त्यसमा कुनै अप्रिय घटना भए गृहमन्त्रीले जिम्मेवारी लिनुपर्ने चेतावनी दिएको छ। गृहमन्त्री विमलेन्द्र निधिले शनिबार सुरु हुने अभियानका बारेमा भड्काउपूर्ण अभिव्यक्ति दिएको भन्दै एमालेले कुनै घटना भए त्यसलाई हल्का रूपमा नलिन गृह प्रशासनलाई आग्रह गरेको छ। अध्यक्ष केपी शर्मा ओलीले अभियानका क्रममा कुनै घटना भए त्यसलाई हल्का रूपमा नलिन सरकारसँग आग्रह गरे।
अभियानका बारेमा पत्रकारसँग आयोजित अन्तरक्रियामा बोल्दै ओलीले गृहमन्त्री उत्तेजना बढाउन नभई शान्ति स्थापनामा सक्रिय हुनुपर्ने बताए।
'माननीय उपप्रधानमन्त्री तथा गृहमन्त्रीजीलाई केही सम्झाउनुपर्छ कि भनेर लागेको छ। गृहमन्त्री देशको हुन्छ पार्टी र भूगोल विशेषको हुँदैन। एमाले उहाँलाई मनपर्छ कि पर्दैन थाहा छैन तर यस देशको जनताले छानेको पठाएको प्रतिपक्षको संवैधानिक हैसियत भएको पार्टी हो', ओलीले भने, 'यो भवितव्यमा आएको होइन संवैधानिक हैसियत छ। म सम्झाउन चाहन्छु उहाँको कर्तव्य, शान्तिसुव्यवस्था कायम गर्ने हो, उत्तेजना भड्काउने होइन।'
एमालेले मंगलबार विज्ञप्ति जारी गर्दै गृहमन्त्रीको अभिव्यक्तिको प्रतिवाद गरेको थियो। गृहमन्त्री विमलेन्द्र निधिभन्दा धेरैअघिका गृहमन्त्री देखेको भन्दै ओलीले भने, 'हामी कुनै कार्यक्रम बिथोल्दैनौं, कसैको सभा, जुलुस, र्‍याली अवरोध गर्दैनौं। अवरोध खडा गर्नु, बिथोल्नु असंवैधानिक र गैरकानुनी व्यवहार हो।'
गृहमन्त्री निधिले गत सोमबार सिरहामा नेपाल महिला संघले आयोजना गरेको कार्यक्रममा एमालेले संविधान संशोधनको विषय नमानेर राष्ट्रघात गरेको भन्दै त्यसलाई भन्डाफोर गर्न कार्यकर्तालाई निर्देशन दिएका थिए।
कार्यक्रममा ओलीले सरकारले प्रस्तुत गरेको संविधान संशोधन विधेयक पारित हुन नदिने बताए।
अध्यक्ष ओलीले तीव्र विरोध गरेका कारण विधेयक छलफलमा गए पनि पारित हुन नदिने अडान दोहोर्‍याएका छन्।
संविधान सशोधन प्रस्तावमा रहेको सीमांकन हेरफेर संविधानविपरीत रहेको भन्दै ओलीले प्रधानमन्त्रीले समस्या समाधानका लागि सहज हुन्छ भनेपछि छलफलका लागि तयार भएको बताए।
उनले तराईपहाड छुट्ट्याउने गरी २ नम्बर प्रदेश निर्माण गर्दा गल्ती भएको भन्दै अहिले पाँच नम्बर प्रदेशमा त्यो गल्ती नदोहोर्‍याउने बताए। उनले संविधान संशोधनका बारेमा दन्तबझान नचाहेको भन्दै चुनावमै जबाफ दिने बताए।
'यो दीर्घकालीन उद्देश्यका साथ ल्याएको प्रस्ताव हो। प्रदेश नम्बर २ टुक्र्याएर गल्ती भइसकेको छ,' ओलीले भने, 'पाँच नम्बर प्रदेशमा त्यो दोर्‍याउनेछैनौं।' कार्यक्रममा प्रचार विभागका प्रमुख योगेश भट्टराईले १५ दिने राष्ट्रिय अभियानका बारेमा जानकारी गराएका थिए।
१९ फागुन २०७३ |  

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167