- आएन विद्यार्थीमा उत्साह - आठ वर्षमा स्ववियु चुनाव ! - newsallabc.com

Breaking

Wednesday, March 1, 2017

- आएन विद्यार्थीमा उत्साह - आठ वर्षमा स्ववियु चुनाव !

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मोरङमा चुनावै भएन, रुपन्देहीका दुईवटा क्याम्पसमा मात्रै मतदान


काठमाडौं । ८ वर्षपछि पहिलोचोटि हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनावमा राजधानी र बाहिरी जिल्लामा समेत कुनै उत्साह देखिएको छैन ।

प्रमुख क्याम्पसहरुमा तालाबन्दी भएका कारण चुनाव खल्लो भएको हो । राजधानीमा प्रमुख क्याम्पसहरु कीर्तिपुर, शंकरदेव, आरआर, त्रिचन्द्र, पीके, मीनभवन, नेपाल ल क्याम्पस लगायत चर्चित कलेजहरुमा कतै पनि चुनाव छैन ।
पुल्चोक, थापाथली, सानोठिमी, कोटेश्वर लगायतका क्याम्पसमा मात्रै मतदान भइरहेको छ ।
विराटनगरका तीन क्याम्पसमा तालाबन्दी
बिराटनगरबाट अनलाइनखबरकर्मी धु्रव भट्टराईले दिएको जानकारी अनुसार तीन क्याम्पसमा तालाबन्दी छ ।
बिराटनगरको महेन्द्र मोरङ क्याम्पसमा मधेसी मोर्चा आवद्ध विद्यार्थी संगठनले तालाबन्दी गरेको छ । त्यस्तै बिराटनगरकै डिग्री क्याम्पस र कोशी नर्सिङ क्याम्पसमा पनि मधेसी मोर्चा आवद्ध विद्यार्थीले नै तालाबन्दी गरेका छन् ।
उर्लाबारी क्याम्पसमा संघीय समाजवादी फोरम आवद्ध विद्यार्थी संगठनले लगाएको ताला खुलेको छ र मतदान सुरु भएको छ । त्यसैगरी कोशी हरैंचा नगरपालिकामा अवस्थित सुकुना क्याम्पसमा पनि स्ववियु चुनाव हुने भएको छ । विप्लव माओवादी निकट विद्यार्थी संगठनले लगाएको ताला खोल्ने सहमति भएको छ र मतदान सुरु भएको छ ।
सदरमुकाम बाहिरका पथरी बहुमुखी क्याम्पस र लेटाङ क्याम्पसमा पनि मतदान सुरु भएको छ ।
बुटवलबाट अनलाइनखबरकर्मी कपिल ज्ञवालीले दिएको जानकारी अनुसार जिल्लामा चुनावी सरगर्मी बढ्नुको साटो क्याम्पसहरु सुनसान देखिएका छन् । धेरै क्याम्पसहरुमा स्थानीय बिदा दिइएको छ ।


पश्चिमाञ्चलको दोस्रो ठूलो क्याम्पस बुटवल बहुमुखी क्याम्पसमा चुनावी प्रक्रिया रोकिएको छ । लुम्बिनी वाणिज्य क्याम्पस र सिद्धार्थ गौतम बुद्ध क्याम्पस,राममणि क्यानम्पस,पक्लिहवा कृषि क्याम्पसमा विभिन्न विद्यार्थी संगठनहरुको असन्तुष्टिका कारण चुनाव बिथोलिएको छ ।
विर्बाचनको मुखैमा मंगलबार बेलुका राममणि क्याम्पसमा एमाले अखिलले तालाबन्दी गरेपछि सो क्याम्पसमा पनि निर्वाचन बिथोलिएको छ ।
अहिले रुपन्देहीको मणिग्राममा रहेको सरस्वती संस्कृत विद्यापीठमा मात्र स्ववियु निर्वाचन भैरहेको छ । सो विद्यापीठमा ६९ जना मात्रै मतदाता रहेको चूडामणि डुम्रेले बताए ।
सो विद्यापीठमा विष्णु पौडेलको नेतृत्वमा नेवि संघ र भुवन अर्यालको नेतृत्वमा अखिलको छुट्टाछुट्टै प्यानल निर्वाचनमा होमिएका छन् ।
त्यसैगरी रुपन्देहीको फर्साटिकरमा रहेको यज्ञोदय बहुमुखी क्याम्पसमा पनि निर्वाचन भइरहेको छ ।
पीएन क्याम्पसमै भएन चुनाव
पोखरास्थित अनलाइनखबरकर्मी सन्देश श्रेष्ठका अनुसार ५ वटा क्याम्पसमा चुनाव हुँदैछ । तर, सबैभन्दा धेरै विद्यार्थी भएको पृथ्वीनारायण (पीएन) क्याम्पस भने तालाबन्दीका कारण चुनाव रोकिएको छ ।
पोखराको वनविज्ञान अध्ययन संस्थान, विन्दवासिनी संस्कृत विद्यापीठ, पश्चिमाञ्चल ईन्जिनियरिङ क्याम्पस, जनपि्रय क्याम्पस र नर्सिङ क्याम्पसमा निर्वाचन हुँदैछ । 

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167