भारतीय राजदूतमा पुरी सिफारिस - newsallabc.com

Breaking

Thursday, March 2, 2017

भारतीय राजदूतमा पुरी सिफारिस

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

भारतीय राजदूतमा पुरी सिफारिस


भारतले नेपालका लागि नयाँ राजदूतमा मन्जितसिंह पुरीलाई सिफारिस गरेको छ। नेपाल सरकारले उनको एग्रिमो स्वीकृत गरेपछि उनी कार्यभार सम्हाल्न केही सातापछि काठमाडौं आउनेछन्। राजदूत रन्जित रे साढे तीनवर्षे कार्यकाल सकेर बुधबार स्वदेश फर्केका छन्।
'नयाँ राजदूतमा मन्जितसिंह पुरीको नाम आएको छ', काठमाडौंस्थित भारतीय दूतावास स्रोतले भन्यो, 'नयाँ राजदूतको नाम बुधबार हामीले नेपालको परराष्ट्र मन्त्रालयमा पठाएका छौं।'
पुरी लामो समयदेखि भारतको विदेश सेवामा कार्यरत कूटनीतिज्ञ हुन्। सन् २०१४ जनवरी २ देखि उनी बेल्जियम, लक्जेम्बर्ग र युरोपेली युनियनका लागि भारतीय राजदूतको जिम्मेवारीमा छन्। 'भारतीय नयाँ राजदूतको नाम हामीले पाएका छौं। अब प्रक्रिया पूरा हुन दुईदेखि चार साता लाग्छ,' परराष्ट्र मन्त्रालय स्रोतले भन्यो। परराष्ट्र, गृह मन्त्रालय, मन्त्रिपरिषद् हुँदै उनको एग्रिमो राष्ट्रपतिबाट स्वीकृत भएपछि मात्र उनले नेपालका लागि भारतीय राजदूतको जिम्मेवारी सम्हाल्नेछन्।
प्रस्तावित राजदूत पुरी सन् १९८२ मा भारतीय विदेश सेवामा प्रवेश गरेका थिए। उनले सन् २००९ देखि २०१३ सम्म संयुक्त राष्ट्रसंघस्थित भारतीय स्थायी नियोगमा स्थायी प्रतिनिधि र उपस्थायी प्रतिनिधिका रूपमा कार्य गरेका थिए। उनले एसिया प्यासिफिक पार्टनरसिप बोर्डको सदस्य भई काम गरेका थिए। पुरी सन् २००५ देखि २००९ सम्म भारतीय विदेश मन्त्रालयस्थित संयुक्त राष्ट्रसंघ महाशाखा प्रमुख थिए।
विदेश सेवामा रहँदा राजदूतमा प्रस्तावित पुरीले दुईपटक जर्मनीस्थित भारतीय दूतावासमा काम गरेका छन्। उनी जर्मन भाषमा राम्रो दख्खल राख्छन्। उनले जर्मनीको बर्लिनमा भारतीय सांस्कृतिक केन्द्र स्थापना गरेका थिए। पुरीले बैंकक, काराकास, केपटाउन, मस्कटस्थित भारतीय दूतावासमा काम गरिसकेका छन्। सन् १९५९ मा जन्मेका पुरी व्यवस्थापनमा स्नातकोत्तर हुन्।
१९ फागुन २०७३, |

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167