गच्छदारले भने- प्रचण्ड र देउवा दुबै बैगुनी , मोर्चाको जवाफ-चुनावमा भाग लिन्नौं - newsallabc.com

Breaking

Wednesday, March 1, 2017

गच्छदारले भने- प्रचण्ड र देउवा दुबै बैगुनी , मोर्चाको जवाफ-चुनावमा भाग लिन्नौं

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



काठमाडौं । राप्रपा र मधेसी मोर्चाले आ-आफ्नो अडान दोहोर्‍याएपछि सत्तारुढ दलहरुको बालुवाटार बैठक विना निष्कर्ष टुंगिएको छ ।

संसदमा विचाराधीन सीमांकन हेरफेरसहितको संविधान संशोधन विधेयक पास नहुने देखेपछि स्थानीय चुनावसम्म होल्ड गर्ने प्रस्ताव अघि सारेका प्रधानमन्त्री प्रचण्डले राप्रपा र फोरम लोकतान्त्रिकसहितको बैठक बोलाएका थिए ।
प्रधानमन्त्री प्रचण्डले अहिले नै संविधान संशोधन विधेयक पास हुने अवस्था नरहेको बताए । संसदमा विचाराधीन संशोधन विधेयकलाई होल्ड गर्ने प्रस्ताव गर्दै उनले स्थानीय तहको संख्या बढाउने र राष्ट्रियसभाको निर्वाचक मण्डलबाट स्थानीय तह प्रमुख र उपप्रमुखको मतधिकार हटाउन अर्को संशोधन ल्याउने बताए । यो संशोधन भने पास हुने उनको दाबी छ ।
अहिले होल्ड गरिएको संशोधन विधेयकलाई स्थानीय चुनावपछि अघि बढाउने भन्दै उनले वैशाख ३१ का लागि घोषणा भएको निर्वाचनमा भाग लिन आग्रह गरे ।
कमल थापाको दोहोरो भूमिका
बैठकमा राप्रपा अध्यक्ष कमल थापाले मधेसी मोर्चा विना चुनाव गर्नु उपयुक्त नहुने बताए । तर, संसदमा विचाराधीना संशोधनलाई समर्थन गर्न पनि नसक्ने प्रष्ट पारे ।
उनले सीमांकन हेरफेर बाहेकका संशोधन अघि बढाउने विकल्प अघि सारेका छन् ।
गच्छदारले भने- प्रचण्ड र देउवा बैगुनी
बैठकमा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले सरकारलाई समर्थन गरेको दल भएपनि आफूहरुसँग कुनै परामर्श नभएको गुनासो पोखे । उनले प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालाई बैगुनीको संज्ञा दिए ।
मोर्चाको जवाफ-चुनावमा भाग लिन्नौं
बालुवाटार बैठकमा मधेसी मोर्चाले भने संविधान संशोधन नभए चुनावमा नजाने बताएको छ । तमलोपाका अध्यक्ष महन्थ ठाकुरले आफूहरुले संविधान र संविधानलाई आफूहरुलाई स्वीकार नगरेको भन्दै भने, संशोधन नभएसम्म भाग लिन सक्ने स्थित छैन, हामीलाई बाहिर राखेर जानुस् ।’
मधेसी मोर्चाका नेता एवं रामसपाका महासचिव केशव झाले भने, ‘हामीले संविधान संशोधन नभएसम्म चुनावमा भाग लिन्नौं भनेर हामीले प्रष्ट भनेका छौं ।’ 

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167