विद्यार्थी संगठनहरुबीच नै आरोप-प्रत्यारोप - स्ववियुमा मिश्रित परिणाम - - newsallabc.com

Breaking

Thursday, March 2, 2017

विद्यार्थी संगठनहरुबीच नै आरोप-प्रत्यारोप - स्ववियुमा मिश्रित परिणाम -

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



फाल्गुन १९, २०७३- स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा तीन प्रमुख विद्यार्थी संगठनले मिश्रित परिणाम प्राप्त गरेका छन् । त्रिभुवन विश्वविद्यालयका २१ आंगिक क्याम्पस र अन्य सम्बन्धन तथा नेपाल संस्कृत विश्वविद्यालयका केही आंगिक क्याम्पस गरी करिब २ सय ३० क्याम्पसमा बुधबार स्ववियु चुनाव सम्पन्न भएको थियो । 
विद्यार्थी संगठनहरूको दाबी अनुसार नेपाल विद्यार्थी संघ (नेविसंघ) ले १ सय ५ क्याम्पसमा स्ववियु सभापतिलगायत पदमा विजय पाएको छ । त्यसैगरी अनेरास्ववियुले १ सय १ स्थानमा सभापतिलगायत पदमा जित हासिल गरेको जनाएको छ । माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी)ले ७३ वटा क्याम्पसमा सभापतिलगायत स्थान विजय पाएको दाबी गरेको छ । स्ववियु चुनाव सम्पन्न क्याम्पस संख्याअनुसार विद्यार्थी संगठनको दाबी मिलेको छैन । संगठनहरूले एक–अर्कालाई संख्या बढाएर दाबी गरेको आरोप पनि लगाएका छन् । 
त्रिवि शिक्षाध्यक्ष प्राध्यापक सुधा त्रिपाठीले क्याम्पस प्रशासनले स्ववियु चुनाव सम्पन्न गराएकाले नतिजा आउन ढिलो हुने बताइन् । ‘एकाध क्याम्पसमा प्राविधिक कारणले स्ववियु चुनाव भोलि (शुक्रबार) मात्र हुन्छ । त्यसैले सबैतिरको नतिजा आउन समय लाग्छ,’ उनले भनिन् । 
यसअघि २०६५ सालमा स्ववियु चुनाव भएको हो । त्रिविले यस वर्ष मिश्रित प्रणाली र समावेशी नीतिअनुसार चुनाव गराएको हो । देशभरिका ६० आंगिकमध्ये २१ वटा क्याम्पसमा मात्र स्ववियु चुनाव भएको जनाइएको छ । विद्यार्थी संगठनले आफ्नो पकड गुमाउन सक्ने क्याम्पसमा अवरोध पुर्‍याएर चुनावी प्रक्रिया रोकेका थिए । 
राजधानीका शंकरदेव, आरआर, पिपल्स क्याम्पस र अन्य केही क्याम्पसमा विद्यार्थी संगठनहरूको सहमतिमा फागुन २३ गतेभित्र चुनाव गराउनुपर्ने नेविसंघका महामन्त्री सरोज थापाले बताए । ‘हामी विद्यार्थी संगठन सहमति गर्न तयार छौं, त्रिविले हाम्रो माग सुन्न जरुरी छ,’ उनले भने ।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167